Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

५१ निकायको अध्यक्ष: प्रधानमन्त्रीलाई नै थाहा छैन कहाँ–कहाँ प्रमुख छु !

\"\"काठमाडाै । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले बोक्दै आएको बोझको निरन्तरता वर्तमान प्रधानमन्त्रीको थाप्लोमा पनि छ ।, प्रधानमन्त्री नै अनभिज्ञ दर्जनौँ निकायमा अध्यक्ष र संरक्षक रहेका प्रधानमन्त्री आफ्नो जिम्मेवारीबारे जानकार होलान् त ? पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री विगतका अनुभवका आधारमा भन्छन्, ‘कतिवटा निकायको अध्यक्षता गर्छु भन्ने जानकारी प्रधानमन्त्रीलाई नै नहुने स्थिति छ ।’ क्षेत्रीको भनाइसँग प्रधानमन्त्री कार्यालयका बहालवाला एक सचिवको प्रतिक्रिया मेल खान्छ । उनले प्रधानमन्त्री अध्यक्ष वा संरक्षक रहने सरकारी निकाय कति छन् भन्ने यकिन तथ्यांक प्रधानमन्त्री कार्यालयसँग नरहेको स्विकारे । निकायअनुसार फरक भूमिका विश्वविद्यालय र प्रतिष्ठानहरूमा प्रधानमधन्त्री कुलपतिको भूमिकामा रहने व्यवस्था छ । ती निकायको बैठकमा प्रधानमन्त्री कम्तीमा वर्षमा एकपटक सहभागी हुनुपर्ने बाध्यात्मक स्थिति छ । तर, सबै निकायमै पुगेर प्रधानमन्त्रीले वार्षिक कार्यक्रम स्वीकृत गर्न तथा बैठकमा सहभागी हुन नसकेको तिवारीले बताए । प्रधानमन्त्रीले समय दिन नसक्दा बैठक अन्योलमा प्रधानमन्त्रीले समय दिन नसक्दा गत वैशाखदेखि कर्णाली विकास परिषद्को बैठक बस्न सकेको छैन । यसबीचमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । दुवै प्रधानमन्त्रीले समय नदिँदा बैठक राख्न नसकेको परिषद्का सदस्य चन्द्रकान्त पौडेलले बताए । प्रधानमन्त्री कुलपति रहने निकाय -बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान -त्रिभुवन विश्वविद्यालय -काठमाडौं विश्वविद्यालय -पूर्वाञ्चल विश्वविद्यालय -पोखरा विश्वविद्यालय -लुम्बिनी बौद्ध विश्वविद्यालय -नेपाल संस्कृत विश्वविद्यालय -मध्यपश्चिमाञ्चल विश्वविद्यालय -सुदूरपश्चिमाञ्चल विश्वविद्यालय -कृषि तथा वन विज्ञान प्रतिष्ठान -चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान -पाटन स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान प्रधानमन्त्रीले अध्यक्षता गर्ने निकाय -मन्त्रिपरिषद् -संवैधानिक परिषद् -राष्ट्रिय सुरक्षा परिषद् -आदिवासी जनजाति उत्थान -राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति -राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद् -राष्ट्रिय जलस्रोत विकास परिषद् -पर्यटन परिषद् -जलवायु परिषद् -उच्चस्तरीय एचआइभी-एड्स परिषद् -काठमाडौं उपत्यका विकास परिषद् -राष्ट्रिय विकास परिषद् -राष्ट्रिय सूचना प्रविधि विकास परिषद् -राष्ट्रिय विकास समस्या समाधान समिति -वाग्मती र यसका सहायक नदीनालाको संरक्षणसम्बन्धी उच्चस्तरीय समिति -प्रशासन सुधार समन्वय तथा अनुगमन समिति -सार्वजनिक प्रशासन पुनर्संरचना निर्देशन समिति -संगठित संस्था सम्बन्धित उच्चस्तरीय नीति निर्देशन समिति -राष्ट्रिय जनसंख्या समिति -विकेन्द्रीकरण कार्यान्वयन तथा अनुगमन समिति -राष्ट्रिय बाघ संरक्षण समिति -राष्ट्रिय योजना आयोग -कर्णाली विकास परिषद् -सूचना प्रविधि उच्चस्तरीय आयोग -गरिबी निवारण कोष -दिगो विकासका लागि राष्ट्रिय आयोग -उच्चस्तरीय लगानी बोर्ड -बहुपक्षीय खेलकुद समन्वय परिषद् -लगानी बोर्ड -उच्चस्तरीय व्यवसाय मञ्च प्रधानमन्त्री प्रमुख संरक्षक रहेका निकाय -नेपाल प्रज्ञा प्रतिष्ठान -नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान -नेपाल संगीत तथा -नाट्य प्रज्ञा प्रतिष्ठान -राष्ट्रिय खेलकुद परिषद् -लुम्बिनी विकास कोष -पशुपति क्षेत्र विकास कोष -राष्ट्रिय प्राकृतिक संरक्षण कोष -नेपाल स्काउट बेकारको बोझ : पूर्वप्रशासक प्रधानमन्त्रीको अथाह जिम्मेवारीलाई पूर्वप्रशासकहरू भने ‘बेकारको बोझ’ भन्छन् । ‘आफू कति निकायको अध्यक्ष र संरक्षक छु भन्ने जानकारी लिन नपाउँदै कतिपय प्रधानमन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्री नै अध्यक्ष रहँदा त्यस्ता निकायको गरिमा बढ्छ भन्ने सोचले यस्तो संस्कार बसेको हो,’ पूर्वमुख्यसचिव विमल कोइरालाले भने, ‘तर, हरेक कार्यालयमा प्रधानमन्त्रीले एक दिनका दरले समय दिँदा पनि ५१ दिन त त्यसै सकिन्छ । ती निकायको अध्यक्षता गर्न र बैठक राख्न प्रधानमन्त्रीलाई समय नै पुग्दैन । यो निरन्तरता अन्त्य हुन जरुरी छ ।’ कुन निकायको नेतृत्व प्रधानमन्त्रीले लिनुपर्ने र कुन अरूलाई जिम्मा दिन सकिने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अध्ययन नगरेको पनि उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर नौ वर्षसम्म काम गरेका पूर्वसचिव शारदाप्रसाद त्रिताल पनि यो अभ्यासको विपक्षमा छन् । ‘विगतमा राजा–महाराजालाई खुसी पार्न विभिन्न निकायको अध्यक्ष तथा संरक्षक बनाइन्थ्यो । राजसंस्था ढलेपछि प्रधानमन्त्रीअन्तर्गत ती निकाय राखिएका छन्,’ त्रितालले भने , ‘राज्यका कुनै निकाय वा संस्थामाथि हस्तक्षेप गर्न तथा राष्ट्रिय हितको पक्षमा निर्णय लिन यस्ता निकायको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुपर्ने जरुरी हुँदैन ।’ अनावश्यक होइन : प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री कार्यालय भने ५१ निकायको अध्यक्षता प्रधानमन्त्रीले गर्नु नाजायज नभएको बताउँछ । कार्यालयका एक सचिव समन्वयका दृष्टिले प्रधानमन्त्री ५१ संस्थाको अध्यक्ष र संरक्षक हुनु स्वाभाविक रहेको बताउँछन् । ‘प्रधानमन्त्रीले समय दिन सके ५१ वटा निकायको अध्यक्षता गर्नु ठीक हो,’ उनले भने, ‘नीतिगत निर्णय गर्ने निकायमा उहाँको नेतृत्व रहनु स्वाभाविक हो ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending