Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

माटोको फिल्टर उत्पादनबाट आम्दानी गर्दै दाङका लिलाराम कुमाल

खबरडबली संवाददाता

घोराही। दाङमा अधिकांश घरमा आधुनिक बिजुली फिल्टर चलाइरहेका भए पनि परम्परागत सीपलाई आधुनिक स्वरूप दिँदै माटोको फिल्टर बनाएर आम्दानी गर्ने व्यक्तिहरू छन्। गढवा गाउँपालिका–६, गढवा निवासी लिलाराम कुमाल विगत १५ वर्षदेखि माटोको पानी छान्ने फिल्टर बनाउँदै आम्दानी गरिरहेको छन्।

सुरुमा पाला, घैंटा, भुर्की, गमला जस्ता परम्परागत भाँडा बनाउँदै आएका कुमालले बजारको मागअनुसार विगत १५ वर्षदेखि फिल्टर उत्पादन गर्दै आएको हो। माटोको फिल्टर सस्तो, स्वास्थ्यप्रद र ग्रामीण–सहर बजारमा माग हुने भएकाले व्यापार राम्रो भइरहेको उनले बताए।

कुमालले वार्षिक करिब दस लाख रुपियाँ मूल्यको फिल्टर उत्पादन गरी बिक्री गर्दै आएको छन्। गर्मी मौसममा माग बढ्ने हुँदा वर्षमा एक हजारभन्दा बढी फिल्टर बिक्री हुने गरेको बताए। तयार भएका फिल्टर दाङका बजारसँगै बुटवल, कोहलपुर र सुर्खेतमा पनि बिक्री हुने गरेको छ। एक फिल्टरको मूल्य करिब एक हजार रुपियाँ छ।

माटोको फिल्टरको माग बढ्दै गएपछि उनले दुई जनालाई रोजगारी दिनुभएको छ, जसलाई महिनामा ३७ हजार रुपियाँ तलब दिइन्छ। तर भाँडा बनाउन आवश्यक पर्ने माटो र दाउरा संकलनमा समस्या देखिएको छ। सामुदायिक वनहरूले माटो संकलन र दाउरा प्रयोगमा कडाइ गरेकाले सामग्री जुटाउन कठिनाइ भएको उनले बताए।

गढवा गाउँपालिकाले परम्परागत माटो उद्योगको संरक्षण र प्रवद्र्धनका लागि ‘सेरामिक हब’ स्थापना गर्ने तयारी गरेको छ। अध्यक्ष यमनारायण शर्मा पोख्रेलका अनुसार, गढवाको पहिचान नै माटोका भाँडा भएकाले परम्परागत सीपलाई प्रविधिसँग जोडेर दिगो उद्यममा रूपान्तरण गर्ने योजना अघि बढाइएको छ। यसका लागि नयाँ प्रविधि, सीप हस्तान्तरण तालिम र छात्रवृत्ति कार्यक्रम समेत सञ्चालन गरिएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...

कार्यवाहक प्रमुख सुनिता डङ्गोल ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending