Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

सरकारलाई ३३ बुँदे सुझाव : हप्ताको तीन दिन किताब, चार दिन श्रम र सिर्जना

खबरडबली संवाददाता

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, शिक्षा, कृषि, सुशासन र नागरिक अधिकारका विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

अध्यक्ष राईले नेपालको असंलग्न परराष्ट्र नीतिलाई सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिए। उनले एमसीसी, एसपीपी र हाल चर्चामा रहेको ‘बफर स्टेट’ जस्ता सैन्य रणनीतिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने सन्धि सम्झौता नगर्न सरकारलाई सुझाव दिएको छन् । उनले भने, “नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो, हामी असल छिमेकी भएर प्रस्तुत हुनुपर्छ तर हाम्रो देशलाई युद्धको मैदान बन्न दिने गरी बफर स्टेटको व्याख्या गरिरहनु पर्दैन ।”

अध्यक्ष राईले वर्तमान शिक्षा प्रणालीले उत्पादन र आविष्कार गर्न नसकेको भन्दै हप्ताको तीन दिन मात्र किताब पढाउने र बाँकी चार दिन श्रम, सीप, सिर्जना र आविष्कारमा लगाउनुपर्ने प्रस्ताव अघि सारेको छन् । उनले किताब घोकाउने शिक्षाको अन्त्य गरेर व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउँदै यसका लागि सरकारले सुरुमा पाठ्यभार र पाठ्यक्रम घटाउनुपर्ने उल्लेख गरे।

सीमा रक्षाका लागि नेपाली सेनालाई सीमावर्ती क्षेत्रमा परिचालन गर्नुपर्ने र छिमेकी मुलुकसँग नियमित छलफल गर्नुपर्ने सुझाव पार्टीले दिएको छ । यस्तै, महाकाली जस्ता क्षेत्रमा भइरहेका अवैध तटबन्ध तथा निर्माण कार्य रोक्न माग गरिएको छ । वैदेशिक ऋण र अनुदानको भर नपरी आफ्नै प्राकृतिक स्रोत, प्रविधि र जनशक्ति परिचालन गरी स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्ने उनको दाबी छ ।

कागजी कृषि क्रान्ति सिंहदरबार र मन्त्रालयमा सीमित भएको टिप्पणी गर्दै राईले सिँचाइ, मल, बीउ र प्रविधिलाई किसानको खेतसम्म पुर्‍याउनुपर्ने बताएको छन् । ‘एक पालिका एक उद्योग र एक परिवार एक रोजगार’ को नीति लागू गरी युवालाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने उनले उल्लेख गरे।

सहकारी ठगी प्रकरणमा संलग्न दोषीलाई कारबाही गरी पीडितको पैसा राज्यकोषबाट नभई ठगी गर्नेकै जायजेथा लिलाम गरेर फिर्ता गर्नुपर्ने माग राईले गरेको छन् । यस्तै, स्रोत नखुलेको सम्पत्ति जोड्नेको सम्पत्ति सरकारीकरण गर्न र भ्रष्टाचार अन्त्य गरी पारदर्शी सरकार बनाउन उनले जोड दिएको छन् ।

काठमाडौँको सुकुम्बासी बस्ती व्यवस्थापनको प्रसङ्गमा बोल्दै उनले नागरिकको घाँटी निमोठ्ने कार्य लोकतान्त्रिक नभएको बताए । उनले भने, “भात खान पाउनु मान्छेको पहिलो अधिकार हो । उचित विकल्प नदिई बस्ती भत्काउँदा नागरिक पुलमुनि बस्नुपर्ने अवस्था आउनु राज्यको असफलता हो । दमन होइन, उचित पुनर्वास र क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्छ ।”

अध्यक्ष राईले सुशासनको सुरुवात आफैँबाट गर्नुपर्ने भन्दै आफू र आफ्नो पार्टीका तर्फबाट सांसदका लागि दिइने स्वकीय सचिव र त्यसको बजेट नलिने घोषणा गरेको छन् । “कागजी काम कम गरौँ, कामै नहुने ठाउँमा मान्छे राखेर राज्यको स्रोत खर्च गर्नु आवश्यक छैन”, उनले प्रस्ट पारे।

भूपू गोर्खा सैनिकका लागि समान पेन्सनका विषयमा बेलायत सरकारसँग पहल गर्ने र नागरिकता यथावत राख्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार ग्यारेन्टी गर्ने तथा अधुरा रहेका पुल, बाटो र अस्पताल यथाशीघ्र सम्पन्न गर्ने विषय सुझावमा समेटिएका छन् । काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने, सबैभन्दा सस्तो प्रस्तावभन्दा पनि गुणस्तर र समयको सुनिश्चितता गर्नेलाई ठेक्का दिने व्यवस्था मिलाउन पनि उहाँले माग गरेको छन् ।

कर्मचारी प्रशासनमा काम नगर्ने र भ्रष्टलाई बर्खास्त गर्ने तथा राम्रो काम गर्नेलाई पुरस्कृत र बढुवा गर्ने नीति लिनुपर्ने उहाँको सुझाव छ । साथै, युवा पुस्ताको भावना र चाहनाअनुसारका कार्यक्रम बनाउन ‘जेन–जी आयोग’ गठन गर्नुपर्ने माग राख्दै अध्यक्ष राईले ३३ बुँदे सुझावका विषयमा सरकारले ध्यान नदिए आन्दोलनमा उत्रन सक्ने सङ्केत समेत गर्नुभएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने ४ युवा सिंहदरबारबाट पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गर्दै प्रदर्शन गरेका ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सिंहदरबार परिसरभित्रबाटै पक्...

रवि लामिछानेको सांसद पद निलम्बन हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने लाई सांसदको रूपमा कामकाज गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ। अधिवक्ता आ...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

सरकारलाई ३३ बुँदे सुझाव : हप्ताको तीन दिन किताब, चार दिन श्रम र सिर्जना

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...

जबरजस्ती करणीका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सल्यान। जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट ए...

प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्दै छन्।  प्रधानमन्त्रीको नि...

लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेक...

स्मार्ट लाइसेन्स छपाइ सुरु, आफूले ट्रायल पास गरेकै कार्यालयबाटै लिन सकिने

काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending