काठमाडौं । संवैधानिक मर्यादा र शक्ति सन्तुलनको बहसबीच सरकार र राष्ट्रपतिबीचको दूरी खुला रूपमा सतहमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘पुनर्विचार गर’ भन्दै फिर्ता पठाएको अध्यादेशलाई सरकारले कुनै हेरफेर नगरी फेरि शीतलनिवासतिरै धकेलेको छ।
मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्ताको तस्तै पुनः सिफारिस गर्ने निर्णय गरेसँगै अब निर्णयको ‘बल’ फेरि राष्ट्रपतिको कोर्टमा पुगेको छ। तर यसपटक परिस्थिति झन् पेचिलो देखिन्छ । किनकि राष्ट्रपतिको सन्देशलाई सम्बोधन गर्ने कुनै प्रयास सरकारले देखाएन।
राष्ट्रपतिले फिर्ता पठाउँदा उठाएको मूल प्रश्न स्पष्ट थियो । संवैधानिक परिषद्मा बहुमतीय प्रणाली कमजोर पार्ने र शक्ति सन्तुलन बिगार्ने प्रावधान संशोधन गरिनुपर्छ। तर सरकारले त्यो चासोलाई बेवास्ता गर्दै उही पुरानै ड्राफ्ट अघि बढायो, जसले ‘सहकार्यभन्दा दबाब’ रोजिएको संकेत दिएको छ।
कानुनविद्हरूका अनुसार विधेयक जस्तो स्पष्ट व्यवस्था अध्यादेशमा छैन । तर, पुराना अभ्यासले मन्त्रिपरिषद्ले पठाएपछि राष्ट्रपतिले जारी गर्नुपर्छ भन्छ । यद्यपि, संविधान र सर्वोच्च अदालतको नजिरसँग ठोक्किने अवस्था भए राष्ट्रपतिले ‘होल्ड’ गर्ने बाटो पनि खुला रहेकाे छ ।
यहीँबाट शीतलनिवास–सिंहदरबार विवादको गहिराइ बढेको छ । सरकारले भने यसलाई “निर्णय प्रक्रियामा अवरोध हटाउने” उपायका रूपमा व्याख्या गरिरहेको छ । विपक्षी अनुपस्थित हुँदा संवैधानिक परिषद् निष्क्रिय हुने अवस्था अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक रहेको तर्क अघि सारिएको छ। तर सरकारकारका आलोचकहरू यसलाई फरक ढंगले हेर्छन् । उनीहरूले परिषद्को संरचना फेरबदल गरेर संवेदनशील नियुक्तिमा राजनीतिक नियन्त्रण बढाउने प्रयास रहेकाे बताउँछन्।
राष्ट्रपतिले हस्ताक्षर गर्ने कि फेरि रोक्ने ? भन्ने प्रश्न गम्भिर बन्दै गएकाे छ । यदि फेरि रोकियो भने, शीतलनिवास र सिंहदरबारबीचको यो ‘संवैधानिक तानातान’ सीधै राजनीतिक द्वन्द्वमा बदलिन सक्ने सम्भावना देखीएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - २१:०५
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ। ...
बैशाख २१ गते, २०८३ - २१:०३
काठमाडौँ । विपी राजमार्ग अन्तरगत रोशिखोलाको बहावमा ४ वटा माइक्रोबस फसेका छन् । साेमबार नदीको दुई वटा धारकोबिचमा माईक्रोबस फसेका हुन् । काभ्रेपलाञ्...
बैशाख २१ गते, २०८३ - २०:५८
डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना भएकाे छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–०...
बैशाख २१ गते, २०८३ - २०:५५
काठमाडौं । गण्डकी प्रदेशका संरक्षित क्षेत्रहरूमा पर्यटकको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। विशेषगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा चालु आर्थिक...
बैशाख २१ गते, २०८३ - २०:५१
काठमाडौँ । अंश पाएकी विधवाले अर्को बिहे गरे उक्त सम्पत्ति आफैँले राख्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतका कामु प्...
बैशाख २१ गते, २०८३ - २०:४३
काठमाडौं । संवैधानिक मर्यादा र शक्ति सन्तुलनको बहसबीच सरकार र राष्ट्रपतिबीचको दूरी खुला रूपमा सतहमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘पुनर्विचार ग...
बैशाख २१ गते, २०८३ - २०:३८
गुल्मी । गुल्मीकाे छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सु...
बैशाख २१ गते, २०८३ - २०:३५
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भू–भाग भएको पुनः स्पष्ट गर्दै राष्ट...
बैशाख २१ गते, २०८३ - २०:२६
मुस्ताङ। घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ। ल...
बैशाख २१ गते, २०८३ - २०:२४
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। साेमबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम...


प्रतिकृया लेख्नुहोस्: