Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेपाली फिल्म छाड्छु भनेकै हुँ

\"\"बिक्छ त केवल एक्सन । त्यसैले त उनको परिचय नै छ, ‘एक्सन हिरो’ । प्रसंग हो, अभिनेता निखिल उप्रेतीको । त्यसो त उनी बलिउडमै जम्न चाहन्थे । मुम्बई गएर वर्षौं संघर्ष पनि गरे । तर, बलिउडमा जे सिके फर्केर देखाए, नेपालमै । ‘पिँजडा’बाट नेपाली चलचित्रमा डेब्यु गरेका निखिल ०५८ यता निरन्तर एक्सन हिरोको परिचयमा छन् ।यस्तो छ अाजको नयाँ पत्रिकामा प्रकाशित निखिलको फिल्मी जीवनका फरकफरक एक्सन : ब्रुस्लीको फोटो हेर्दै बलवान् बन्ने रहर सानै उमेरदेखि केही न केही सिर्जनात्मक काम गरौँ भन्ने लाग्थ्यो । खासगरी आर्टमा रुचि थियो । फुर्सद भयो कि आर्टमा समय खर्चिन्थँ । त्यो उमेरमा स्वभाव भने निकै लजालु थियो । सानोमा माछा–मासु पनि खान्नथेँ । त्यसैले घरमा बुबाआमाले कमजोर हुने भयो भनेर चिन्ता बोक्नुहुन्थ्यो । तर, ममा भने माछा–मासु नखाए पनि बलवान् बन्छु भन्ने धारणा जन्मियो । त्यसो त हाम्रो पालामा मोबाइल, टेलिभिजने थिएन । त्यतिखेर त नोटबुकमा किङ अफ मार्सल आर्ट भनेर चिनिने ब्रुस्लीको फोटो आउँथ्यो । हाम्रो सर्लाहीतिर पनि ब्रुस्लीको खुब चर्चा हुन्थ्यो । यही वेला आफूलाई बलवान् देखाउन ब्रुस्लीजस्तै बन्ने रहर बढ्न थाल्यो । ज्याकी च्यानको फ्यान विगतदेखि अहिलेसम्म केही ठूलो भएपछि ज्याकी च्यानको फिल्म पनि हेर्न थालेँ । उनका फिल्म हेरेपछि म त खुबै प्रभावित भएँ । अहिले पनि ज्याकीको फ्यान हुँ । उनका फिल्म हेरेर धेरै कुरा सिकेँ भन्ने पनि लाग्छ । उनैबाट प्रभावित भएर तेक्वान्दो खेलेँ । तेक्वान्दोमा ब्ल्याक बेल्ट पाएँ । तर, यतिबाट मात्रै मन सन्तुष्ट भएन । मलाई ज्याकी च्यानजस्तै अलराउन्डर बन्नु थियो । त्यतिखेर मेरा थुप्रै साथी पनि ज्याकीका फ्यान थिए । साथीहरूले ‘तँ त ज्याकीजस्तै गर्न सक्छस्’ भनेर हौसाउ्ँथे । उनीजस्तै बन्ने नाममा मेरा शरीरका धेरै अंग भाँचिएका छन् । जब ०५० सालमा मुम्बईतिर लागेँ ०३७ सालको मेरो जन्म । ०५० मा जम्मा १३ वर्षको थिएँ । यहीवेला म चलचित्रसम्बन्धी अध्ययन गर्ने भनेर मुम्बईतिर लागेँ । त्यहाँ रहँदा चलचित्रको विषयमा अध्ययन गरेँ । मार्सल आर्ट पनि गरेकाले मुम्बईमा ‘महाराणा प्रताप’ भन्ने सिरियलमा फाइट डाइरेक्टरको असिस्टेन्टको रूपमा काम गर्ने मौका पाएँ । त्यसपछि पनि धेरै हिन्दी चलचित्रमा असिस्टेन्ट रहेर काम गरेँ । ०५१ देखि ०५८ सम्म यो क्रम चल्यो । पिँजडाको एक्सन आफ्नै डिजाइनमा मुम्बईबाट काठमाडौं फर्किएपछि निर्देशक पवन मैनालीसँग भेट भयो । मैले आफ्नो क्षमता र विगतका कामबारे बताएँ । उहाँले भन्नुभयो, ‘कुनै फिल्म बनाएँ भने तिमीलाई लिन्छु ।’ त्यो भेटको झन्डै एक वर्षपछि उहाँले मलाई फोन गर्नुभयो । उहाँले भन्नुभएको थियो, ‘दिनेश भाइ, मैले एउटा फिल्म बनाउँदै छु, तिमीले अभिनय गर्नुपर्यो ।’ त्यो वेला मेरो नाम दिनेश थियो । मैले फिल्मको कथावस्तुबारे सोधपुछ गरेँ । उहाँले ‘पिँजडा’बारे स्पष्ट पार्नुभयो । मैले नै त्यो कथावस्तुअनुसार सात तलाबाट हामफाल्नेलगायत एक्सन सिनको डिजाइन गरेँ । मैले बनाएको डिजाइनमा पवन दाइ सहमत हुनुभयो । त्यसपछि पिँजडामा अभिनय गरेँ । पिँजडा रिलिज भएपछि चर्चा राम्रै गरी भयो । पिँजडाकै एक्सनका कारण यहाँसम्म आउन सफल भएँ । दिनेशबाट अनि भएँ निखिल पिँजडा फिल्ममा काम गर्दै गर्दा नाम फेर्न मन लाग्यो । भान्जाहरूलाई एउटा नयाँ नाम जुराइदिन भनेँ । उहाँहरूले नै जुनाएको नाम ‘निखिल’ राखेँ । त्यही निखिल आजसम्म अभिनेताको हैसियतमा चिनिन पुगेको छ । पिँजडापछि निरन्तर एक्सन हिरो पिँजडापछि फेरि मुम्बई गएँ । तर, दुई वर्षमै फर्किएँ । त्यसपछि ‘मायाको जाल’ र ‘शिवशक्ति’ चलचित्रमा अभिनय गरेँ । यी फिल्म पनि राम्रो चले । मप्रति दर्शकको माया बढ्दै गयो । चलचित्रमा मेरो माग पनि बढ्न थाल्यो । लामो समय नेपाली चलचित्रमा रमाएँ । जहाँ गएँ त्यहाँ माया पाएँ आफूलाई भाग्यमानी नै ठान्छु । जहाँ गएँ, त्यहाँ माया पाएँ । बलिउडमा असिस्टेन्टको रूपमा काम गर्दा त्यहाँका कलाकारले कहिल्यै पनि नेपालको हो भनेर हेला गरेनन् । हुन त मेरो इन्डियन लुक्सले पनि हुन सक्छ । त्यहाँ नेपाली हुँ भन्दा पनि रमाइलो लाग्थ्यो । साथीहरूले चाहिँ ‘क्रस’ होलास् भनेर जिस्क्याउँथे । तर, मैले बढी माया त नेपाली दर्शककै पाएँ नि ! दर्शकको माया सम्झिँदा धन्य महसुस हुन्छ । हिरोइनसँग उस्तै सौहार्द सम्बन्ध अभिनेत्रीहरूसँग पनि नराम्रो सम्बन्ध कहिल्यै भएन । नजिक रहेर काम गरेका करिश्मा मानन्धर, मौसमी मल्ल, रेखा थापा, निरुता सिंहलगायतसँग सौहार्द सम्बन्ध रह्यो । निरुता जीसँग पिँजडामा पहिलोपटक अभिनय गरेको थिएँ । सम्बन्ध राम्रो हुन आफ्नो स्वभाव पनि सही हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले कसैलाई हेप्ने, साइडमा बसेर लाइन मार्ने, जिस्क्याउने काम गरिनँ । जब फैलाइयो मविरुद्ध अफवाह नेपाली चलचित्र खेलिरहँदा बीचबीचमा मुम्बईतिर नि गएँ । यही समयमा सञ्चितासँग बिहे भयो । यो वेला नानाथरी हल्ला चले । सञ्चितालाई बिहे गरेर निखिल मुम्बईतिरै भासियो, अब नेपाली चलचत्रिमा अभिनय गर्दैन भन्नेसम्मका कुरा आए । तर, यो गलत थियो । सञ्चितासँग बिहे गरेको वेला मुम्बई गएर बस्नु एउटा संयोग थियो । तर, त्यतिखेर मलाई नेपाली चलचित्रमा अभिनय गर्न दिक्क लागेकै भने हो । हुन्न भन्न नसक्ने बानीले गर्दा मैले धेरै दुःख पाएँ । धेरैजसोले थर्काउँथे, घुक्र्याउँथे, झगडा गर्न आउँथे । यो हदले सीमा नाघेपछि मैले मेरा नजिकका साथीहरूलाई ‘अब नेपाली फिल्म इन्ड्रस्ट्री छाड्दै छु’ भनेकै हो । किनभने मेरो जिन्दगीसँगको सरोकार थियो । सुपरस्टार बनेर मै हुँ भन्ने चाहना अहिले पनि ममा छैन । म यसलाई केही पनि मान्दिनँ । यो केबल मेरो काम हो । म सधैँ दर्शकको मन जित्ने कोसिस गर्छु । तर, जीवन अर्कै चिज हो । मैले पनि मेरो रोजाइअनुसारको जीवन जिउन पाउनुपर्छ । त्यो वेलाको चार वर्षमा मैले जे कुरा सिकेँ, जीवनभरका लागि सिकेँ । निखिल पत्तासाफ भयो पनि भने केही समय नेपाली फिल्म उद्योग छाड्दा निखिल पत्तासाफ भयो भन्ने हल्ला पनि चल्यो । अहिले पनि कतिपय निर्देशक÷निर्मातालाई निखिल आउट भइदिए हुन्थ्यो भन्ने लागेको छ । निखिलको चलचित्र यहाँ चल्न दिनुहुँदैन भन्नेहरू पनि छन् । तर, उनीहरू सफल हुँदैनन् । म विश्वस्त छु । नेपाल फर्किएर ‘भैरव’ गरेपछि मेरो विश्वास थप बलियो भयो । मप्रति नेपाली दर्शकको माया धेरै छ भन्ने अझै महसुस भयो । आफ्नै निर्देशनमा निर्माण गरेको भैरवले ममा ऊर्जा पनि थप्यो । यसबाहेक ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’, ‘राधे’लगायतमा अभिनय गरेँ । अब फेरि आफ्नै निर्देशनमा दोस्रो फिल्म बनाउँदै छु, ‘कमिटमेन्ट सिक्स्टी आवर’ । मलाई पत्तासाफ भयो भन्नेहरू गफ गर्दै जान्छन्, म काम गर्दै जान्छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending