Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

पन्युले सुरुङ खनेर जेलब्रेक

[caption id=\"attachment_120158\" align=\"alignleft\" width=\"750\"]\"\" प्रदीप नेपाल नेता, एमाले[/caption] मलाई मंसिर ०३३ मा नख्खु जेल सारे । त्योभन्दाअघि सेन्ट्रल जेलमा थिएँ । नख्खुमा पहिलेदेखि नै झापालीहरूलाई राखिएको थियो । धेरैजसो ०२९–३० तिरै पक्राउ परेका थिए । विराटनगर, वीरगन्जलगायतका जेल सार्दै नख्खु ल्याइएको थियो । नख्खुमा हामी १८ जना वामपन्थी भयौँ । विभिन्न पार्टीका । स्वतन्त्र वामपन्थी पनि हुनुहुन्थ्यो । म माक्र्सवादी अध्ययन केन्द्रसँग आबद्ध थिएँ । झापाली साथीहरू कोअर्डिनेसन केन्द्र बनाएर आन्दोलन गरिरहनुभएको थियो । म झापाली भइसकेको थिइनँ । तर, झापालीसँग सम्बन्ध भएको ठानेर अध्ययन केन्द्रका हामी चारजना म, माधव पौडेल, गोपाल शाक्य र वीरबहादुर लामालाई पनि कडा निगरानीमा राखेका थिए । जेल परे तोड्नुपर्छ भन्ने झापाली मान्यता झापालीहरूको मान्यताचाहिँ जेल परियो भने तोड्नुपर्छ भन्ने रै’छ । जेल पर्नेबित्तिकै कसरी भाग्ने भन्ने योजना बनाउन थालिहाल्ने । सुरुङ खन्ने, पर्खाल चढेर हामफाल्नेलगायतका विकल्पमा छलफल गर्दा रहेछन् । उनीहरूलाई काठमाडौंको भूगोल थाहा थिएन । जेल ब्रेक गरेपछि कहाँ जाने भन्ने अन्योलका कारण कुनै योजना बनाउन सकेका रहेनछन् । हामी चारजना भने काठमाडौंकै भूगोलमा काम गरेका थियौँ । जेल ब्रेकपछि कहाँ जाने भन्ने समस्या थिएन । काठमाडौंमै पनि चार–पाँच महिना लुक्न सक्ने संगठन बनाएका थियौँ । उपत्यकामा हाम्रो संगठन राम्रै थियो ।तर, हामी झापालीबाट प्रभावित भयौँ । पूर्वतिरै गएर काम गर्ने योजना बन्यो । काठमाडौं कटाउने जिम्मा हामीले लियौँ । नख्खुमा भएका झापालीहरू सिपी मैनाली, घनेन्द्र बस्नेत, नरेश खरेल, भीष्म धिमाल, धर्म घिमिरे, हर्क खड्का, मोहनचन्द अधिकारी, राजन राजवंशी हुनुहुन्थ्यो । स्वतन्त्र वामपन्थीहरू सूर्य कन्दङ्वा, मोहन उप्रेती, अशोक न्यौपाने पनि हामीसँगै हुनुहुन्थ्यो । अशोक न्यौपानेले आफू पनि जेल ब्रेकमा लाग्ने बताउनुभयो । सूर्य कन्दङ्वाले ब्रेक नगर्ने भन्नुभयो । मोहनजीले चाहिँ आफ्नो छुट्ने समय आउन लागेकाले लफडामा नफस्ने बताउनुभयो । १८ मध्ये १५ जना जेल ब्रेक गरेर भाग्ने योजनामा लाग्यौँ । चीनको सुरुङयुद्धको प्रभाव योजना बनाउन छलफल भयो । साथीहरूले अनेक जुक्ति निकाल्नुभयो । अलि उग्र प्रकारका साथीहरूले ढोकामा लात्तीले ड्यांगै हानेर फोड्ने र कुद्ने प्रस्ताव गर्नुभयो । कोहीले चाहिँ यताबाट पर्खालबाहिर डोरी फ्यालेर उता एकजना समात्ने मान्छे राख्ने र चढेर नाघ्ने योजना सुनाउनुभयो । अन्तिममा भने सुरुङ खनेर भाग्नेमा सबैको सहमति भयो । हामी काठमाडौंमा बसेर माक्र्सवादी अध्ययन केन्द्रमा काम गरिरहेकाहरू चीनको सुरुङयुद्धबाट प्रभावित थियौँ । हामी विश्व कम्युनिस्ट आन्दोलनका विभिन्न आयामबारे खुब धेरै अध्ययन र बहस गथ्र्यौं । खासगरी चिनियाँहरूले जापानी आक्रमणविरुद्ध गरेको सुरुङयुद्धले हामीलाई प्रभावित गरेको थियो । यो प्रकारको अनौठो युद्धमा उनीहरूले विजय पनि पाएका थिए । त्यसैले हामी काठमाडौंकाले सुरुङ खनेर भाग्ने प्रस्ताव गरेका थियौँ । झापाली साथीहरू हाम्रो प्रस्तावमा सहमत पनि हुनुभयो । पुलिस झुक्याउन अनेक काइदा नख्खु जेलमा दुईवटा ब्लक थिए । बीचमा एउटा साँघुरो खालको ढोका थियो । एउटा ब्लकमा कांग्रेसीहरूलाई राखिएको थियो । अर्कोमा वामपन्थीलाई । कांग्रेसी राखेको ब्लकमा कृष्णप्रसाद भट्टराई पनि थिए । कांग्रेसीले पनि हामीले जेलब्रेक गर्दैछौँ भन्ने थाहा पाउनु खतरनाक हुन सक्थ्यो । निकै गोप्य ढंगले यो काम गर्नु थियो । जेलभित्र हामीले खरायो पालेका थियौँ । छेउमा फूलबारी पनि बनाएका थियौँ । हामी त्यतैतिर काम गरिरहन्थ्यौँ । जेल प्रशासन र कांगे्रसहरूलाई पनि वामपन्थी मिहिनेती हुन्छन् भन्ने परेको थियो । खरायो पालेको ठाउँ निकै फोहोर थियो । खासमा खरायोको बिस्टा एकदमै गनाउने । त्यतातिर कोही नजाने । हामी भने त्यहीछेउमा फूल गोड्ने, पानी हाल्ने, खरायोलाई खुवाउनेलगायत काम गरिरहन्थ्यौँ । त्यसैले खरायो पालेकै ठाउँबाट सुरुङ खन्ने निर्णय गर्‍यौँ । सुरुङ खन्नका लागि हामीले तीन समूह बनायौँ । तीन समूहले २४ घन्टै काम गथ्र्यौँ । कसले के काम गर्ने भन्ने जिम्मेवारी पनि विभाजन गरेका थियौँ । मचाहिँ गफ गरेर, गीत गाएर कृष्णप्रसाद भट्टराईलाई भुलाउने गर्थेँ । मेरो जिम्मेवारी नै त्यहाँ रमाइलो वातावरण बनाउने थियो । जसले गर्दा यिनीहरू भाग्दै छन् भन्ने कसैले शंका नगरोस् भन्ने थियो । पुलिसले शंका गरेपछि झन्डै फसियो खन्ने औजार पन्यु थियो । पछाडिको भागले खन्ने काम गर्‍यौँ । झन्डै ६ फुट गहिरो खाडल बनायौँ । त्यसपछि एकजना मान्छे घस्रन मिल्ने गरी सुरुङ बनायौँ । एक दिन पुलिसले शंका गर्‍यो । भित्र गएर बन्दुकको कुन्दाले भुइँमा ढ्याङढ्याङ ठोक्यो । जहाँ प्वाल थियो, त्यहाँ फोहोर थुपारेका थियौँ । त्यसैले त्यहाँ भने ठोकेन । संयोगले बचियो । चैत १२ को दिन थियो । खन्न थालेको १९–२० दिन भइसकेको थियो । करिब ८ बजेको हुनुपर्छ । खन्दाखन्दै आलुको जरा भेटियो । सुरुङ पर्खालबाहिर पुग्यो भन्ने थाहा पायौँ । त्यहीँबाट बाहिर निस्कने प्वाल बनायौँ । त्यही दिन बाहिर निस्कनुपर्छ भन्नेमा एकमत भइयो । सूर्यमान कन्दङ्वा र मोहन उप्रेतीलाई हामीले कुनै पनि दिन हामी भाग्न सक्छौँ भनेका थियौँ । जेलबाट निस्कने वेला भने उहाँहरूलाई केही भनेनौँ । उहाँहरूले पनि भोलिपल्ट मात्र थाहा पाउनुभएछ । लुगा बागमतीमा बगाएर भाग्यौँ जेलबाट निस्कनुअघि बत्ती निभाउनुपर्ने थियो । नारद वाग्ले र अशोक न्यौपानेले मुख्य लाइनको तार जुधाइदिनुभयो । ट्रान्सफर्मर नै पड्केछ । बाहिर पनि अन्धकार भयो । जेलबाट १५ जना पालैपालो निस्कियौँ । काठमाडौंको भूगोल थाहा पाउने एक–एकजनाचाहिँ सुरु र अन्तिममा निस्कने योजना थियो । बाहिर निस्किएपछि १५ जना नै एउटा ठाउँसम्म सँगै जाने र छुट्टिने योजना थियो । सबैभन्दा अगाडि माधव पौडेल हनुहुन्थ्यो । म पछाडिबाट तेस्रोमा थिएँ । अन्तिममा गोपाल शाक्य हुनुहुन्थ्यो । बाहिर निस्कँदा हिलैहिलो भइयो । लुगा हेरिनसक्नु थियो । यस्तो हुन्छ भन्ने हामीलाई सुरुङ खन्दादेखि नै अनुमान थियो । हिलो लुगा लगाएर हिँडे शंका हुन्थ्यो । त्यसैले भित्र अर्को पनि लुगा लगाएका थियौँ । नख्खुबाट अलि तल झरेपछि दोभान छ, बागमती र नख्खुको दोभान । सबैले बाहिर लगाएको लुगा फुकालेर बागमतीमा फ्याँक्यौँ र अघि बढ्यौँ ।पहिलो दिन हामी चन्द्रागिरिपारि गयौँ । त्यहाँ १३ जना मात्र भयौँ । हर्क खड्का र नारद वाग्ले हराउनुभयो । रक्सौल पुग्न ६ दिन पैदल हामीले झापा गएर संगठनको काम गर्ने योजना बनाएर जेल तोडेका थियौँ । तर, चन्द्रागिरिपारि पुगेपछि थाहा पायौँ कि झापाली साथीहरूको संगठन एकदमै कमजोर रहेछ । त्यता त वामपन्थीलाई कसैले खान पनि दिँदैन भन्ने थाहा पायौँ । संगठन नै धराशायी रहेछ भन्ने थाहा पाएपछि योजना बदल्यौँ । बनारस जाने भयौँ । म मुक्ति मोर्चासँग एकता गर्न गएँ । मुक्ति मोर्चाको वरिष्ठ नेता मोदनाथ प्रश्रित हुुनुहुन्थ्यो । तर, संगठक भने जीवराज आश्रित । उहाँहरू बनारस हुनुहुथ्यो । हामीले पैदलै वीरगन्ज काटेर भारत छिर्नु थियो । अर्को रात हामी फाखेल पुग्यौँ । त्यहाँका स्थानीयलाई हामी आउँदैछौँ भन्ने थाहा थियो । किनभने दिउँसै पुलिस गएर छापा मारिसकेको थियो । वीरबहादुर लामा त्यही गाउँको हुनुहुन्थ्यो । ‘तिमीहरूको गाउँको डाका भागेको छ,’ भनेर पुलिसले तर्साएको रहेछ । त्यसैले गाउँ नपस्न स्थानीयले सचेत गराए । दिउँसो जंगलमा बसेर रातभरि हिँड्ने गथ्र्यौँ । दिउँसो हेलिकोप्टर घुम्ने हुनाले हिँड्न सकिँदैन थियो । दोस्रो रात वीरबहादुरजीको दिदीको घर पुगियो । त्यहाँ ढिँडो खाएर हिँड्यौँ । तेस्रो रात उहाँकै मामाको घर पुगियो । ढिँडो नै खाएर हिँड्यौँ । चौथो रात केही खान पाइएन । दिनभर जंगलमा बसेर रातभर हिँडियो । पाँचौँ रात अनकन्टार गाउँमा पुग्यौँ । तराईको गाउँ थियो त्यो । ‘वीरगन्ज हिँडेको, बाटो भुलेर यता आइपुगियो’ भन्यौँ । पहाडिया केटा भएकाले बाटो भुले भन्ने कुरा विश्वास गरे । खानेकुरा दिए । हामी खाएर हिँडिहाल्यौँ । भोलिपल्ट बिहानै वीरगन्ज पुग्यौँ । त्यसपछि रक्सौल छिर्‍यौँ । गज्जब साप्ताहिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE