Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे । फोन गरेर ओलीले भने ‘छलफल गर्नु थियो तपाइँको समय मिलाउनु पर्यो ।’ यो संवाद ओली–प्रचण्डको बैशाख ३० गते अर्थात मोदी फर्किएको दिन शनिबारको हो । प्रचण्डले उताबाट भने ‘त्यसो भए भोलि आइतबार ३१ गते साँझ भेटौं ।’ हामी छलफल गर्ने कुरा बाहिर कसैलाई नभनौं, सबैतिर हल्ला हुन्छ फेरि ।\' उनीहरु बैशाख ३१ गते साँझ भेट्न तयार भए, र छलफल पनि गरे । मोदी फर्किएपछि आज बिहान भएको ओली–प्रचण्डको भेट दोस्रो हो । मोदी अभिन्दनलगायतका कार्यक्रममा माओवादीबाट सरकारको सहभागी कुनै पनि मन्त्री गएनन् । नजानुको कारण के थियो त्यो अझै खुल्न सकेको छैन् । त्यसो बहुचर्चित अरुण तेस्रो जलविदुत आयोजनाको शिलान्यासमासमेत माओवादीबाट उर्जामन्त्री बनेका बर्षमान पुन अन्नतलाई पत्तो नदिई ओलीले र मोदीले गरेका थिए । बजेटमा ओलीको एकलौटी सरुवालगायतमा पनि एकलौटी ओलीले गरेको गुनासोको चाङ प्रचण्डसँग थियो । प्रचण्डले ओलीसँग सबै गुनासो सुनाए । गुनासो सुनाएलगत्तै ओलीले प्रचण्डलाई भने ‘एकताको बारेमा बाहिर नराम्रो हल्ला फैलियो अब चाँडै एकता गर्नतिर लाग्नु पर्यो ।’ मोदी नआउँदा प्रचण्डले एकताको बिषयमा कुरा निकाल्दा अन्तै मोड्ने गरेका थिए । ‘यसअघि ३/४ घण्टा प्रचण्ड–ओलीको एक्ला एक्लै छलफल हुँदा पनि एकताको बिषयमा छोटो कुरा हुन्थ्यो ’स्रोतले खबरडबलीसँग भन्यो ‘३१ गतेको भेटमा करिब आधा समय एकता बिषयमा कुरा भएको थियो ।’ तर मोदी फर्किएलगत्तैको भेटमै ओलीले एकतामा हतारिँदा प्रचण्डलाई ‘सरप्राइज’ बनेको बालुवाटार स्रोतले खबरडबलीलाई जानकारी दियो । ३१ गतेको भेटमा ओलीसँग एकताको बिषयमा भएको सबै कुरा प्रचण्डले माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल, उर्जामन्त्री रहेका बर्षमान पुन अनन्तलगायतका नेताहरुसँग छलफल गरे । प्रचण्डले छलफल गरेपछि माओवादी नेताहरुले सुझाव दिए ‘एकताको बिषयमा बाहिर धेरै नकरात्मक समाचारहरु आइरहेका छन्, एकता नै गर्ने हो भने चाँडै गरौं भ्याएसम्म जेठको पहिलो सातासम्म गरौं ।’ माओवादी नेताहरुले उक्त सुझाव प्रचण्डलाई दिएपछि बुधबार बिहान सवा ९ बजेदेखि फेरि प्रचण्ड–ओलीबीचको ‘वान टु वान’ छलफल भयो । त्यसोत अहिले माओवादीभित्र भारतीय प्रधानमन्त्री मोदीले एकताको गाँठो फुकाएको चर्चा छ । माओवादीका कार्यालय टीमभित्रका एक सदस्यले खबरडबलीसँग भने ‘ओली जी को आलटाल देख्दा मोदी जी आएपछि एकता के हुने हो भन्ने शंका थियो तर अब त्यो शंका पनि हटेको छ ।’ हामी एकताको तिब्र तयारीमा छौं सकभर जेठ पहिलो सातासम्म एकता गर्छौं ।’ खबरडलीलाई आएको सूचनानुसार प्रचण्ड र ओलीबीच सैदान्तिक सहमति भइसकेको छ तर केहि प्राविधिक सहमति हुन बाँकि रहेको छ । त्यसो त एकताको नकरात्मक समाचार आइरहेको बेला मंगलबार मात्रै प्रचण्ड र एमाले नेता माधबकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा एकता चाँडै टुंङग्याउनुपर्नेलगायत बिषयमा छलफल भएको बताइएको थियो । र, यो पनि

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies