Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बादलको अध्यक्षता, ईश्वर र वर्षमानको रिर्पोटिङ

\"\"काठमाडाै । कार्यदलका संयोजक रामबहादुर थापा‘बादल’को अध्यक्षतामा सम्पन्न बैठकमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र माओवादीका तर्फबाट वर्षमान पुनले पार्टी र जनसंगठनको संरचनाको रिर्पोटिङ गरेका थिए । अाजको नयाँ पत्रिकामा खबर छ- अन्य नेताहरू पनि छलफलमा भाग लिएका थिए । माओवादीको रिपोर्टिङ : चार हजार केन्द्रीय सदस्य, संख्या यकिन छैन दुवै तर्फबाट पार्टीका विभिन्न तहका संगठनात्मक संरचनाबारे रिर्पोटिङ गर्ने क्रममा माओवादीले केन्द्रीय सदस्यहरूको वास्तविक संख्या बैठकमा पेस गर्न सकेन । नेता वर्षमान पुनले आफ्नो पार्टीले एकपटक ४ हजार केन्द्रीय सदस्य बनाए पनि पछि संख्या थपिएकाले अझै संख्या यकिन गर्न नसकेको जानकारी गराएका थिए । ‘एकपटक हामीले ठूलो आकारको बनाऊँ भन्ने भएपछि ४ हजार संख्याको केन्द्रीय कमिटी बनाएको हो, त्यसपछि पनि असन्तुष्टि आएपछि थप्ने भनियो, अध्यक्षले थपेको हुनसक्छ, त्यसैले संख्या अझै यकिन छैन,’ बैठकमा भने । केन्द्रमा असहज, तल मिलाउन सहज रिर्पोटिङपछि दुवै पार्टीका नेताहरूले प्रदेशभन्दा तल संरचना मिलेका कारण एकीकरणमा सहज हुने, तर दुवै पार्टीको केन्द्रीय संरचना भिन्न–भिन्न देखिएकाले मिलाउन केही असहज हुनसक्ने सामान्य समीक्षा गरेका थिए । एमालेमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, सल्लाहकार परिषद्, केन्द्रीय आयोग र विभागहरू रहेको नेताहरूको रिर्पोटिङ थियो । तर, माओवादीमा अध्यक्षबाहेक पदाधिकारी नरहेको, धेरै सानो हेडक्वार्टर, पोलिटब्युुरो र केन्द्रीय कमिटी रहेको जानकारी गराइएको एक नेताले बताए । ‘केन्द्रीय कमिटी कसरी मिलाउने, पदाधिकारी राख्ने कि नराख्ने, पोलिटब्युरो कसरी बनाउनेजस्ता कुरामा छलफलकेन्द्रित गर्नुपर्ने स्थिति देखिन्छ’, ती नेताले भने । त्यस्तै, माओवादीमा एमालेको भन्दा भिन्न पूर्वजनमुक्ति सेना, सहिद र बेपत्ता परिवारको छुट्टाछुट्टै जनसंगठन रहेकाले उनीहरूलाई कुन हैसियतमा मिलाउने भन्ने विषयमा पनि कार्यदलमा छलफल हुने भएको छ । दुवै पार्टीका प्रवासी संगठनको ढाँचा पनि फरक देखिएको छ । कार्यतालिकाभित्र एकीकरणको खाका बनाइने बैठकले संयोजक बादललाई संगठनात्मक एकताको स्वरूप तय गर्न कार्यतालिका र हरेक बैठकका कार्यसूची बनाउने जिम्मेवारी दिएको छ । त्यस्तै, एमाले उपमहासचिव विष्णु पौडेललाई कार्यदलका सदस्यले पालना गर्नुपर्ने आचारसंहिता बनाउने जिम्मेवारी तोकिएको छ । विष्ट प्रवक्ता चयन बैठकले एमाले सचिव गोकर्ण विष्टलाई प्रवक्ता तोकेको छ । कुनै पनि सदस्यले छलफलका विषय बाहिर सार्वजनिक नगर्न तथा सहमतिअनुसार टुंगिएका विषय मात्र मिडियामा सार्वजनिक गर्नका लागि विष्टलाई प्रवक्ता तोकिएको एक नेताले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending