Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काइसकिएको छ, भने अझै ३ सय ७८ वटा हटाउन बाँकी रहेको छ।

शनिबारबाट सुरु भएको यो अभियान अहिले उपत्यकाका विभिन्न बस्तीमा एकैसाथ चलिरहेको छ। प्रहरीको विवरणअनुसार थापाथली, गैरीगाउँ–बानेश्वर, मनोहरा (जडीबुटी–काठमाडौँ) र मनोहरा (भक्तपुर) क्षेत्रमा गरी कुल १ हजार ६ सय ५० घर–टहरा पहिचान गरिएको थियो।

थापाथली: १४३ संरचना ध्वस्त, केहीको ‘उद्धार’

थापाथली क्षेत्रमा मात्रै शनिबार १४३ वटा घर–टहरा पूर्ण रूपमा भत्काइएको छ। प्रहरीका अनुसार ३४ परिवारका ११५ जनालाई त्यहाँबाट उद्धार गरी कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको छ।

तर ‘उद्धार’ शब्द प्रयोग भए पनि उनीहरूका लागि दीर्घकालीन व्यवस्थापन भने अझै स्पष्ट छैन।

गैरीगाउँ–बानेश्वर: अधिकांश हटाइयो, केही अझै बाँकी

गैरीगाउँ–बानेश्वर क्षेत्रमा ५७८ वटा घर–टहरा रहेकोमा २१५ पक्की र ३६३ कच्ची थिए। शनिबार ५६० वटा र आइतबार थप ५ वटा भत्काइएपछि कुल ५६५ संरचना हटाइएको छ।

यहाँ अझै १५ वटा पक्की घर भत्काउन बाँकी रहेको प्रहरीले जनाएको छ।

मनोहरा (जडीबुटी): एकैदिन सबै संरचना समाप्त

मनोहरा जडीबुटी क्षेत्रमा आइतबार ११४ वटा घर–टहरा एकैदिनमा पूर्ण रूपमा हटाइएको छ। यसबाट करिब ५५० देखि ६०० जनासम्म प्रत्यक्ष प्रभावित भए‍को अनुमान छ ।यो क्षेत्र अभियानको ‘सबैभन्दा छिटो’ सम्पन्न भएको उदाहरण बनेको छ।

मनोहरा (भक्तपुर): अझै ठूलो हिस्सा बाँकी

भक्तपुरतर्फको मनोहरा बस्तीमा ८१५ वटा घर–टहरा रहेकोमा ७७० पक्की र ४५ कच्ची संरचना थिए। तीमध्ये ४५० भन्दा बढी हटाइएको छ, तर अझै करिब ३६५ वटा संरचना बाँकी छन्।

यसले अभियान अझै केही दिन जारी रहने संकेत गर्छ।

तथ्यभन्दा बाहिरको प्रश्न

सरकारी तथ्यांकले कति घर भत्कियो भन्ने देखाउँछ,तर प्रश्न यतिमा सीमित छैनती घरमा बस्ने मानिस कहाँ गए?‍् प्रहरीले पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।तर प्रभावित परिवारका लागि स्पष्ट योजना, दीर्घकालीन बसोबास र जीविकोपार्जनको प्रश्न अझै अनुत्तरित देखिन्छ।

डोजरले संरचना हटाइरहेको छ, तर समस्या समाधान भएको छैन। १,२७२ घर–टहरा भत्किएको तथ्यांक एउटा पक्ष हो,तर त्यसपछिको मानवीय व्यवस्थापन अर्को—अझै जटिल—पक्ष हो।

अभियान जारी छ,तर यसको वास्तविक मूल्याङ्कन त्यतिबेला हुनेछ जब विस्थापित परिवारको भविष्य स्पष्ट हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

नयाँ पुस्ताले मनमोहन अधिकारीलाई कसरी सम्झिने?—नारा होइन, कामबाट बनेको विरासत

काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending