Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

इन्टरनेटको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

बैतडी। सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृृत गणेश शाहीले जानकारी दिए । सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले बैतडीका किशोर किशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ । यसले गर्दा बालविवाह न्यूनीकरण गर्नसमेत चुनौती थपिएको कार्यक्रम अधिकृृत शाहीको भनाइ छ । मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उनले भने–“इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह र महिलाहिंसा मात्रै नभएर मानव बेचबिखन जस्ता जघन्य अपराधमा समेत वृद्धि भएको छ ।” सञ्चारको पहुँचमा सबै पुग्नु खुसीको कुरा हो, सञ्चारले एक ठाउँको खबर अर्को ठाउँमा कम समयमा सुन्न सकिन्छ, देश विदेश कुन ठाउँमा के भएको छ भन्ने हेर्नपनि सकिन्छ तर बैतडीका किशोरकिशोरी भने सञ्चारको दुरुपयोग गर्दै भागेर विहे गर्ने साधन बनाएका छन् । फेसबुक, फोनमा कुरा गर्दै मायामा परेर उमेर नपुग्दै भागेर जाने चलन यहाँ पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा समाजमा सञ्चार माध्यमको दुरुपयोग भएको बालबालिकाका क्षेत्रमा काम गर्नेहरु बताउँछन् । “बालविवाहका कारण धेरैजसो महिला हिंसामा परेका छन्, उनीहरु मोबाइलकै दुरुपयोगका कारण बालविवाह गर्न बाध्य भएका छन्,” महिला विकास निरीक्षक विष्ना भण्डारीले बताए। बालबालिकाको उमेर नपुग्दै मागेर बिहे गर्ने चलन पनि बैतडीमा धेरै छ । कोरोदान ग¥यो भने आफू मरेपछि राम्रो हुन्छ भन्ने गलत मान्यताले जरो गाडेको समाजमा स्वयम् आफै किशोरकिशोरी भाग्ने चलन बढ्दा झनै समस्या भएको छ । पछिल्लो समयमा सात, आठ कक्षामा पढ्ने विद्यार्थीको हातहातमा मोबाइल देखिन्छ । बालविवाह न्यूनीकरणमा साँच्चै लाग्ने हो भने १२ कक्षासम्म किशोरकिशोरीलाई मोबाइल बोक्न नदिने कानून बनाउन आवश्यक छ । सञ्चार प्रविधिको दुरुपयोगले विभिन्न समस्या निम्तिन थालेपछि स्थानीय तहले विद्यालयमा मोबाइल फोनमासमेत प्रतिबन्ध लगाउन थालेका छन् । दोगडाकेदार गाउँपालिकाले सूचना नै जारी गरेर विद्यालयमा मोबाइल बोक्न प्रतिबन्ध लगाएको सो गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । उनले भने –“मोबाइलको दुरुपयोगका कारण धेरै समस्या निम्तिएकाले विद्यालयमा मोबाइल प्रतिबन्ध लगाइएका हौं” सञ्चार साधनका गलत प्रयोग गर्दा यस्ता समस्या समाजमा आउने गरेका छन् । मोबाइल इन्टरनेटलाई सही सदुपयोग गर्न जाने सम्पूर्ण संसारलाई कोठाभित्रबाट हेर्न सकिन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies