Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

उत्तर कोरियामाथि अहिलेसम्मकै कडा नाकाबन्दी

\"\"अमेरिकाले उत्तर कोरियामाथि अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सो घोषणा गरेका हुन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार भइरहेका वेला ट्रम्पले सो घोषणा गरेका हुन् । अमेरिकी घोषणाको उत्तर कोरियाले विरोध गरेको छ । प्योङयाङले अहिले पनि आफ्नो आणविक कार्यक्रमलाई जारी राखेकाले ताजा नाकाबन्दी लगाउनुपरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । ५० पानीजहाज कम्पनीविरुद्ध लक्षित सो नाकाबन्दी उत्तर कोरियाका ५० भन्दा बढी पानीजहाज कम्पनीहरूविरुद्ध लक्षित हुने अमेरिकाले जनाएको छ । उत्तर कोरियासँगै अमेरिकाले चीन र ताइवानका पानीजहाज कम्पनीविरुद्ध पनि नाकाबन्दी लगाएको छ । अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प दक्षिण कोरिया पुगेको केही घन्टाभित्रै उत्तरमाथि नयाँ नाकाबन्दीको घोषणा गरिएको हो । दक्षिण कोरियाको राजधानी सिउल पुगेको केही घन्टापछि इभान्काले उत्तरविरुद्ध कडा दबाब दिन आह्वान गरेकी थिइन् । दक्षिण कोरियामा जारी हिउँदे ओलम्पिक समापन समारोहमा भाग लिन इभान्का शनिबार सिउल पुगेकी थिइन् । सो ओलिम्पिकको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्र«पति माइक पेन्स सहभागी भएका थिए । उत्तरमाथि थप दबाब उत्तर कोरियाको आणविक कार्यक्रमको विरोधमा अमेरिका र अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघको चेतावनीका बाबजुद पनि उसले आणविक परीक्षणलाई निरन्तरता दिएको छ । केही महिनाअघि मात्र उसले शक्तिशाली आणविक परीक्षण र अमेरिकासम्म पुग्ने ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियामाथि थप दबाब दिन, राजस्वका स्रोत कटौती गर्न र उसका आणविक कार्यक्रमका लागि इन्धन कटौती गर्न नाकाबन्दी लगाइएको अमेरिकाले जनाएको छ । नाकाबन्दीले उत्तर कोरियाको आणविक कार्यक्रमलाई अप्रत्यक्ष रूपमा प्रभाव पारे पनि उत्तरले आणविक गतिविधिलाई झन् तीव्र पार्न सक्ने विज्ञहरूले बताएका छन् । उत्तर कोरियामाथि थप दबाब दिन, राजस्वका स्रोत कटौती गर्न र उसका आणविक कार्यक्रममा उपयोग हुने इन्धन अभाव गर्न नाकाबन्दी लगाइएको अमेरिकी भनाइ १६ कम्पनीविरुद्ध नाकाबन्दी अमेरिकाले नाकाबन्दी लगाएका ५० कम्पनीमध्ये १६ कम्पनी उत्तर कोरियाली हुन् । अन्य कम्पनीमा पाँचवटा कम्पनी हङकङमा दर्ता भएका हुन् भने दुईवटा चीनको मूल भूमिमा, एउटा पानामामा र एउटा सिंगापुरमा दर्ता भएका हुन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले पछिल्लो चरणको प्रतिबन्धले राम्रो परिणाम नल्याए गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी दिए । ‘प्रतिबन्धले काम नगरे हामी दोस्रो चरणमा कारबाही गर्नेछौँ, जुन विश्वका लागि दुर्भाग्यपूर्ण हुनेछ,’ उनले भने । उत्तर कोरिया धूर्त राष्ट्र« भएको ट्रम्पले बताए । ‘उत्तर कोरिया आफैँमा धूर्त राष्ट्र हो । उत्तरसँग सम्झौता भए राम्रो विषय हो, तर सम्झौता नभए अप्रिय घटना हुनेछ,’ उनले भने । ८ वर्षदेखि नाकाबन्दी अमेरिकाले सन् २००८ देखि उत्तरविरुद्ध नाकाबन्दी लगाउँदै आएको छ । पछिल्लो प्रतिबन्धलाई अमेरिकाले गत नोभेम्बरमा घोषणा गरेको प्रतिबन्धका सूचीमध्ये सबैभन्दा माथि राखेको थियो । डिसेम्बरमा संयुक्त राष्ट्रसंघले अमेरिकी अनुरोधमा प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियामाथिको प्रतिबन्धलाई सुरक्षा परिषद्का सम्पूर्ण १५ सदस्यले समर्थन गरेका थिए । प्रतिबन्धपछि उत्तर कोरियाको पेट्रोल निर्यातमा ९० प्रतिशतले कटौती आएको थियो । अमेरिकाले उत्तर कोरियाली नागरिकमाथि पनि प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले उत्तर कोरियाले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । प्रतिबन्धले उत्तर कोरियालाई बर्सेनि अर्बौं डलर घाटा लाग्ने अमेरिकाको अनुमान छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending