Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

प्रचण्डको बिज्ञप्तीको कारण रोकियो कम्युनिस्ट नेताहरूको भेनेजुएला यात्रा, को- को नेता जाँदै थिए ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका झन्डै २५ जना नेता एउटा सम्मेलनमा भाग लिन र ऐक्यबद्धता जनाउन भन्दै ल्याटिन अमेरिकी मुलुक भेनेजुएला जान लागेका थिए। तर देशभित्रै भेनेजुएलाको सन्दर्भलाई लिएर अमेरिकासँग सम्बन्ध चिसिएको तथा सरकार र पार्टीबीच विवाद देखापरेपछि त्यहाँ जाने उनीहरूको कार्यक्रम स्थगित भएको छ। भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता ह्वान गुएइदोबीचको संघर्षमा विश्व ध्रुव्रीकृत भएको छ। नेकपाले मदुरोको पक्षमा वक्तव्य जारी गरेपछि नेपाल पनि विवादमा तानिएको थियो। यस विषयलाई लिएर नेकपाकै दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका भनाइ नै फरक फरक आए। नेकपाका सांसद बलराम प्रसाद बाँस्कोटाले केही दिन पहिले नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई भेनेजुयला जानका लागि निम्तो बाँडेका थिए। आवश्यक भिसा र टिकटको पनि प्रबन्ध भइसकेको थियो। बाँस्कोटा प्रचण्डलाई निकोलस मदुरोको पक्षमा वक्तव्य जारी गर्न लगाएका भनेर चर्चामा आएका थिए। किन रोकियो कार्यक्रम ? एक वर्ष अगाडि गठन भएको इन्टरनेशनल एसेम्ब्ली अफ पिपल्स अर्गनाइजेशन अफ मुभमेन्टले गर्न लागेको एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेताहरू त्यहाँ जाने कार्यक्रम रहेको थियो। राष्ट्रपति मदुरो र विपक्षी नेता गुएइदोबीचको संघर्षले विश्वनै विभाजित बनेको छ। हाललाई भ्रमण स्थगित भएको बाँस्कोटाले बताए। उनले भने, सम्मेलन २२ देखि २७ फेब्रुअरीसम्म हुने कार्यक्रम तय भएको थियो तर परिस्थितिजन्य कारणले अहिले स्थगित भएको छ। इन्टरनेशनल कोअर्डिनेसन कमिटीमा नेपालको प्रतिनिधित्व बाँस्कोटाले गरेका छन्। कार्यक्रम भेनेजुएलामा गर्ने कि अर्को देशमा गर्ने भन्ने बारेमा नयाँ निर्णय लिइने बताइएको छ। को को नेता जाँदै थिए ? उक्त कार्यक्रममा जानका लागि निम्तो पाउने शीर्ष नेताहरूमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ रहेका थिए। भेनेजुएलाका कारण प्रधानमन्त्री ओली र प्रचण्डबीच समेत विमति देखा परेको छ। निम्तो दिने बेलामा नेता नेपालसँगै रहेका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार नेपालले आफू नजाने जानकारी गराएका थिए। बाँस्कोटाले उक्त सम्मेलनका लागि निम्तो दिइएका सबैको नाम भने बताउन चाहेनन्। उनले भने, शीर्ष तहकै नेतृत्वमा नेकपा र जनमोर्चाका २२र२५ जना जाने कुरा थियो तर अब सम्मेलन स्थगित भइसकेकाले नाम भनेर काम छैन। सो सूचीमा महिला सङ्गठन र किसान सङ्गठनका नेताहरूको संख्या धेरै रहेको बताइएको छ। उनले सम्मेलन स्थगित भएको बताए पनि सम्मेलनमा जानका लागि निम्तो पाएका राष्ट्रिय जनमोर्चाको किसान सङ्गठनका अध्यक्ष भैरव रेग्मीले भने कार्यक्रममा जानका लागि तयारीमै लागिरहेको बताए। उनले भने \'सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउनका लागि जान लागेका हौं।\' उनीसँगै उनको पार्टीका प्रदेशसभा सदस्य तारा जिसी जाने कार्यक्रम रहेको उनले बताएका थिए। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending