Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

सामुदायिक विद्युतीकरणमा अनियमितता, उपभोक्ताको गुनासो बढ्दै

खबरडबली संवाददाता

खोटाङ। २०६७ सालमा गाउँमा विद्युत पुगेपछि खुशी भएका खोटाङको रावा बेसी गाउँपालिकाका नागरिकलाई अहिले सोही विद्युत सेवाले झन्झट बढाएको छ। सामुदायिक विद्युतीकरणमा विकृति मौलाउँदा र गुणस्तरीय सेवा नहुँदा उपभोक्ताहरू असन्तुष्ट बनेका हुन्।

दुवेकोल सामुदायिक संस्थाबाट रावा बेसी गाउँपालिका–१ कुभिण्डे, वडा नं। ४ डुम्रेधारापानी, वडा नं। ५ दुवेकोल तथा छिमेकी ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र वडा नं। ६ ज्यामिरेमा विद्युत वितरण भइरहेको छ। उक्त क्षेत्रमा नेपाल सरकारले तोकेको भन्दा बढी महसुल लिने, समयमा मिटर रिडिङ नगर्ने, भोल्टेज समस्या हुने, मर्मतसम्भार समयमा नहुने तथा संस्थाभित्र अनियमितता रहेको उपभोक्ताहरूको गुनासो छ।

महसुल तिर्न नसक्दा विद्युत सेवा नै हटाइदिन पाए हुन्थ्यो भन्ने अवस्थामा उपभोक्ताहरू पुगेका छन्। कुभिण्डेका उपभोक्ता डम्बरकुमारी कामीको घरमा पाँच वटा बल्ब मात्र जडान गरिएको छ। उनका अनुसार प्रत्येक तीन महिनामा मिटर रिडिङ गर्दा हजार रुपियाँभन्दा बढी बिल आउने गरेको छ। उनले भनिन्, “साधारण बत्तीबाहेक अन्य केही प्रयोग हुँदैन, तर तीन महिनामा हजारभन्दा बढी रुपियाँ तिर्नुपर्छ। कहिले कम युनिटमा बढी बिल आउँछ, कहिले बढी युनिट देखाएर कम बिल बनाइन्छ।”

नेपाल सरकारले २०७८ मंसिरदेखि विपन्न नागरिकलाई लक्षित गर्दै ५ एम्पियरसम्मको ग्राहस्थ उपभोक्ताले मासिक २० युनिटसम्म प्रयोग गर्दा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपियाँ मात्र लाग्ने व्यवस्था गरेको थियो। तर, दुवेकोल सामुदायिक संस्थाले अझै पनि न्यूनतम शुल्क ५० रुपियाँ असुल्दै आएको उपभोक्ताहरूको आरोप छ।

डुम्रेधारापानीका उपभोक्ता डबलसिं गुरुङका अनुसार कतिपय बिलमा प्रति युनिट १७ रुपियाँसम्म दर लगाइएको पाइएको छ। प्रत्येक घरमा फरक–फरक दरमा बिल काटिएको समेत देखिएको उनले बताए।

त्यस्तै, डुम्रेधारापानीका उपभोक्ता गणेश बास्तोलाको ०८२ पुस, माघ र फागुन महिनामा १२८ युनिट विद्युत खपत भएको देखिएको छ, जसको बिलमा २ हजार १९५ रुपियाँ शुल्क उल्लेख गरिएको छ।

उपभोक्ताहरूका अनुसार पाँच वटा वडामा विद्युत विस्तार गरेको उक्त सामुदायिक संस्थामा एक जना मात्र प्राविधिक कार्यरत छन्। जसका कारण कहिलेकाहीँ २–४ दिनसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ। प्राविधिक अभावका कारण मर्मत कार्यमा ढिलाइ हुने गरेको उपभोक्ता जलभरत गुरुङले बताए।

उपभोक्ताहरूले सामुदायिक विद्युत प्रणाली हटाएर नेपाल विद्युत प्राधिकरणमा जोड्न माग गरे पनि सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन्।

कुइभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईका अनुसार हाल सेवा लिइरहेका करिब ९५ प्रतिशत उपभोक्ताले प्राधिकरणमा जोडिन माग गर्दै हस्ताक्षर गरेका छन्। उक्त कागजात केही वर्षअघि नै विद्युत प्राधिकरण वितरण केन्द्र दिक्तेलमा बुझाइएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनले बताए।

अहिले उपभोक्ताहरूले पुन: आमभेला गर्ने तयारी गरेका छन्। सामुदायिक संस्थाका प्रतिनिधिसहित छलफल गर्ने र तत्काल प्राधिकरणमा जोडिनुपर्ने मागसहित रावा बेसी गाउँपालिकामा निवेदन पनि दिइएको उपभोक्ता अन्जन भुजेलले बताए।

यता, दुवेकोल सामुदायिक संस्थाका अध्यक्ष लिलानाथ निरौलाले संस्था निरन्तर घाटामा रहेको बताए। प्राविधिकको त्रुटिका कारण केही उपभोक्ताको बिलमा बढी रकम देखिएको उनको भनाइ छ। साथै, संस्थाले नेपाल विद्युत प्राधिकरणलाई जिम्मा लगाउने निर्णय गरे पनि सुरुमा विद्युत विस्तारका क्रममा लिएको ७ लाख रुपियाँ ऋण चुक्ता गर्न नसक्दा समस्या भएको उनले बताए।

नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख धनराज विष्टका अनुसार सामुदायिक संस्थाको अन्य निकायसँगको ऋण तथा बक्यौता चुक्ता नभएसम्म प्राधिकरणले जिम्मा लिन नसकिने अवस्था छ। उक्त ऋण र बक्यौता चुक्ता भएमा तत्काल सेवा प्राधिकरणले लिने उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

शिक्षामा लगाएको समता करले भुइँमान्छेलाई छुँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...

आगामी वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्था अन्त्य हुने : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...

प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending