Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

मुसा भगाउने अनेक उपाए, मन्दिरमा पूजासँगै मुसाको संरक्षण

\"\" ललितपुर। घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ रु कति पटक त कपडा नै च्यातिदिएर लाउन नमिल्ने भएको होला । धेरैले मुसा भगाउनका लागि अनेक उपाय पनि गरिरहेको हुनसक्छ । धेरैले मुसा भगाउनका लागि अनेक उपाय लगाइरहँदा कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्नेसुन्दा अनौठो लाग्न सक्छ । काठमाडौँ उपत्यकामा नै एउटा त्यस्तो मन्दिर छ जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ । पाटन दरबार क्षेत्र नजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ । मन्दिर बनेसँगै नै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वा बताउनुुहुन्छ । शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरेको हो । साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । उनी भन्छन्, “मुसालाई पनि सात भाग छुटाइन्छ र उनीहरुले छुट्याएको भाग खाएर बस्छन् ।” सबैभन्दा अनौठो कुरा त के छ भने यी मुसाले क्षति गर्दैनन् । धाख्व भन्नुहुन्छ, “मन्दिर परिसरको कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति भएको छैन ।”घरमा भएकाभन्दा यी मुसा फरक प्रकृतिका रहेको उनी बताउछन् । मन्दिर परिसरमा मात्रै होइन यी मुसाले छिमेकमा समेत गएर त्यहाँ गएर दुःख दिएको पनि अहिलेसम्म थाहा छैन । पाका उमेरका मानिस पनि महाविहारका मुसा पहिलेदेखि अहिलेसम्म नै शान्त र ज्ञानी स्वभावको भएको यहाँका बासिन्दा बताउँछन् । स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुन जस्तै वर्णको र हिरा जस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो । लिच्छवि राजा भाष्करदेवका पालामा आजु चक्रेश्वर दैनिक गुह्येश्वरीको दर्शनका लागि जान्थे । जाडोका बेला एक दिन उनी बाटो बिराएर भग्नावशेष भएको पिंगला विहार पुगे । त्यहाँ एउटा चैत्य देखेपछि उनी दैनिक त्यहाँ जान थाले । आजुले एक दिन सपनामा त्यस ठाउँमा भगवान् बुद्धले आफ्ना मूर्तिहरु पुरिएको र त्यसलाई प्रतिस्थापना गर्दा पुण्य मिल्ने थाहा पाए । राजा भाष्करदेवलाई उनले यो कुरा सुनाए । राजाले मूर्ति भएको स्थान उत्खनन गरेर शङ्खमूलबाट पाटन भित्र्याए तर मन्दिर नबनिरहँदासम्म त्यसलाई तत्काल न्याः चुकमा राख्ने र आजुले दैनिक पूजा गर्ने कुरा बताए । त्यसपछि राजाले नयाँ विहार (न्याः बहा) बनाएर उक्त मूर्र्ति त्यहाँ सारेका थिए । एकदिन राजालाई भगवान् बुद्धले सपनामा आफूलाई नयाँ विहार भन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले राजाले यस विषयमा ज्योतिषसँग सल्लाह गरे । ज्योतिषहरुले सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा स्वयम्भू रत्न चैत्यको पश्चिम दिशामा रहेको प्रमाणित गरे । सोहीअनुसार यस ठाउँमा हिरण्यवर्ण महाविहार बनाइएको हो । राजा भाष्करदेवले नेपाल संवत् १६५ देखि १६७ सम्म दुई वर्ष लगाएर मन्दिर बनाएको इतिहासमा उल्लेख छ । पाँच हजार सर्वसङ्घ सदस्य रहेको यो महाविहार नेपालको सबैभन्दा बढी सदस्य भएको महाविहार हो । मन्दिरमा एकजना पाका व्यक्ति र एकजना बालक गरेर दुईजना पुजारी रहन्छन् । जसमध्ये बालक मुख्य र पाका व्यक्ति सहायक पुजारी हुन् । मन्दिर परिसरमा धेरै मुसा छन् तर यति संख्यामा छन् भन्ने यकिन भने छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies