Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

देउवाविरूद्व अाराेपैअाराेपकाे नालिवेली: यस्तो छ पौडेलको अभियाेग

\"\"काठमाडाै । सभापति ज्यू, नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईंसँग एक दिन भेटेरै भनेँ – अाजकाे नयाँ पत्रिकामा खबर छ- देउवाजी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने इच्छा पूरा भएको छ । दलको नेता पनि चुनिनुभयो । प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ । अब तपाईले चाहेको सबै पूरा भयो । तसर्थ अब तपाईं सानो समूहको संरक्षक बन्नपट्टी निलागेर सिंगो कांग्रेसको नेता बन्न लाग्नुहोस् । योग्यता र योगदानको आधारमा सबै साथीहरूलाई समान रूपले मूल्यांकन गर्न थाल्नुहोस् । म तपाईंलाई पूरापुर सहयोग गर्छु । कांग्रेस एक बनाएर लैजाऔँ । गुटबन्दी र भागवण्डाको अवस्था नै मेटिदिऊँ, सबैको भलो हुन्छ । नत्र भने तपाईंले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा बाहिर परेकाहरूलाई कसैले संरक्षण दिनपर्यो नि । अनि त्यसपछि गुटबन्दी कसरी मेटिन्छ ? तर तपाईंं तयार हुनुभएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौँ । राम्रा काम गरेर आफू सुरक्षित रहनुको सट्टा साम दामका आधारमा गुटको किल्ला दह्रो बनाएर आफूलाई सुरक्षित राख्ने नेता र कार्यकर्ताले पार्टीमा भविश्य असुरक्षित र पूर्वाग्रही नेताबाट आफूलाई कहिल्यै न्याय नहुने महसुस गर्नुपर्ने अवस्थाले पार्र्टी पलायन वा पार्टी विभाजनको दिशातिर उन्मुख हुनेछ । यो स्थितिबाट पार्टीलाई जोगाउन भरपर्दाे आधार तयार गर्नु ढिलो भइसकेको छ । गुटको चिन्ता छाडेर मैले दिएको फर्मूलामा काम गरेको भए पदाधिकारी नियुक्ति र विभाग गठन सहजै हुने थिए । पार्टीका सबै तहमा प्रशिक्षण र संगठनात्मक गतिविधिहरू उहिल्यै अघि बढेका हुने थिए । पार्टी सशक्त हुने थियो । आज पार्टीका सबै निकाय, सबै भातृ, शुभेच्छुक संस्था अस्तव्यस्त छन् । तपाईले के गर्नुभयो ? एउटा काम तपाईले गर्नुभयो – आफ्नो गुटको भरणपोषण । हो तपाईले आप्नो गुट मजवुत बन्यो होला, तर विचरा कांग्रेस झन् झन् दुर्बल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिङ्ग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुण्ठित । सुदूर पश्चिमदेखि पूर्वसम्म तपाईको जयजयकार गर्नेबाहेक अरु मर्माहत । आज पार्टीका सबै निकाय, सबै भातृ, शुभेच्छुक संस्था अस्तव्यस्त छन् । तपाईले के गर्नुभयो ? एउटा काम तपाईंले गर्नुभयो – आफ्नो गुटको भरणपोषण । भन्दाभन्दै त्यत्रा आयोग, त्यत्रा नियुक्ति नबनेको नबनै रहे । कम्युनिष्टको हातमा भए । कांग्रेसीको योगदान, पञ्चायतका कालरात्रिदेखिको बलिदान कता हो कता ? पार्टी सरकारमा गएपछि तत्काल राहतको प्याकेज ल्याएको भए पार्टीको लोकप्रियता बढ्ने थियो, तर समय सकिएपछि अन्तमा आएर काम चलाउ भइसकेपछि जनतालाई पस्केको राहत जस पाउला भन्दा अपजसको भारी बनेको छ । समयमै किन नगरेको ? तपाईंको नेतृत्वमा न पार्टी चल्यो न सरकार । पार्टी अहिलेसम्म अपूरोको अपूरै । एउटा पनि प्रशिक्षण, एउटा पनि संगठनात्मक गतिविधि हुन सकेन । विधानअनुसारका प्रदेश अधिवेशन किन भएनन् ? धनुषा जिल्ला किन कमिटीविहीन बनायो ? टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम, लोकप्रिय साथीहरू उम्मेदवारीबाट वञ्चित भए जसले गर्दा मैले एक पटक बैठक छाडेरै हिड्नुपर्नेसम्मको नौवत आइलाग्यो । परिणाम जित्ने ठाउँमा हारियो पनि । तसर्थ हालै भएका निर्वाचनमा नेपाली कांग्रेसको पराजय केवल दुई कम्युनिष्ट गठबन्धनका कारण भएको होइन । यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो । संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । यसले के पुष्टि गरेको छ भने हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ । स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि यदि पार्टीका सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ । केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ । तर, प्रतिपक्षका रूपमा पनि संख्याका हिसाबले, कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने बल पुग्ने छैन । त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ । राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाईं तपाईंले घोर उपेक्षा गर्नुभयो । आईजी काण्डमा त्यस्तै गर्नुभो, महाभियोग प्रकरणमा लोकले के भन्ला भन्ने कुरा वास्तै गर्नुभएन, न्यायाधीश नियुक्तिमा अपारदर्शी शैलीको प्रयोगदेखि सबै रेकर्ड तोड्ने गरी औचित्य नै नभएका व्यक्तिलाई थुपारेर जम्बो मन्त्रिपरिषद् गठनले पनि नागरिक समाजमा चरम वितृष्णा फैलायो । फिर्तै लिन बाध्य हुनुपर्ने नियुक्तिहरू, आफैंलाई घाँडो बनेर लाचारीपूर्वक पछि हट्नुपर्ने महाभियोग जस्ता प्रकरणले कांग्रेसको छवि नै ध्वस्त पारे । अनि जनतामा हाम्रो लोकप्रियता कहाँ पुग्यो र हामीले चुनाव जित्ने कसरी ? सार्वजनिक रूपमै उत्रेर बोलौं भने चुनावको मुखमा पार्टीलाई झन् अप्ठेरो पर्ला भनेर सोच्दा म आफैँलाई नोक्सानी भएको छ । दोहोरो मर्का ब्यहोर्नुपरेको छ । पार्टीमा पैसा हावी भएको कुरा प्रकट रूपमै आइरहेको छ । पैसाको राजनीतिले पार्टीको नैतिक शक्ति क्षीण गराएको छ । पार्टी सरकारमा रहेको अनुभूति कतै भएन । तपाईंका अति विश्वास पात्र अर्थमन्त्रीले मन्त्रालयहरूलाई विकास बजेट र राहत बजेट सबै रोकेर राखे । क्याबिनेटमा भएका मन्त्री पनि एकथरीलाई सौतेलो व्यवहार भएको गुनासो छ । चुनाव प्रचण्ड वा केपी नेतृत्वमा भएको भए पनि अहिलेको भन्दा हाम्रो हालत राम्रो हुन्थ्यो । जनताको सहानुभूति र माया हामीमाथि रहन्थ्यो । आज हामीले जनताको सहानुभूति पनि भोट पनि दुवै गुमाएका छौं । आशक्तिबाट मााथि उठ्न सक्नुभएको भए गिरिजाबाबुले जतिकै पनि अलिकति उदार बनेको भए कुनै साथीलाई प्रधानमन्त्रीमा अघि सारेर तपाईं चुनावको महारथी बनेको भए परिणाम यो हालतमा पुग्ने थिएन । सबैले भनेको यो कुरा तपाईंले वेवास्ता गर्नुभयो । परिणाम यस्तो आयो । – कम्युनिष्ट एकताको परिणाम नेपाल एकात्मकतावादतिर, सर्वसत्तावादतिर उन्मुख हुँदै जान सक्छ । यो प्रवृत्तिको सामना गर्न, आफूभित्र मात्र तानतुन र जोडघटाउको नेतृत्वबाट सम्भव छैन । स्वच्छ र उच्च नैतिक नेतृत्वको खाँचो पर्दछ । उच्च मनोवल विना कम्युनिष्ट शक्तिलाई कडा चुनौती दिन सकिँदैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending