Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

खबरडबली संवाददाता

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौं महानगरपालिका–२६, ठमेलमा सञ्चालित ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’विरुद्ध प्राप्त उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले जारी गरेको सूचनाअनुसार क्लिनिकसँग सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको योग्यता, लाइसेन्स र क्लिनिक सञ्चालनको वैधानिकतामाथि प्रश्न उठेपछि अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाइएको हो।

काउन्सिलका अनुसार एक चिकित्सकले म्याद समाप्त भइसकेको लाइसेन्स प्रयोग गरी काउन्सिलको क्षेत्राधिकारबाहिर उपचार गरेको पाइएपछि उनीसँग स्पष्टीकरण माग्दै कारबाही प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरी भ्रम सिर्जना गरेको आरोपमा अर्का एक चिकित्सकविरुद्ध पनि कारबाही प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ।

विदेशी चिकित्सकको शैक्षिक योग्यता तथा संलग्नतासम्बन्धी आधिकारिक अभिलेख र थप जाँचबुझको प्रक्रिया पनि अघि बढिरहेको काउन्सिलले जनाएको छ। यस्तै, एक चिकित्सकले दाबी गरेको प्रशिक्षण प्रमाणपत्रको आधिकारिकताबारे समेत अध्ययन भइरहेको छ।

काउन्सिलले दर्ता तथा इजाजतपत्रबिनै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीका लागि सम्बन्धित विषयगत परिषद्हरूमा सिफारिस गरेको जनाएको छ।

क्लिनिक नै बन्द गराउन सिफारिस

काउन्सिलले आवश्यक स्वीकृति नलिई सञ्चालनमा रहेको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’लाई तत्काल सिलबन्दी गरी बन्द गराउन सम्बन्धित निकायलाई सिफारिस गरेको छ।

क्लिनिकबाट प्रयोग भइरहेका डिजिटल तथा मेडिकल रेकर्डसमेत नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

यसैगरी, क्लिनिकमा गैरकानुनी रूपमा सञ्चालित फार्मेसी तथा औषधिको स्रोतबारे विस्तृत अनुसन्धान गर्न र आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा लेखी पठाइएको काउन्सिलले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सकीय मर्यादा कायम राख्ने, जनस्वास्थ्यको संरक्षण गर्ने र गैरकानुनी स्वास्थ्य सेवा सञ्चालनविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

काउन्सिलले जारी गरेको सूचना मिति २०८२ साल साउन २९ गतेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending