Khabar Dabali १६ असार २०७९ बिहीबार | 30th June, 2022 Thu

मधेशका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा

Krishi bikash bank
डडेल्धुरा। वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् । भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका दर्जन गाउँ कटान गदै आएको छ । डडेल्धुरा जिल्लाकै सबै भन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने परशुराम नगरपालिका क्षेत्रका दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीले कटान गर्न थालेका छन् । दुईदर्जन बढी गाउँ बाढीको उच्च जोखिममा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयले बताए । परशुराम नगरपालिकाका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी र सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी लगायतका दर्जनौँ गाउँ नदी कटानका कारण जोखिममा परेका छन् । यसले गर्दा यस क्षेत्रको उब्जाउ जमीन बगरमा परिणत हुँदै गइरहेको स्थानीयवासी कलावती बोहोराले बताए । ४५ हजार जनसङ्ख्याको यस क्षेत्रमा ३५ प्रतिशत जनसङ्ख्या बाढीपहिरोको जोखिममा छन् । धान उत्पादनका लागि जिल्लाकै प्रसिद्ध मानिएको यो क्षेत्रमा खेत नदीले बगाएपछि बगरमा परिणत भएका छन् । अहिले खाद्यान्नको अभाव हुँदै गइरहेको छ । वर्षेनी भइरहेको कटानले स्थानीय निकायलाई समेत ठूलो चुनौती थपेको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताए । चुरे क्षेत्रमा भइरहेको वन बिनाससँगै यस क्षेत्रमा बाढीको जोखिम बढ्दै गइरहेको छ । वर्षातको समयमा एक गाउँबाट अर्को गाउँ जान सकिदैन । जिल्लाकै आधा जनसङ्ख्याको यस क्षेत्रका बासिन्दालाई नदीको जोखिमले वर्षेनी सुरक्षित स्थानमा बसाइँसराइ गर्नुपर्ने बाध्यता छ । नदी तथा खोलामा आवश्यकता अनुरुप पुल निर्माण नहुँदा वर्षातको समयमा झनै समस्या हुने गरेको छ । भित्रि मधेशमा रङ्गुन नदीले कटान गर्न थालेपछि विगत दुई वर्षदेखि सो नदी र पुन्तरा र अन्य खहरे खोलामा तारजाली सहितको पक्की तटबन्ध निर्माण शुरु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । रङ्गुन नदीको १० किलोमिटर बढी क्षेत्रमा बाढीकटान रोक्न तटबन्ध निर्माण भइसकेको छ । तटबन्ध निर्माण भएसँगै रङ्गुन नदीको कटानले बगाएका बस्ती पुनःस्थापना भइरहेका भए पनि अन्य ग्रामीण क्षेत्रमा बाढीको जोखिम कायम छ । करीब १० वर्ष आगाडि परशुराममा बाढी जाँदा मानवबस्ती र खेतीयोग्य उर्वराभूमी बगरमा परिणत भएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page