Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

बसोवासकालागि सशस्त्रले स्थान नपाएपछि...

दोलखा। जिल्लाको सुरक्षाका लागि स्थायी दरबन्दी लिएर आएको सशस्त्र प्रहरी बल गुल्मले बसोवासका लागि अझैसम्म उचित स्थान पाउन सकेको छैन । मुलुक सङ्घीय ढाँचामा गएसँगै ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल विस्तार गर्ने योजनाअनुरुप १६० सशस्त्र प्रहरीको दरबन्दीसहित विस्तार भएको गुल्मलाई बसोबासका लागि उचित स्थानको अभाव भएको हो । राष्ट्रिय गौरवको आयोजना, महत्वपूर्ण प्रतिष्ठान, औद्योगिक सुरक्षा र विशेषगरी उत्तरी सीमा सुरक्षाका लागि गत साउन १ गते दरबन्दी स्वीकृत भएर असोज १८ गतेदेखि सदरमुकाम चरिकोटमा स्थापित उक्त नं १८ गुल्मलाई स्थान अभावकै कारण सुरक्षामा समेत चुनौती थपिएको छ । गुल्मले चरिकोटस्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवन प्रयोग गर्दै आए पनि उक्त स्थान पर्याप्त नरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले जानकारी दिए । महिला तथा बालबालिका कार्यालयका लागि बनाइएको उक्त साढे दुईतले भवनमा पनि भुइँतलाको एउटा हल, दोस्रो तलाको एउटा कोठा र एउटा भान्सा मात्रै आफुहरुले पाएको उनले बताए । स्थानीय सरकार आएसँगै नगरपालिका तथा गाउँपालिकामा गाभिन पुगेको उक्त कार्यालयले भवनको पहिलो तलाको सबै कोठा स्टोर बनाएर राखेको छ भने सुरक्षा निकायले प्रयोग गरेको भवनको भुइँतलामा सोही कार्यालयको गाडी चालकका परिवारले छोडका छैनन् । कार्यालय खारेजीसँगै सम्पूर्ण सामान जिल्ला समन्वय समितिलाई जिम्मा लगाउन विवरण बुझाए पनि निरीक्षण तथा रुजु गर्ने काममा ढिलाइ भएकाले सामग्री हटाउन नसकेको स्टोरकिपर समेत रहेकी सहायक महिला विकास निरीक्षक अञ्जुला सिग्देले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त गुल्मलाई अन्यत्र सार्ने तयारी भइरहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि तीन हजार ६२४ वर्गमिटरमा फैलिएको उक्त कार्यालयको जग्गामा सशस्त्रलाई सार्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “कृषि विकास कार्यालयको भवनमा हाल रहेको किबी जोनको कार्यालय महिला तथा बालबालिका कार्यालयको भवनमा सार्न तयारी भएको र यसका लागि सङ्घीय मन्त्रालयस्तरमै कामकुरो छिनोफानो भएर आउनुपर्ने भएकाले पनि समस्या उत्पन्न भएको प्रजिअ पाठकको भनाइ थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending