Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना विनाशकारी भुकम्प, भोटेकोशी बाढीको कारण ढिलाई हुने आयोजनाले बताएको छ । १४ अर्ब ८४ करोड लगानीमा आयोजना बन्दैछ । चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिकले आयोजनाको मुख्य सुरुङ निर्माणको ठेक्का लिएको हो । मध्यभोटेकोशी २ बर्ष धकेलिने सन् २०१३ बाट काम शुरु भएको आयोजनामा हालसम्म ३० प्रतिशत मात्र काम भएको स्थानीयहरु बताउँछन् । तर आयोजना प्रमुख सुनिलकुमार लामा भने ४२ प्रतिशत काम सकिएको दाबी गर्छन् । ‘आयोजनाको खर्च ४२ प्रतिशतभन्दा बढी भइसकेको छ’ आयोजना प्रमुख लामाले खबरडबलीसँग भने । सन् २०१७ सम्म आयोजनाको काम सकाउनुपर्ने भुकम्प र बाढीको कारण २ बर्ष म्याद थपेर सन् २०१९ जुनमा काम सकाउनुपर्ने काम नसकिने लामाले बताए । विभिन्न अवरोधका कारण थपिएको २ बर्ष सन् २०१९ जुनबाट पनि २ बर्ष पछि आयोजना धकेलिने लामाले खबरडबलीलाई बताए । २ बर्षपछि धकेलिनु भनेको सन् २०२१ सम्म आयोजना पुग्नु हो । [caption id=\"attachment_216294\" align=\"alignleft\" width=\"850\"]\"\" अायोजना प्रमुख सुनिल लामा[/caption] तर सन् २०२१ सम्मका आयोजनाको काम सकिन धेरै मेहनत गर्नुपर्ने लामाले बताए । ठेकेदारले कामदारहरु राम्रोसँग लगाउन सके, आयोजनामा लाग्ने सामानहरु समयमै आइपुगे मात्र सन् २०२१ भित्र काम सकिन्छ । यदि सामान र कामदार अभाव भयो भने अद्धैपछि धकेलिने लामाले बताए । ‘तोकिएको समय सकिन अब ७ महिना बाँकि छ’ लामाले भने ‘राम्ररी काम भयो भने टनेल २ र ३ को चैं ‘ब्रेक थु’ हुन्छ ।’ टनेल १ ‘ब्रेक थु’ हुन अलि समय लाग्ने लामाको भनाई छ । तर काम ढिलाई हुनुमा भुकम्प र बाढी पहिरोलाई मुख्य कारण देखाएर आयोजना पन्छिन् खोजेको आयोजना प्रभावित एक स्थानीयले बताए । ति स्थानीयका अनुसार आयोजनाको व्यवस्थापकिए कमजोरीको कारण आयोजनाले गति लिन नसकेको बताउँछन् । ‘भुकम्प र बाढी पहिरो पनि आयोजनाले गति लिन नसक्नु कारण हो, तर त्यो भन्दा बढी आयोजना व्यवस्थापनमा कमजोरीले हो ।’ कामदारलाई तलब नै दिदैंनन् आयोजनाका कामदारहरुले समयमै तलब नपाएको गुनासो गरेका छन् । बाह्रबिसे नगरपालिक–६ सखुवाका चन्द्रदास श्रेष्ठका अनुसार उनीहरुले जहिल्यै पनि एक महिनाको तलब छाड्नु परेको छ । ‘ठेकेदारलाई भन्यो भने आयोजनाले पैसा नदिएर ढिलाई भएको भन्छ’ श्रेष्ठले गुनासो गरे । उनीहरुलाई घोङजी हाइड्रोले नियुक्ति गरेको हो । ड्यामसाइड चाकुमा सेक्सनमा काम गर्ने उनीसँगै २५ जनाले तलब पाएका छैनन् । अन्य सेक्सनमा काम गर्नेहरुको पनि तलब नपाएको बताए । काम गर्न सिमेन्ट छैन् अहिले आयोजनामा काम बन्द जस्तै भएको छ । एकातिर आयोजना लाग्ने सिमेन्टको अभाव छ । सिमेन्ट नभएको कारण तिहार अघिदेखि काम रोकिएको हो । भोलि वा पर्सिसम्म सिमेन्ट आइपुग्ने आयोजना प्रमुख लामाले बताए । ४५ दिनका लागि सामान स्टक राख्नुपर्ने आयोजनाले पहिला सम्झौता गरेपनि ठेकेदार कन्सलेन्सिको कारण काम रोकिनुपर्ने अवस्था आएको आयोजनाले जनाएको छ । त्यस्तै आयोजनाको सुरुङभित्र काम गर्ने कामदारहरु पश्चिमका छन् । उनीहरु बर्षमा एक पटक मात्रै घर जान्छन् । उनीहरु दसैं मान्न घर गएकाले अहिले तिहार, छठ सकिँदा पनि आएका छैनन् । २ अर्ब लागत बढ्ने यदि आयोजना सन् २०२१ सम्म धकेलिएमा आयोजनाको लागत पनि करिब २ अर्ब बढ्नेछ । त्यसो त डलरको भाउ जति बढ्यो आयोजना पनि त्यति नै महगिन्छ । आयोजनाको अनुसार सामानको भाउ पनि बढ्छ, कर्मचारीको तलब पनि बढ्ने हुनाले स्वत आयोजनाको लागत महँगिनेछ । आयोजनाले हालसम्म करिब ६ अर्ब ऋण लिएकोमो त्यसको व्याज पनि बढ्ने आयोजनाले जनाएको छ । आयोजनाले कम्पनीलाई पैसा नदिएर काममा ढिलाई आयोजनाले बाढी, पहिरो, नाकाबन्दीलगायत कारणले आयोजना ढिला भइरहेको दाबी गरेपनि ढिलाई हुनुको प्रमुख कारण हो चिनियाँ कम्पनीले आयोजनाबाट पैसा नपाउनु । अहिले कम्पनीले आयोजनासँग करिब ४५ करोड रुपैयाँ भुक्तानी लिन बाँकि छ । कम्पनीले भुक्तानीको लागि पटक–पटक ताकेता गरेपनि आयोजना भुक्तानी दिन आलटाल गरेको बताइएको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies