Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

दलित बस्ती डोगडी बाढीपहिरोको उच्च जोखिममा

खबरडबली संवाददाता

बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीस्थित दलित बस्तीका स्थानीयहरू बाढीपहिरोको चिन्तामा छन्। वर्षाको समयमा गाउँ माथिबाट आउँने पहिरो सिधै बस्ती भित्र प्रवेश गर्ने र ठुलो क्षति पुर्‍याउने भएकाले स्थानीयहरूले यसबाट कसरी बच्ने भन्नेबारे चासो व्यक्त गर्न थालेका छन्।

स्थानीय पदम सार्कीले भने, “खोला र पहिरोको कारण यो बस्ती वर्षाको समयमा सधैं जोखिममा पर्ने गरेको छ। हिउँदमा पानी कम हुने भएकाले त्यतिबेला समस्या कम हुन्छ, तर वर्षाको समयमा खोलामा पानी बढ्ने र गाउँ माथि रहेको पहिरो पनि ठुलो रुप लिएर बस्तीमा आउँछ।”

गत वर्ष पनि बाढीपहिरोको डरले गाउँका केही परिवारहरू माथिल्लो लेकमा त्रिपालमुनी बस्नु परेको थियो। यस वर्ष पानी परिरहेको बेला नै बस्तीमा जोखिम बढ्दै गएको स्थानीयले बताएका छन्।

यो समस्या डोगडी बस्ती मात्र नभई माथि रहेको पार्थोता, धनाल्त, गुईबन सुदारा, पाटा जस्ता बस्तीहरूमा पनि देखिएको छ। यहाँको ठूलो पहिरो हिउँदमा पनि खस्ने गरेको छ र वर्षा मात्र भए पनि पहिरो लाग्ने गरेको बताइएको छ।

गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले भने, “गत साउनदेखि भदौसम्म लगातार वर्षाका कारण माथिबाट सुरु भएको पहिरोले झण्डै पचासभन्दा बढी घरपरिवार जोखिममा परेको छ। डोगडी स्वास्थ्यचौकी र विद्यालय पनि उच्च जोखिममा छन्। वर्षाको समयमा बिरामीहरू उपचारका लागि आउँदा डरका कारण समस्यामा पर्ने गरेका छन्।”

अध्यक्ष रावतले बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासन कार्यालय बाजुरासँग पत्राचार गरेको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने, “डोगडी मात्र नभई झण्डै १३५ बस्ती बाढीपहिरोको जोखिममा छन्। स्थानान्तरणका लागि विपद व्यवस्थापनबाट प्राविधिक टोली आउने छ। टोलीले अनुगमन गरेर कुन बस्ती सार्ने र कुन यथावत राख्ने भन्ने निर्णय गर्नेछ। त्यसपछि मात्र सुरक्षित स्थानमा स्थानान्तरण प्रक्रिया अगाडि बढाइने योजना छ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...

कार्यवाहक प्रमुख सुनिता डङ्गोल ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending