Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

कैलाली। चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । उक्त अस्पतालमा आठ परामर्शदाता, एक मेडिकल अधिकृतका साथै दुई स्वास्थ्य सहायक, एक÷एक स्टाफ नर्स र अनमीको पद रिक्त छ । एकाउन्न शय्याको उक्त अस्पतालका लागि विसं २०७२ मा नेपाल सरकार र कोरियन परियोजना कोइकाबीच सहमति भई निर्माण गरिएको भवनमा , शल्यक्रिया र एनआइसीयू कक्षका साथै अल्ट्रासाउण्ड, इण्डोसकोपीलगायत उपकरण थपिए पनि ती अहिले उपयोगबिहीन अवस्थामा छन् । “विशेषज्ञ चिकित्सक नहुँदा सरकारको योजनाअनुसार गुणस्तरीय सेवा दिन नसकिएको र अस्पतालको क्षमता हुँदाहुँदै पनि बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको छ”, उक्त अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा नरेन्द्र खनाल भन्छन्, “कोइकाले यहाँको आवश्यकता हेरी पूर्वाधार तयार गर्नुका साथै उपकरण समेत दियो तर सरकारले भनेअनुसारको जनशक्ति दिएन ।” उक्त अस्पतालको सेवामा सुधार भए कैलाली, पश्चिम बर्दिया र पश्चिम सुर्खेतका नागरिकले समेत गुणस्तरीय सेवा पाउँथे । जिल्ला अस्पताल सरहको टीकापुरमा जस्तै यो भन्दा तल्लो तहका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मीको अभाव छ । टीकापुरजस्तै प्रदेश ७ का स्वास्थ्य संस्थामा रिक्त स्थानमा स्वास्थ्यकर्मीको माग भए पनि स्वास्थ्य सेवा विभागले भने अनमी, अहेव, हेल्थअसिष्टेण्ट र स्टाफ नर्सलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ । सात नं प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सूचना अधिकारी हेमराज खडकाका अनुसार स्वास्थ्य सेवाका तीन हजार १७७ कर्मचारीमध्ये ६३२ पद रिक्त छन् । त्यसैमा स्वास्थ्य सेवा विभागले ५८ स्टाफ नर्स, अहेव, अनमीलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ भने १२ जना मात्र अन्य प्रदेशबाट सरुवा भई आएका छन् । “दरबन्दी नै कम छ, भएका दरबन्दी खाली छन् । यसैमा भएका स्वास्थ्यकर्मी बाहिर सरुवा गरिएकाले केही स्वास्थ्य चौकी अनमीबिहीन छन्”, स्वास्थ्य निर्देशक अवस्थी भन्छन्, “सरुवा नगर्न स्वास्थ्य सेवा विभागलाई र बाहिर जानेलाई तत्काल रमाना नदिन प्रदेश ७ का सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई अनुरोध गरिसकेका छौँ ।” जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा मात्र होइन, प्रदेश ७ का जनतालाई स्वास्थ्य सेवा दिइरहेका उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, पहाडी जिल्लाका अस्पतालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । सात नं प्रदेशका २६ लाख नागरिकका लागि ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ४१ जनामात्र कार्यरत छन् ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies