सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी उम्मेदवारहरूले आपत्ति जनाएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनदेखि जारी पहिलो प्रदेश अधिवेशनका क्रममा सभापति पदका उम्मेदवार मदनबहादुर खड्काले आफ्नो पक्षका उम्मेदवारलाई जिताउने उद्देश्यले नमूना मतपत्र वितरण गरेको भेटिएको बताइएको छ।
सार्वजनिक भएको नमूना मतपत्रमा सभापति तथा प्रदेश सदस्य पदका लागि खड्का पक्षीय उम्मेदवारहरूको नाममा टिक लगाइएको देखिन्छ। सभापति पदमा खड्कासँगै स्नेहा उपाध्याय नेपाल र नन्दकिशोर बस्नेत पनि प्रतिस्पर्धामा छन्।
सभापति पदका उम्मेदवार बस्नेतले प्यानल बनाएर मत मागिएको विषयमा असन्तुष्टि जनाउँदै यसलाई नयाँ दलभित्र देखिएको गलत अभ्यासको संज्ञा दिएका छन्। उनले व्यक्तिगत योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धा हुनुपर्नेमा समूहगत रूपमा मत मागिनु उचित नभएको बताएका छन्।
हाल कर्णाली प्रदेश सभापतिको जिम्मेवारी सम्हालिरहेका खड्काले प्रदेशका विभिन्न क्षेत्रका प्रतिनिधिहरूसमक्ष आफ्नो पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेको नमूना मतपत्र सार्वजनिक भएको छ।
प्रतिनिधि विवादका कारण तीन दिनदेखि रोकिएको मतदान प्रक्रिया मंगलबार बिहानबाट पुन: सुरु भएको छ। अधिवेशनमार्फत कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: