Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

सचिवविहीन छन् ३० वटा वडा कार्यालय

पाल्पा । पूर्वखोला गाउँपालिकाका छ वडामध्ये चार वटामा वडा सचिव छन् । चार सचिवले छ वडा हेर्ने व्यवस्था गरी वडा कार्यालयको कामकाज भइरहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापा बताए । यस्तै निस्दी गाउँपालिकाका सातै वडामा सचिव नहुँदा विभिन्न शाखाका कर्मचारीले धान्दै आइरहेका छन् । वडा नं १ मा खानेपानी प्राविधिक, २, ३, ६ र ७ मा स्वास्थ्यकर्मी, ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बा नोलबहादुर थापा, ५ मा वडा कार्यालय सहायक एकराज अर्यालले हेर्ने व्यवस्था मिलाइएको छ । “कर्मचारी पदपूर्ति नहुँदासम्म विभिन्न शाखाका कर्मचारी परिचालन गरेका छौँ, कामकाज रोकिएको छैन”, गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले भने । यसैगरी रिब्दीकोट गाउँपालिकाका आठ वडामध्ये हाल चार वडामा मात्र वडा सचिव छन् । वडा नं ४ र ५ मा एक, ७ र ८ मा एक र वडा नं ६ मा तिनाऊ गाउँपालिका मस्यामका वडा सचिवले हेर्दै आएका छन् । वडा नं २ मा भने आलोपालो मिलाएर हेर्ने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । रैनादेवी छहरा गाउँपालिकाको आठमध्ये चार वडामा मात्र वडा सचिव छन् । वडा नं १ का वडासचिवले ३, वडा नं ५ वडाका सचिवले वडा नं २, ६ नं वडाका सचिवले ७ र वडा नं ८ मा गाउँपालिका कार्यालयका कर्मचारीबाटै कामकाज भइहेको अध्यक्ष रामबहादुर कार्की बताउछन् । तिनाऊ गाउँपालिकामा छ वटै वडामा भने वडासचिव कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउछन् । जिल्लाका विकट र दुर्गम क्षेत्रमा घण्टौँ समय लगाएर वडा कार्यालयमा सेवा लिन पुगेका नागरिकले कर्मचारी अभावमा समस्या झेल्न बाध्य छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending