Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सिमाना हेरफेर कार्यविधि अव्यावहारिक भएको सरोकारवालाको निष्कर्ष

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। नेपाल सरकारले तयार गरेको स्थानीय तहको संख्या र सिमाना हेरफेरसम्बन्धी कार्यविधिको सन्दर्भमा बुधबार पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सरोकारवालाबिच बृहत् छलफल भएको छ। कार्यक्रममा सहभागीहरूले स्थानीय तहको आवश्यकता र भौगोलिक औचित्यका आधारमा प्रस्तावित कार्यविधिमा संशोधन हुनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै संघीय सांसद विक्रम खनालले सिमाना हेरफेरको विषय संवेदनशील भएको बताए। उनले भने, “कार्यविधिले मात्र सबै समस्या समाधान गर्दैन, भूगोल र जनताको भावनालाई बुझेर मात्र अगाडि बढ्नुपर्छ। जनतालाई पायक पर्ने गरी सिमाना तय गरिनुपर्छ।”

अर्का सांसद नरेन्द्रकुमार गुप्ताले विकासको गति र प्रशासनिक सुगमतालाई केन्द्रमा राख्नुपर्ने बताए। उनका अनुसार, “स्थानीय तहको संख्या थपघट गर्दा त्यसले आर्थिक भार कति पर्छ र जनताले पाउने सेवामा कस्तो असर गर्छ भन्ने कुराको गम्भीर समीक्षा गरी कार्यविधि परिमार्जन गर्न जरुरी छ।”

त्यस्तै, सांसद रिंगला यादवले समावेशिताको मुद्दा उठाउँदै सिमाना हेरफेर गर्दा पछाडि पारिएका समुदाय र क्षेत्रको पहुँच नखुम्चियोस् भन्नेमा सरकार सचेत हुनुपर्ने बताए। उनले भने, “कार्यविधिले स्थानीय तहको अधिकारलाई खुम्च्याउनु हुँदैन।”

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले स्थानीय सरकारको रायबिना केन्द्रबाट लादिने कार्यविधि व्यावहारिक नहुने तर्क गरे । उनले भने “हामी जनताको घरदैलोको सरकार हौं, यहाँका वास्तविक समस्या हामीलाई थाहा छ। त्यसैले औचित्यका आधारमा मात्र सिमाना हेरफेर गरिनुपर्छ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले कार्यविधिको प्राविधिक पक्षबारे प्रकाश पार्दै कर्मचारी र प्रशासनलाई काम गर्न सहज हुने गरी नीतिगत स्पष्टता आवश्यक रहेको बताए।

छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी तथा नागरिक समाजका अगुवाहरूले आफ्ना धारणा राखेका थिए। उनीहरूले हचुवाका भरमा सिमाना हेरफेर गर्दा सामाजिक र सांस्कृतिक सम्बन्धमा असर पर्न सक्ने भन्दै गम्भीर बन्न आग्रह गरे।

सहभागीहरूले सामूहिक रूपमा नेपाल सरकारलाई कार्यविधिका अव्यावहारिक बुँदाहरू हटाउन र स्थानीय आवश्यकतालाई प्राथमिकता दिन माग गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...

होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...

रास्वपा महाधिवेशन: मतदान सुरु हुन अझै केही घण्टा लाग्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...

रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब

काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending