Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

बर्षाको बावजुद पनि कान्छा अभियन्ता आचार्य चक्रपथ सरसफाईमा

ललितपुर । सरसफाई क्षेत्रका क्रियाशिल संघसंस्थामा लामो समयसम्म सम्लग्न रहेका प्राविधिक समुहद्वारा सम्योजित चक्रपथ सरसफाई तथा सुन्दरता अभियानले चक्रपथको महत्वपूर्ण ललितपुर खण्डको तेस्रो चरणको अभियान भिषण माघेझरीका बावजुद पनि अघि बढाएको छ । अभियानलाई ललितपुर – ३ का प्रतिनिधिसभा सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिकाका उप प्रमुख गिता सत्याल, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी प्रदेश सासद राजकाजी महर्जन लगायत नेपाल प्रहरी नेपाली सेना स्थानीय संघसंस्था, नागरिक समुदाय तथा उक्त अभियानका कान्छा अभियन्ता एकराज आचार्यले समेत साथ दिएका थिए । ललितपुरको शान ललितपुर चक्रपथ खण्ड सफाइका लागि सबैको साथ सहयोगको खाचो रहेको र यदि यस सडकमा जथाभावी फोहोर फालेमा फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार कारवाहि गर्न गराउन आफ्नो निकायबाट सक्दो सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले उद्घोषक गर्नुभयो। उक्त अभियानका कान्छा अभियन्ता एकराज आचार्यका अनुसार पनि ’कम्तीमा आफ्नो घर अगाडि वा ब्यवसाय गर्नेले ब्यबसाय स्थल अगाडि मात्रै सफाई गर्ने गरेपनि ललितपुर आफै सफा बन्छ ।’ आज पनि उनको जोड थियो,’ शहर र आफ्नो ठाउँ सफा राख्न स्थानियबासी आफै सफाईमा चेतनशिल र क्रियाशिल बन्नु पर्छ ।’ सामाजिक व्यक्तित्वहरुको सहभागितामा भएको अभियानमा स्थानियबासीलाई क्रमश सहभागि गराउदै अभियान निरन्तर अगाडि बढ्ने उक्त अभियानका संयोजक लक्ष्मीप्रसाद गेलालले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending