Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पर्यटन प्रवद्र्धनका लागि ९० करोडको गुरुयोजना

दाङ । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै रु ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए । “पहिले हामीले करीब रु ७० करोडको गुरुयोजना बनाएका थियौँ । सो गुरुयोजनाबाट केही काम सम्पन्न पनि भइसकेका छन्”, उनले भने, “पहिलेको गुरुयोजनाको केही छुटेको थियो त्यसलाई समेटेर अब बृहत् गुरुयोजना भन्दैछ यसको तयारीमा हामी जुटेका छौँ ।” नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने छन् । सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने छ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताए । अहिले गुरुयोजनाको लागि कानूनी प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिए । प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ । ‘न्यायिक समितिमा उपलब्धि बढ्दै’ घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा न्यायिक समितिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ । उपमहानगरका न्यायिक समितिका प्रमुख सीता सिग्देल न्यौपानेले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आव २०७४÷०७५ को असार समान्तसम्म न्यायिक समितिमा दर्ता भएका २५६ उजुरीमध्ये १०५ किनारा लागेको जानकारी दिए । यस्तै अघिल्लो वर्षका बाँकी मुद्दा चालू आवमा पनि छलफलमै रहेको उनको भनाइ थियो । यसैगरी चालू आव २०७५÷७६ मा अहिलेसम्म ८५ उजुरीमध्ये ३७ वटा मित्रापत्र गरिसकेको उनले बताए । उनले न्यायिक समिीिमा विशेष गरी लेनदेन, सम्बन्धविच्छेद, जग्गा, विवाद, जग्गा रोक्का, कुलो नाला पानी, घरभाडा, घरेलु हिंसा, वातावरण, गाली बेइज्जती, अंश मुद्दा, कुटपिटका मुद्दा आउने गरेको जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending