Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित

\"\"काठमाडौ । संघीय सरकारमा अब बढीमा १७ वटा मन्त्रालय रहने भएका छन्। केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ-अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् । अब केन्द्रीय निकायसहित १८ वटा प्रमुख निकाय रहने छन् । मन्त्रालय गाभिएसँगै एक दर्जन सचिव फाजिल (जिम्मेवारीविहीन) हुने भएका छन् । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अब मन्त्रालयको संख्या बढीमा १७ वटासम्म रहने बताए । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले संघीय सरकारमा रहने मन्त्रालयको अन्तिम टुंगो लगाउने उनले जानकारी दिए । १७ वटा मन्त्रालय र तिनका कार्य, जिम्मेवारीसमेत निर्धारण गरी प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्मा अन्तिम प्रस्ताव पेस गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बन्ने भएको छ । यसैगरी कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभिएर कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय बन्नेछ । सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बन्ने भएको छ । यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बन्ने भएको छ भने महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय गाभेर शिक्षा तथा विज्ञान प्रविधि र युवा खेलकुद मन्त्रालय बनाउन लागिएको छ भने संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बन्ने भएको छ। विभिन्न समय बनेका सरकारले यसअघि सुरुमा १८ को संख्यामा रहेको मन्त्रालय बढाउँदै २१, २५, २७ हुँदै ३० वटासम्म पुर्‍याएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending