Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

कहाँ पुग्याे माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरणकाे विषय ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच फेरि पार्टी एकताको चर्चा सुरु भएको छ । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि छलफल हुँदै गर्दा अन्तिम समयमा असफल भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका लागि यसअघि पटकपटक छलफल भएको थियो । प्रचण्ड र नेपाल अहिले पनि पार्टी एकताकै पक्षमा छन् ।

प्रचण्ड र नेपाल ‘वान टु वान’ छलफल गर्दै पार्टी एकताका लागि अगाडि बढ्दै गर्दा त्यो बीचमै असफल भएको थियो । माओवादी केन्द्र पार्टी एकताका लागि तयार थियो । तर, एकीकृत समाजवादीका दोस्रो तहका नेताहरू अहिलेकै अवस्थामा माओवादी केन्द्रसँग एकता गर्न नहुने अडान लिएपछि अध्यक्ष नेपाल ‘ब्याक’ भएका थिए ।

एकीकृत समाजवादीको १०औं महाधिवेशनमा शुभकामना दिन पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता हुन लागेको बताएका थिए । तर, उनले पार्टी एकीकरणलाई सफल बनाउन सकेनन् । अहिले फेरि प्रचण्डले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि आधार बन्दै गइरहेको खुलासा गरेका छन् ।

शनिबार चितवन पुगेका प्रचण्डले एकीकृत समाजवादीका जिल्ला एवं प्रदेश तहका नेताहरूलाई माओवादी केन्द्रमा पार्टी प्रवेश गराउँदै दुई पार्टीबीच एकताका लागि आधार बन्दै गइरहेको दाबी गरे । एकीकृत समाजवादीका नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्नुले पार्टी एकताका लागि बलियो आधार बनेको बुझाइ प्रचण्डको रहेको छ ।

‘यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन । उहाँहरूलाई भिœयाउन मेरो कुनै भूमिका छैन, चितवनकै साथीहरूको भूमिका छ । अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढंगले काम गर्न खोजिरहेका छौं । अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दै छ भन्ने मेरो बुझाइ छ,’ एकीकृत समाजवादी पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै प्रचण्डले भने ।

प्रचण्डको यस्तो अभिव्यक्तिले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता त हुन लागेको छेन भन्नेलाई बल पुगेको छ । हुन त प्रचण्ड र नेपाल आफैंले एकताका लागि पहल नगरेका होइनन् । तर, एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूको अडानले पार्टी एकता सम्भव नभएकामा उचित समयमा एकताका लागि तयार रहेको सन्देश प्रचण्ड र नेपालले दिँदै आएका छन् ।

गत मंसिर अन्तिम साता बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा पार्टी एकताका ’दयगतमा चर्चा भएको थियो । बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख गरेका थिए । सोही विषयमा केन्द्रित भई नेताहरूले तत्काल माओवादी केन्द्रसँग एकता नगरी पार्टी संगठनलाई बलियो बनाउनुपर्ने सुझाव दिएका थिए ।

नेताहरूले दिएको सुझावका आधारमा तत्काल पार्टी एकता गर्न नहुने पक्ष एकीकृत समाजवादीमा बलियो रहेको छ । पार्टी नेतृत्वले एकताका लागि पहल गर्दै गर्दा स्थायी कमिटीकै सदस्यहरूले त्यसलाई अस्वीकार गरेपछि एकता पर धकेलिएको थियो ।

‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन,’ भुसालले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ । आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।’

पार्टीलाई बलियो नबनाएसम्म माओवादी केन्द्रसँग एकता गर्न नहुने नेताहरूले बताउँदै आएका छन् । एमाले र माओवादी केन्द्रबीच यसअघि भएको पार्टी एकतापश्चात् बनेको नेकपाको उदाहरण दिँदै भुसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने बताउँछन् । ‘नेतृत्वका केही मानिसका सत्ता स्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादी केन्द्रबीचको एकता, कचिंगल र विभाजनले देखाएको छ,’ भुसालले प्रतिवेदनमा लेखेका छन्, ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।’

एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुनुपर्ने र हुन नहुने दुवै विषयमा छलफल हुँदै आएको बताए । एकता हुनुपर्ने सैद्धान्तिक विषय भए पनि अहिले नै तत्काल पार्टी एकता सम्भव नभएको उनले बताए ।

‘एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नेकपा बनायौं । तर, धेरै दिन टिक्न सकेन । मुख्यतः कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरणको आवश्यकता छ । यस विषयमा एकीकृत समाजवादीले मात्रै नभई अरू कम्युनिस्ट पार्टीले समेत आवश्यकता बोध गर्दै कमीकमजोरी नसच्याए त्यो सम्भव छैन,’ उपाध्यक्ष साहले भने, ‘अहिले हामी समाजवादी मोर्चामा सँगै छौं । कतिपय मुद्दा र विषयमा कार्यगत एकता भइरहेको छ । अहिले तत्काल सम्भव त छैन तर पछि एकता हुन सक्छ ।’

समाजवादी मोर्चामा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित चार दल सहभागी छन् । मोर्चाको बैठकसहित अन्य समयमा भएको भेटघाट एवं छलफलमा विभिन्न विषयसहित पार्टी एकताका ’दयगतमा समेत छलफल हुने गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले दाबी गरेका छन् ।

‘अध्यक्षज्यू ९प्रचण्ड०ले भनेको कुरा साँचो हो । एकीकृत समाजवादीसँग पार्टी एकताका लागि आधार निर्माण हुँदै गइरहेको छ । अहिल्यै त एकता नहोला, तर केही समयपश्चात् एकता हुन्छ, हुनुपर्छ,’ सापकोटाले भने ।

एकीकृत समाजवादीले गत आमनिर्वाचनमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन । राष्ट्रिय दलको मान्यता पाउन नसकेको एकीकृत समाजवादी यसबीचमा पार्टी विभाजनको डिलमा पुगेर जोगिएको हो । यद्यपि पार्टी विभाजन हुने त्रास अझै छ । हालै काठमाडौंमा सम्पन्न समाजवादी मोर्चाको एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी एकतामा जोड गरेका थिए ।

‘निराशा, हतासा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्ति देखिएका छन् । जसले गर्दा कतिपयमा एमालेसँग सामीप्य खोज्ने, अरू कतिपयमा माओवादीसँग नजिकिन खोज्ने र आम रूपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका छन् । पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ । खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन,’ महासचिव भुसालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सैद्धान्तिक र वैचारिक आधारमा भन्दा सत्तास्वार्थलाई ध्यान दिँदा विगतको पार्टी एकता असफल भएको भन्दै एकीकृत समाजवादीका नेताहरूले तत्काल पार्टी एकता नगरी संगठन निर्माणमा जुट्न नेतृत्वलाई सुझाव दिँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हावाहुरीले ढलेका रुख, लडेको विद्युत् आपूर्ति

देशका विभिन्न क्षेत्रमा ट्रिपिङ, प्राधिकरण मर्मतमा सक्रिय

मधेश सरकारमा सत्ता समीकरणको नयाँ संकट

शपथ रोकियो, सहमति अलपत्र, गठबन्धनभित्रै अविश्वास

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३–८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्...

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पाँच वर्षदेखि निर्माणमै अल्झिएको अस्पताल भवन नबन्दा बिरामीले भोग्दै भीड, सास्ती र अपूरो उपचार

गुल्मी । गुल्मी अस्पताल मा बिहानै बिरामीको भीड लाग्छ । कोही ज्वरो लिएर आएका हुन्छन्, कोही भिडियो एक्स–रे गराउन लाइनमा बसेका हुन्छन्, कोही आकस्मिक कक्ष...

ट्रकभित्रको चिच्याहटः बजारसम्म आइपुग्ने मासुको पछाडि लुकेको अमानवीय यात्रा

काठमाडौं । काठमाडौंका मासु पसलहरू बिहानै खुल्छन् । झुन्ड्याइएका खसीबाख्रा देखेर ग्राहकले मूल्य सोध्छन्, तौल गर्छन् र किनेर फर्किन्छन् । बजार चलिरहेकै ...

बर्खा नलाग्दै विपत्तिको संकेत

पूर्वी नेपालमा बाढीपहिरोको बितण्डा, बदलिँदो मौसमसँग जुध्न अझै तयार छैन देश

भारतमा इन्धनको भाउमा आगो : १० दिनमै चौथो पटक मूल्यवृद्धि, दिल्लीमा पेट्रोल १०२ रुपैयाँ नाघ्यो

काठमाडाैंं । भारत मा १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । मध्यपूर्वमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक : गोलभेँडा ८० रुपैयाँसम्म, सिताके च्याउ १ हजार !

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यसूचीअनुसार गोलभेँडा, प्याज,...

खेतमा भैँसी गएको निहुँमा ६० वर्षीया दलित महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending