Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद टुङग्याइएको हो । तत्कालिन एमाले एक वटा प्रदेशमा मात्रै इन्चार्ज पाएको छ भने तत्कालिन एमालेले ६ वटा प्रदेशमा इन्चार्ज पाएको छ । एमालेले पाएको ६ वटा प्रदेशमध्ये प्रधानमन्त्री केपी शर्मा ओली समुहले तीन वटा प्रदेश र अर्का नेता माधव नेपाल समुहले तीन वटा प्रदेश इन्चार्ज पाएको छ । त्यस्तै सात प्रदेशका २८ जना पदाधिकारी मध्ये तत्कालिन माओवादी केन्द्रले १२ जना पाएको छ । तत्कालिन एमालेबाट ओली समुहका १२ र माधव नेपाल समुहका ४ जना पाएका छन् । प्रदेश नम्बर २ सत्यनारायण मण्डल, प्रदेश नम्बर ४ मा पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ मा शंकर पोखरेल प्रधानमन्त्री ओली समुहबाट इन्चार्ज भएका हुन् । त्यस्तै प्रदेश नम्बर १ मा भीम आचार्य, प्रदेश नम्बर ३ कि अष्टलक्ष्मि शाक्य र प्रदेश नम्बर ७ का भीम रावल नेपाल समूहबाट इन्चार्ज भएका हुन् । तत्कालिन माओवादीबाट भने प्रदेश ६ मा जनार्दन शर्मा प्रभाकर इन्जार्च भएका छन् । सहइन्चार्जमा सावित्री काफ्ले (तत्कालिन माओवादी केन्द्र) तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे (केपी ओेली समुह) र सचिवमा सुरेशकुमार राई (तत्कालिन माओवादी केन्द्र) चयन भएका छन् । प्रदेश नं २ को सहइन्चार्जमा विश्वनाथ साह (तत्कालिन माओवादी केन्द्र) तथा प्रदेश कमिटी अध्यक्षमा प्रभू साह (तत्कालिन माओवादी केन्द्र) र सचिवमा सुमनराज प्याकुरेल (केपी ओेली समुह) चयन भएका छन् । प्रदेश नं ३ को इन्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य (माधव नेपाल समूह) र सहइन्चार्जको हितबहादुर तामाङ (तत्कालिन माओवादी केन्द्र), प्रदेश कमिटी अध्यक्षमा नारायण दाहाल (तत्कालिन माओवादी केन्द्र) र सचिवमा आनन्दप्रसाद पोखरेल (केपी ओेली समुह) चयन भएका छन् । \"\" त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ (केपी ओेली समुह) र सहइन्चार्जमा खगराज अधिकारी (केपी ओेली समुह) तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे (तत्कालिन माओवादी केन्द्र) र सचिवमा गोविन्द नेपालीले (केपी ओेली समुह) चयन भएका छन् । त्यसैगरी प्रदेश नं ५ को इन्चार्जको जिम्मा शङ्कर पोखरेलले (केपी ओेली समुह) र सहइन्चार्जमा दलबहादुर रानाले (माधव नेपाल समूह) पाएका छन् भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती (तत्कालिन माओवादी केन्द्र) र सचिवमा जगप्रशाद शर्मा (तत्कालिन माओवादी केन्द्र) चयन भएका छन् । कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा (तत्कालिन माओवादी केन्द्र) र सहइन्चार्जमा यमलाल कँडेल (केपी ओेली समुह) तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी (केपी ओेली समुह) र सचिवमा मायाप्रसाद शर्मा (तत्कालिन माओवादी केन्द्र) चयन भएका छन् । त्यसैगरी प्रदेश नं ७ को इन्चार्जमा भीमबहादुर रावल (माधव नेपाल समूह) र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी (तत्कालिन माओवादी केन्द्र) तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले (केपी ओेली समुह) र सचिवको जिम्मा नेपबहादुर चौधरी (केपी ओेली समुह) चयन भएका छन् । [caption id=\"attachment_207309\" align=\"alignleft\" width=\"850\"]\"\" कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका मायाप्रसाद शर्मा ।[/caption] नेकपाको सचिवालय नेतृत्व चयन गरेसँगै नेकपाभित्र विवाद चुलिएको छ । जसमा कर्णाली प्रदेशबाट सचिव पद पाएका मायाप्रसाद शर्माले पद अस्वीकार गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेखेका छन् ‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिब पदमा नरने कुराको जानकारी गराउछु ।’ त्यसोत तत्कालिन माओवादीले एउटा प्रदेश मात्रै पाएपछि केहि नेताहरु रुष्ट छन् । नेकपाका एक सचिवालय सदस्यले नाम नखुलाउने सर्तमा खबरडबलीलाई बताएअनुसार यसअघि माओवादी ७ वटा प्रदेशमध्ये २ वटा प्रदेशमा इन्चार्ज पाउने सहमति थियो । जसमध्ये कर्णाली प्रदेशबाट जनार्दन शर्माको टुंगो लागेको थियो भने प्रदेश नम्बर ७ बाट लेखराज भट्टको नाम इन्चार्ज टुंगोजस्तै थियो तर अन्तिममा आएर प्रदेशबाट भट्टलाई हटाएर भीमबहादुर रावल ल्याएका हुन् । ‘नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...’ भन्ने उखान जस्तै भयो’ उनले भने खबरडबलीसँग भने ‘हामीले अन्य पदाधिकारी सात वटै प्रदेशमा गरि १२ जना पाएका छौं ।’ सचिवालयले प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद टुंगो लगाउन साथ वाइसीएलका महासचिव सुबोध शेर्पालीले व्यङ्ग्य स्वरूप सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनले व्यङ्ग्यात्मक शैलीमा स्ट्याटस लेखेका छन् \'७ वटा संघीय प्रदेशहरु मध्येमा एउटा प्रदेशमा इन्चार्ज लिएर (सहइन्चार्ज अध्यक्ष र सचीव ) को हिसाब मिलाउँदा निस्कने % नै एकताको मुल मर्म हो रहेछ ....हिसाबलाई समेत मिलाएर हेर्दा । #यो_गणतन्त्र_मात्र_होइन_लोकतन्त्र_समेत_मिसिएको_छ_त्यसैले_ब्यक्ती_अनुसारकै_नीति_बन्दोरहेछ_जेठा_बा

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies