Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

त्रिवेणी–बुढीगङ्गा क्षेत्रमा नेटवर्क समस्या, स्थानीयलाई सास्ती

खबरडबली संवाददाता

बाजुरा। जिल्लाको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दाले लामो समयदेखि नेटवर्क समस्याको सामना गर्दै आएका छन् ।

नेटवर्क सहज बनाउन नेपाल टेलिकमले तोली र बानेगाउँको माथिल्लो डाँडामा टावर निर्माण गरे पनि स्थानीयले अझै पनि प्रभावकारी सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

गाउँगाउँमा टेलिफोन टावर निर्माण भए पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा त्रिवेणी र बुढीगङ्गा क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । यसअघि छिमेकी त्रिवेणी नगरपालिका–४ को तोलीमा रहेको टावरको भरमा स्थानीयले फोन सेवा प्रयोग गर्दै आएका थिए ।

बुढीगङ्गा नगरपालिका–४, बानेगाउँकी स्थानीय गोमती कटुवालका अनुसार पहिले तोलीको टावरले राम्रो काम गरे पनि अहिले गाउँमै टावर बनेपछि झन् समस्या बढेको छ ।

उनले भने, “तोलीको टावरले पहिले राम्रो काम पर्थ्यो, अहिले गाउँमै टावर बनेपछि फोन लाग्ने ठाउँमा पनि नलाग्ने भएको छ । यो समस्या गत वर्षदेखि देखिन थालेको हो ।”

स्थानीयले पटक–पटक नेपाल टेलिकम शाखा बाजुरामा जानकारी गराए पनि समस्या समाधान नभएको उनको भनाइ छ ।

यस विषयमा नेपाल टेलिकम शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बानेगाउँ क्षेत्रमा नेटवर्क सहज बनाउन सब–टावर राखिएको भए पनि समस्या आएकोबारे औपचारिक जानकारी प्राप्त नभएको बताए।

उनले भने, “पहिले टावरले राम्रो काम गरेको थियो, अहिले केही समस्या आएको हुन सक्छ । स्थानीयले समस्या भएको हो भने औपचारिक रूपमा पत्राचार गर्नुपर्छ ।”

यता बुढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँका अनुसार विगत पाँच महिनादेखि क्षेत्रमा नेटवर्क समस्या रहँदै आएको छ ।

उनले भने, “हामीले नेपाल टेलिकम शाखा बाजुरालाई धेरै पटक निवेदन पठाएका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन ।” स्थानीयका अनुसार पछिल्ला केही दिनयता फोन सेवा अझै कमजोर भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीको अवस्थाबारे अनुगमन गर्न मानव अधिकार आयोगको टोली फिल्डमा

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर ...

ट्रम्प कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

वासिङ्टन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएक...

उच्च अदालत बुटवलको जग्गामा बनेका टहरा हटाइयो

रुपन्देही। बुटवलमा उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाइएको छ। बुटवल उपमहानगरपालिकाले आइतबार ती संरचनामा डोजर चलाएर खाली ...

जोगबुडामा झाडापखालाले बालकको मृत्यु, तीन जना अस्पतालमा

डडेल्धुरा। जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपाल...

बाढीले बीपी राजमार्ग अवरुद्ध, यात्रु उद्धार जारी

बनेपा। शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्...

त्रिवेणी–बुढीगङ्गा क्षेत्रमा नेटवर्क समस्या, स्थानीयलाई सास्ती

बाजुरा। जिल्लाको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दाले लामो समयदेखि नेटवर्क समस्याको सामना गर्दै आएका छन् । नेटवर्क सहज बनाउन नेपाल टेलिक...

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मनोहराको सुकुम्बासी बस्ती भत्काउन सुरु

भक्तपुर। मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रश...

एसइईको नतिजा वैशाख अन्तिम साता

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ ।  विगतमा परीक्षा सकिएको तीन महि...

एसएलआर राइफलको गोलीसहित एक पक्राउ

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोलीससहित एक जनालाई पक्राउ गरेको छ ।  सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले...

बीपी राजमार्ग बन्द: यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

बनेपा। काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी पर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending