Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

खबरडबली संवाददाता

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले पनि विज्ञप्ति निकालेपछि संस्थापन पक्ष आक्रोशित भएको छ । साथै, उनीमाथि अनुशासनको कारबाही चलाउन सकिने जनाउ दिएको छ । 

कांग्रेसको संस्थापन पक्षले प्रक्रियामा प्रश्न उठाए पनि जेन–जी आन्दोलनका घटना जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनको समर्थन गरेको छ । तर, खड्काले जारी गरेको विज्ञप्तिमा ओली र लेखकको गिरफ्तारी राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित रहेको भन्दै संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी छ । आधिकारिकता विवाद लम्बिँदा दुवै पक्ष आगामी कदमको रणनीतिक छलफलमा जुटेका छन् ।

तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता लेखकलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा सरकारले पक्राउ गरेपछि कांग्रेसका दुईवटा विज्ञप्ति आएका थिए । प्रवक्ताको हैयिसतमा संस्थापनबाट देवराज चालिसे र खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि कांग्रेसभित्र यसले हलचल पैदा गरेको छ । 

ओली र लेखक पक्राउको विषयमा कांग्रेसको संस्थापन पक्षले भदौ २३ र २४ गतेका दुवै घटनामा संलग्नलाई कारबाही गर्नुपर्नेमा पार्टी प्रस्ट रहेको र यसमा सरकारलाई साथ रहने बताएको छ । यसमा सरकार स्वयं संयमित र परिपक्व नभए कानुनको शासन कमजोर हुन सक्ने र देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने ध्यानाकर्षण गरिएको छ । 

अर्कोतर्फ खड्काले कार्यवाहक सभापतिको रूपमा जारी गरेको विज्ञप्तिमा ओली र लेखकको पक्राउलाई संविधान र प्रचलित कानुनविपरीत भन्दै सरकारको कदमको भत्र्सना छ । पक्राउले संवैधानिक र कानुनी प्रश्न उब्जाएको भन्दै दुवैलाई यथाशीघ्र रिहा गर्न माग गरिएको छ । खड्काले आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न तयार रहन पनि कार्यकर्तालाई अपिल गरेका छन् । लेखक देउवा पक्षधर नेता हुन् । 

स्रोतका अनुसार कांग्रेसको पदाधिकारी बैठकमा खड्काले कार्यवाहकको नाममा निकालेको विज्ञप्तिको विषयमा छलफल भएको छ । कतिपय नेताले खड्कालाई कारबाही गर्नुपर्ने विषय उठाएका छन् । महामन्त्री गुरुराज घिमिरेले खड्काले अनुशासन मिचेको र कारबाहीको दायारामा आउन सक्ने संकेत दिए । ‘संवैधानिक अंगले निर्णय गरेर पार्टी अगाडि बढेपछि त्यसलाई सबै नेता–कार्यकर्ताले मान्नुपर्छ । पार्टीमा लामो समय काम गरेको नेताले मर्यादा राखेर काम गर्नुपर्छ ।

कार्यवाहकका नाममा विज्ञप्ति निकाल्नु हास्यास्पद छ । यो अनुशासन र मर्यादासँग जोडिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अहिले कार्यवाहकको पद पनि छैन । कांग्रेसलाई एक ढिक्का बनाउनुपर्ने आवश्यकता छ । पार्टीको वैधानिकता छ जहाँ, त्यहाँ उभिनुपर्छ । हामी छलफल गर्दै छौँ । अनुशासन समितिको बैठक पनि आह्वान भएको छ ।’

खड्काले यसअघि तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेका थिए । विशेष महाधिवेशन बोलाउने निर्णय र तयारी गरेपछि तत्कालीन कांग्रेस नेतृत्वले थापा र शर्मा तथा मन्सुरमाथि कारबाही गरेको थियो । जेन–जी आन्दोलनपछि सभापति देउवाले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । 

देउवा पक्ष अदालतको आदेश नआएसम्म समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको छ । खड्काको सभापतित्वमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यासमितिको बैठक बोलाउने तयारी छ । संस्थापन पक्षले १४औँ महाधिवेशनको कार्यतालिका पास गरे पनि देउवा पक्षले भने विवाद नटुंगिएसम्म उक्त निर्णयको औचित्य नरहने प्रतिक्रिया दिएको छ । 

देउवानिकट नेता जितजंग बस्नेत खड्काको विज्ञप्ति स्वाभाविक भएको र अन्य विषय अदालतको फैसला भएपछि सोहीअनुसार अगाडि बढ्ने बताउँछन् । ‘विशेष महाधिवेशनको नाममा जसरी पार्टी कब्जा गर्ने काम भयो, त्यो ठिक भएन भनेर हामी १४औँ महाधिवेशनको निरन्तरतास्वरूप अगाडि बढेका छौँ । अदालतमा मुद्दा विचाराधीन छ । अदालतले जे निर्णय गर्छ, त्यसलाई सबैले मान्नुपर्छ,’ जितजंग बस्नेतले भने, ‘कार्यवाहक सभापतिले राजनीतिक घटनाक्रममा पार्टीको धारणा सार्वजनिक गर्नु जायज र आवश्यक छ ।’ 

निर्वाचनमा सभापति थापासहित विशेष महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी सबै पराजित भएपछि पूर्वसंस्थानप पक्ष आक्रमक भएको छ । र, सोहीअनुसार समानान्तर गतिविधि अघि बढाउँदै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागेको छ । पूर्वसंस्थापन पक्ष अदालतबाट आफ्नो पक्षमा फैसला आउनेमा विश्वस्त देखिएको छ । त्यसैले सो पक्षले निर्वाचनलगत्तै गतिविधि बढाएको स्रोतहरू बताउँछन् ।

 निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि त्यसको विरुद्धमा निर्वतमान सभापति देउवा पक्ष अदालत गएको थियो । २१ फागुनको निर्वाचन देउवा पक्ष पनि थापाकै हस्ताक्षरमा निर्वाचनमा गएको थियो । फागुन २१ को निर्वाचनमा तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा समानुपातिक र गगन थापाको हस्ताक्षरमा प्रत्यक्षतर्फका उम्मेदवारले निर्वाचन लडेका थिए ।

निर्वाचनमा कांग्रेस ३८ सिटमा खुम्चिएको छ । जसको नैतिक जिम्मेवारी लिँदै थापाले सभापतिबाट राजीनामा दिएका थिए । यद्यपि, केन्द्रीय कार्यासमिति बैठकले थापाको राजीनामा अस्वीकृत गरेको छ । त्यसपछि थापाको नेतृत्वमा बसेको केन्द्रीय कार्य समिति बैठकले १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको छ । तर, तत्कालीन संस्थापन पक्षले अदालतले मुद्दाको किनारा नलगाएसम्म कार्यतालिकाको अर्थ नरहने बताएको छ । 

अनुशासन समितिको बैठक आह्वान

कांग्रेसले १८ चैतमा केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । कांग्रेसभित्र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेको र कार्यवाहक सभापतिको नाममा पूर्णबहादुर खडकाले विज्ञप्ति जारी गरेपछि बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गत २१ फागुनको निर्वाचनमा अन्तर्घात भएका उजुरी पनि आएका छन् । 

‘पूर्वसंस्थापन पक्षको नाममा भएका समानान्तर गतिविधि र निर्वाचनमा भएका अन्तर्घातका विषयमा छलफल हुन्छ । आवश्यकताअनुसार अनुशासनको कारबाही पनि हुन सक्छ,’ थापानिकट एक नेताले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending