Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

मधेश समुदायमा मृत्युमा सभा भोज झन् भड्किलो र प्रतिस्पर्धात्मक

खबरडबली संवाददाता

राजविराज। तराई मधेशका धेरै समुदायमा परम्परागत रूपमा गरिँदै आएको मृत्यु भोज पछिल्लो समय सप्तरी जिल्लामा झन् भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको छ । 

जिल्लाको रूपनी, विष्णुपुर र छिन्नमस्तालगायतका पालिकामा मृत्युपछि गरिने सभा भोज सामाजिक प्रतिष्ठासँग दाँजेर प्रतिस्पर्धा गरिरहेका छन् । यसले फजुल खर्च पनि भइरहेको स्थानीयवासी बताउँछन् ।

रूपनी गाउँपालिकाका भोला यादवका अनुसार आफन्तको मृत्यु भएपछि समाजका प्रतिष्ठित व्यक्तिबिच एक वा दुई सभा भोज गर्ने प्रतिस्पर्धा नै चलेको छ । 

“हाम्रो समुदायले पाँचरसात गाउँबस्तीलाई समेटेर एउटा सभा बनाएको हुन्छ । त्यस क्षेत्रका सबैलाई निम्तो पठाएर भोज खुवाइन्छ,” उनले भने। यस्तो एक सभामा न्यूनतम पाँचदेखि सात लाख रुपियाँसम्म खर्च हुने गरेको उनले बताए।

स्थानीय बिरेन्द्र यादवका अनुसार भोजमा महिला सहभागिता अझै पनि सीमित छ । सभा भोजमा आफनो गाउँबस्ती बाहेकका महिलाहरूलाई निम्तो दिने चलन नरहेको उनले बताए ।

उनले भने “छरछिमेकका महिला, पुरुष, बालबालिका सबैलाई निम्तो दिइन्छ, तर खुवाउने बेला महिला र पुरुषलाई छुट्टाछुट्टै बसाइन्छ, कतिपय ठाउँमा महिलालाई सहभागिता नै गराइँदैन ।’’

समाजसेवी श्यामसुन्दर यादवका अनुसार रूपनी, विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा यस्ता सभा भोज व्यापक रूपमा हुँदै आएका छन् । विशेषगरी यादव समुदायमा यो चलन पछिल्लो समय प्रतिस्पर्धात्मक रूपमा बढ्दै गएको छ । “कसले कति ठुलो भोज गर्‍यो भन्ने कुरा प्रतिष्ठासँग जोडिन थालेको छ,” उनले भने ।

स्थानीय समाजसेवी रामचन्द्र यादव यस्तो प्रचलनप्रति चिन्तित छन्। उनका अनुसार मृत्युजस्तो संवेदनशील अवस्थामा अनावश्यक खर्च गर्ने प्रवृत्तिले निम्न तथा मध्यम वर्गीय परिवारलाई आर्थिक सङ्कटमा पार्न सक्छ । “मृत्यु भोजलाई न्युनीकरण गर्नुपर्छ, नत्र समाजमा ऋण र दबाब बढ्दै जान्छ,” उनले जोड दिए ।

प्राध्यापक देवनायारायण यादवले यस्तो परम्परा सामाजिक एकता र सहानुभूति प्रकट गर्ने माध्यम भएपनि यसको अत्यधिक प्रदर्शनले मूल उद्देश्य ओझेलमा पारिरहेको बताए। परम्परा र आधुनिक सोच बिच सन्तुलन कायम गर्दै खर्च नियन्त्रण गर्न समुदायस्तरमै छलफल र सचेतना आवश्यक भएको उनले बताए ।

सप्तरीमा बढ्दो मृत्यु भोज संस्कारको विषय मात्र नभई सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र लैङ्गिक समानतासँग समेत गाँसिएको विषय बन्दै गएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending