Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कूटनीतिक भेटघाट ‘केन्द्रको अनुमतिमा’, निर्देशिका आउँदै

\"\"काठमाडौ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू र कर्मचारीलगायतको कूटनीतिक भेटघाट नियमन गर्न सरकारले कूटनीतिक निर्देशिका जारी गर्ने तयारी बढाएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई मुख्यमन्त्री र प्रदेशका कर्मचारीसँग भेटघाट गर्न थालेपछि निर्देशिका बनाउन लागिएको हो । मस्यौदाका क्रममा रहेको उक्त निर्देशिकाअनुसार कूटनीतिज्ञले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरूलगायतसँग भेटघाट गर्दा केन्द्रको अनुमति लिनुपर्छ । त्यस्ता भेटघाटको उद्देश्य र उपलब्धिसमेत प्रस्टसँग खुलाउनुपर्छ । कूटनीतिक मर्यादामा नबसे प्रभावशाली मानिएका मुलुकका राजदूतहरूलाई समेत स्पष्टीकरण सोधिनेजानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिए । सरकारले आफ्नो पक्षलाई सचेत र बलियो बनाउन प्रदेश सरकारका मुख्यमन्त्री तथा अधिकारीहरूका निम्ति निर्देशिका बनाउन लागेको हो । प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले यसमा काम गरिरहेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दियो । परराष्ट्र स्रोतका अनुसार निर्देशिका मस्यौदा अन्तिम चरणमा पुगिसकेको छ । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा अन्तर्राष्ट्रिय सहयोग नियोगका अधिकारीहरूले परराष्ट्रको अनुमतिबिना प्रदेशका मुख्यमन्त्री तथा कर्मचारीलाई औपचारिक/अनौपचारिक भेटघाट गरे सरकारले ‘भियना कन्भेन्सन’ र संविधानअनुसार कारबाही गर्न सक्ने जानकारी कूटनीतिक अधिकारीलाई यसअघि नै दिइसकेको परराष्ट्रले जनाएको छ । नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखहरूलाई कूटनीतिक आचारसंहिता र आफू काम गर्ने मुलुकको कानुनभित्र रहनुपर्ने विषय पनि परराष्ट्रले स्मरण गराइसकेको छ । प्रदेश सरकारलाई पनि कूटनीतिक निर्देशिका नै थमाएर कूटनीतिक भेटघाट र छलफलबारे स्पष्ट पार्ने तयारी मन्त्रालयको छ । उक्त निर्देशिका र जानकारी बेवास्ता गरी भेटघाट गर्ने कूटनीतिज्ञलाई सम्बन्धित महाशाखाले मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोध्ने निर्णयसमेत परराष्ट्रले लिएको छ । मन्त्रालयले यसअघिका भेटघाटबारे पनि सोधखोज गरिरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालयले सबै प्रदेशका सरकार प्रमुखलाई ‘गाइडलाइन’ बनाएर बुझाउन परराष्ट्रलाई दुई दिनअघि निर्देशन दिएको थियो । परराष्ट्र र राष्ट्रिय सुरक्षा पूर्णत: केन्द्रबाटै सञ्चालित हुनेबारे प्रदेश सरकारका अधिकारी सचेत रहनुपर्ने परराष्ट्र सचिव शंकरदास बैरागीले बताए । ‘कूटनीतिक मामिला तथा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रदेशलाई एकल निर्णय गर्ने तथा पूर्वअनुमतिबिना भेट्ने अधिकार छैन,’ उनले कान्तिपुरसँग भने, ‘संविधानअनुसार यस्ता मामिलामा केन्द्र नै निर्णायक हो । यो कुरा विदेशी मित्रले पनि बुझ्न आवश्यक छ ।’ नेपालका सीमावर्ती जिल्ला जोडिएका भारतीय मुख्यमन्त्री नेपाल आउन खोज्दा केन्द्र सरकारले रोकेको भनी नेपाली सञ्चार माध्यममा आएका विषयसमेत ध्यान दिएर निर्देशिका तयार गर्न लागिएको परराष्ट्र अधिकारीले जनाए । मुख्यमन्त्री, प्रदेशमन्त्री, प्रदेश प्रमुखहरूले मात्र होइन, सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले कूटनीतिक भेटघाट गर्नुअघि मन्त्रालयको जानकारीमा आउनुपर्ने परराष्ट्रको निष्कर्ष छ । प्रदेश प्रमुख र प्रदेशका मन्त्रीहरूलेआफ्नो बहालीलगत्तै कूटनीतिक भेटघाट गर्न थालेको विषयमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयसित सोधीखोजी गरेको थियो । प्रदेश सरकारका अधिकारीलाई पनि नजानेका विषय कूटनीतिक पक्षले स्पष्ट पारिदिनुपर्ने देखिएपछि निर्देशिका निर्माण गर्न लागिएको हो । यसअघि अस्ट्रेलिया रस्विट्जरल्यान्डका राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई विभिन्न प्रदेशका मुख्यमन्त्री भेटेको समाचार सार्वजनिक भएको थियो । यी घटनाबारे मन्त्रालयले छानबिन गरिरहेको परराष्ट्र सचिव बैरागीले कान्तिपुरलाई बताए । ‘राजदूतहरूले कसलाई कुन स्थानमा भेट्ने भन्ने विषयसमेत परराष्ट्रले तय गर्छ । जथाभावी भेटघाट भए हामी छानबिन गर्छौं । के भएको हो भन्ने पनि हेर्छौं,’ सचिव बैरागीले भने । प्रदेश प्रमुख/मुख्यमन्त्रीले भने राजनीतिक व्यक्तिलाई यस्तो विषयमा जानकारी नहुने भन्दै सरकारको स्पष्ट निर्देशन पर्खिरहेको बताएका छन् । कतिपय प्रदेश प्रमुखले काठमाडौं आएरै राजदूतहरूलाई भेटिरहेको सूचना परराष्ट्रले पाएको छ । प्रदेश २ र ३ का केही कर्मचारी यस्तो भेटघाटमा सक्रिय रहेकाले पनि मन्त्रालय त्यस्ता गैरकानुनी गतिविधि रोक्न थप सक्रिय भएको हो । गत बुधबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अस्ट्रेलियन राजदूत पिटर वडलाई भेट दिँदै दुईपक्षीय सहयोगको विषयमा छलफल गरेका थिए । त्यसको दुई दिनपछि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ फन कापेर्लले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेका थिए । दुवै भेटघाटलाई परराष्ट्रले गम्भीर रूपमा लिएको सचिव बैरागीले बताए । ‘सबै विषय केन्द्रबाटै हेरिन्छ तर केन्द्रलाई जानकारी नै नगराई यसरी प्रदेशमा भेटघाट गर्न मिल्दैन । अहिले यो थाहा नभएर पनि भेटघाट भएको हुन सक्छ । आगामी दिनमा यस्तो हुँदैन र हुन दिँदैनौं ।’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले प्रदेशका अधिकारीहरू कसैले पनि यसरी भेटघाट गर्नै नमिल्ने बताए । ‘परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता छ । प्रदेश सरकारले केन्द्रीय सरकारलाई कूटनीतिक भेटघाटबारे पूर्वजानकारी गराउने मात्र होइन, किन, केका लागि भेट्ने र त्यसबाट के उपलब्धि हुने भन्नेसमेत खुलाउनुपर्ने हुन्छ । यसलाई परराष्ट्रले ध्यान दिनुपर्ने विषयका रूपमा हामी हुँदै छलफल भएको हो,’ उनले भने । अहिलेको अवस्थामा कूटनीतिक अधिकारीलाई जथाभावी भेटभाट गर्न छुट दिँदा नेपाल विदेशीको खेलमैदान बन्न सक्ने भन्दै भट्टराईले परराष्ट्र यसप्रति सचेत हुन आवश्यक रहेको औंल्याए । नेपालले आफ्नो आन्तरिक र सीमा जोडिएका छिमेकीहरूको चासोलाई समेत ध्यान दिएर अघि बढ्नुपर्ने भट्टराईको धारणा छ । कतिपय मन्त्रालयले अहिले पनि राजदूत कोष भन्दै जिल्ला–जिल्लामा आफूखुसी सहयोग गरिरहेका छन्, जुन अन्य मुलुकमा मान्य हुँदैन । सचिव बैरागी करिब १० दिन लामो विदेश भ्रमणमा शनिबार निस्केका छन् । उनी मानव अधिकार परिषदको बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभातर्फ लागेका हुन् । उनीपछि दोस्रो वरीयताका सहसचिव भरतराज पौड्याल पनि केही दिनदेखि जेनेभामै छन् । उनी राष्ट्रसंघसमेत हेर्ने महाशाखा प्रमुख भएकाले बैठकमा सहभागी हुन त्यहाँ पुगेका हुन् । यता, मुख्यसचिव लोकदर्शन रेग्मी नै सहभागी भएर निर्देशिकालाई अन्तिम रूप दिन खोजिरहेका छन् । परराष्ट्र मन्त्रालयको भूमिका बढी हुनुपर्नेमा जिम्मेवार व्यक्ति नै बाहिर रहेकाले निर्देशिका आउन केही ढिलाइ हुने प्रधानमन्त्री कार्यालयका एक सहसचिवको भनाइ छ । परराष्ट्रले सातै प्रदेशमा अधिकृतस्तरका प्रोटोकल अधिकारी पठाउने तयारी गरिसकेको छ । मन्त्रालयभित्र प्रदेश हेर्ने छुट्टै महाशाखा रहनेछ । त्यसले प्रदेशका कामको अनुगमन गर्नेछ । त्यसका लागि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भे (ओएन्डएम) गर्नुपर्नेछ । मन्त्रालयले प्रदेशमा अधिकृत र आफ्ना शाखा विस्तारसहितको ओएन्डएम गर्ने तयारी अघि बढाएको छ । परराष्ट्रमन्त्री नियुक्त भएर आएपछि यसमा काम हुने परराष्ट्र अधिकारीले जनाए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending