काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालिएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रमुख अनलाइन सञ्चारमाध्यमहरूले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै त्यस्तो समाचार प्रकाशित गरेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसको निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सहयोगको निम्ति पत्र पठाएको ती समाचारहरूमा जनाइएको छ।
पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेपछि त्यस्ता समाचारहरू आइरहेका छन्। नेता खड्कालाई सीआईबीले पक्राउ गरेको हो।
सीआईबी प्रमुख केसीलाई 'जानकारी छैन'
गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् खड्कालाई दिइएको पक्राउ पुर्जी सार्वजनिक गरेका छन्।
त्यसमा 'तपाईँलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले' उक्त पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ।
सीआईबी प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहयोग मागेअनुसार सीआईबीले उनलाई पक्राउ गरेको जानकारी दिए।
"सम्पत्ति शुद्धीकरण विभागले सहयोग मागेकाले हामीले सहयोग गरेका हौँ," उनले बीबीसीसँग भने।
तीन पूर्वप्रधानमन्त्रीहरूविरुद्ध अनुसन्धान गर्न पनि विभागले सीआईबीलाई पत्र पठाएको समाचारहरूमा जनाइएको छ।
त्यसमा उक्त पत्रपछि ती नेताहरूको सम्पत्ति र आम्दानीको स्रोतलगायतका विषयमा अनुसन्धान अघि बढाइएको उल्लेख गरिएको छ।
तर सीआईबी प्रमुख केसीले भने, "मलाई अरूले पनि सोध्नुभएको थियो, तीन पूर्वप्रधानमन्त्रीहरूबारेको पत्रका सम्बन्धमा मलाई जानकारी छैन।"
'छानबिन पहिल्यैदेखि'
जेन जी आन्दोलनका क्रममा तीन पूर्वप्रधानमन्त्रीको निवासमा आगजनी गरिएको थियो।
त्यस क्रममा देउवा र प्रचण्ड निवासमा पैसा जलेको भन्ने दाबीसहितका भिडिओ र तस्बिरहरू प्रकाशमा आएका थिए।
त्यसलगत्तै अनुसन्धान थालिएको विवरणहरू आए पनि औपचारिक रूपमा कसैले पुष्टि गरेका थिएनन्।
विभागका निर्देशक तथा सूचना अधिकारी जितेन्द्र अधिकारीले पैसा जलेको विषयमा कसैको नाम नलिएरै भने, "त्यो अल्लि अगाडिदेखि नै छानबिनको सिलसिलामा थियो।"
किनकि उनका अनुसार कुनै पनि उजुरी वा सूचनाका आधारमा विभागले छानबिन गर्छ र त्यो अनुसन्धानको प्रारम्भिक चरण हुन्छ।
समाचारहरूमा थप अनुसन्धान गर्नुपर्ने देखिएपछि विभागले सीआईबीको सहयोग मागेको उल्लेख छ। तर विभागका निर्देशक अधिकारीले भने, "(सीआईबीलाई) पत्र लेख्ने वा अरू कुरा अनुसन्धानको सिलसिलामा हुने कुरा हो, त्यो अनुसन्धान अधिकृत वा टीमले गर्ने कुरा हो, मलाई पत्र लेखेको कुरा थाहा छैन।"
उनले त्यस प्रक्रियाबारे आफूहरूलाई जानकारी नहुने पनि बताए।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पनि 'आफ्नो जानकारीमा नभएको' जबाफ दिए।
कतिपय अधिकारीहरूले बीबीसीसँगको अनौपचारिक कुराकानीमा 'अहिलेको संवेदनशील र परिवर्तित परिस्थितिमा परिणामअघि जानकारी दिनु जोखिमपूर्ण हुने' अवस्था रहेको सुनाए।
"उच्च अधिकारी वा नेताहरूविरुद्ध हल्ला चलाएर अनुसन्धान गर्ने विषय पनि होइन," एक अधिकारीले भने, "यस्तो तरल अवस्थामा भएनभएका दुवै थरी कुरा बाहिर आउने सम्भावना हुन्छ। अहिलेको खबर पनि त्यही सन्दर्भमा हेर्नुपर्ने हुन्छ।" बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: