काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकको समाचार संकलनार्थ भेला भएका सञ्चारकर्मीलाई प्रधानमन्त्री बालेन्द्र शाहले भौतिक उपस्थितिमै भिडियो खिच्न रोक लगाएको समाचारबाट महासङ्घ गम्भीर भएको महासचिव रामप्रसाद दाहालले बताए ।
प्रधानमन्त्री सचिवालयको सूचना पाएर बाहिरबाट भिडियो खिचिरहेका पत्रकारलाई प्रधानमन्त्रीको ठाडो आदेशमा सुरक्षाकर्मीले भिडियो नखिच्न र सो स्थानबाट हट्न उर्दी लगाएको समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मीले जनाएका छन्।
प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने सरकार प्रमुखको आदेशमा पेसागत धर्म निर्वाह गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई गरिएको अशोभनीय व्यवहारप्रति महासङ्घले आपत्ति प्रकट गरेको छ ।
पत्रकारको संवैधानिक अधिकारमा आघात पुर्याउने कार्यप्रति महासङ्घले खेद प्रकट गरेको हो । साथै, पत्रकार तथा सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिता पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न महासङ्घले अपिल समेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - २१:०५
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ। ...
बैशाख २१ गते, २०८३ - २१:०३
काठमाडौँ । विपी राजमार्ग अन्तरगत रोशिखोलाको बहावमा ४ वटा माइक्रोबस फसेका छन् । साेमबार नदीको दुई वटा धारकोबिचमा माईक्रोबस फसेका हुन् । काभ्रेपलाञ्...
बैशाख २१ गते, २०८३ - २०:५८
डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना भएकाे छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–०...
बैशाख २१ गते, २०८३ - २०:५५
काठमाडौं । गण्डकी प्रदेशका संरक्षित क्षेत्रहरूमा पर्यटकको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। विशेषगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा चालु आर्थिक...
बैशाख २१ गते, २०८३ - २०:५१
काठमाडौँ । अंश पाएकी विधवाले अर्को बिहे गरे उक्त सम्पत्ति आफैँले राख्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतका कामु प्...
बैशाख २१ गते, २०८३ - २०:४३
काठमाडौं । संवैधानिक मर्यादा र शक्ति सन्तुलनको बहसबीच सरकार र राष्ट्रपतिबीचको दूरी खुला रूपमा सतहमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘पुनर्विचार ग...
बैशाख २१ गते, २०८३ - २०:३८
गुल्मी । गुल्मीकाे छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सु...
बैशाख २१ गते, २०८३ - २०:३५
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भू–भाग भएको पुनः स्पष्ट गर्दै राष्ट...
बैशाख २१ गते, २०८३ - २०:२६
मुस्ताङ। घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ। ल...
बैशाख २१ गते, २०८३ - २०:२४
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। साेमबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम...


प्रतिकृया लेख्नुहोस्: