Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

माधव नेपालको भेटी र विद्या भण्डारीको शितल निवास

\"\" एकाएक गणतन्त्रवादी भएको नेकपा एमाले पछिल्लो समय आफू मात्रै राष्ट्रवादी भनेर कोकोहोलो मच्चाइरहेको छ । कुनै बेला महाकाली बेचेको आरोप पनि एमालेलाई नै लागेको थियो । तर पछिल्लो समय भारतले नाकाबन्दी लगाएको बेलादेखि भने एमालेलाई एउटा सच्चा राष्ट्रवादीको पगरी गुथाइएको छ । त्यो एमालेवृत्तबाट होस् वा अरु कुनै अमुक ब्यक्तिहरुबाट । २०५८ सालमा तत्कालिन नारायणहिटी दरबारमा हत्याकाण्ड मच्चिदा नेकपा (माओवादी) को सशस्त्र युद्ध चलिरहेको थियो । दरबार हत्याकाण्ड मच्चिनुभन्दा ६ वर्षअघिदेखि नै सशस्त्र युद्ध जारी राखेको माओवादीले गणतन्त्र स्थापनाको लागि संघर्ष गरिरहँदा एमालेले संवैधानिक राजतन्त्रको जयजयकार गरिरहेको थियो । [caption id=\"attachment_113222\" align=\"alignleft\" width=\"235\"]\"\" नारायण पंगेनी[/caption] नारायणहिटी हत्याकाण्डका बारेमा तत्कालिन माओवादी नेता (हालका नयाँ शक्तिका संयोजक) डा.बाबुराम भट्टराईले ‘नयाँ कोतपर्व’को रुपमा विश्लेषण गर्दै कान्तिपुरमा लेख पठाए । लेख छापेकै भरमा कान्तिपुरका त्यतिबेलाका सम्पादक युवराज घिमिरेसहित कैलाश सिरोहिया समेतले सजायँ भोग्नु पर्यो । दरबारको घटनाले गर्दा आम नागरिकमा पनि राजालाई हेर्ने दृष्टिकोणमा विस्तारै बदलाव आउन थाल्यो भने माओवादी आन्दोलन झनै उत्कर्षमा पुग्यो । वीरेन्द्रको बंश बिनाशपछि ज्ञानेन्द्र शाह राजा बनाइए । जतिबेला दरबारप्रति नागरिकमा हिनताबोध बढ्दै जाँदा नेकपा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालले ‘मोहर’ राखेर नयाँ राजालाई ढोगे । जुन एउटा कम्युनिष्ट पार्टीकै एउटा कलंक थियो । एउटा कम्युनिष्ट पार्टीका प्रमुखले विवादित राजालाई समेत स्वीकार गरेर ढोग गर्नु लज्जाबोध घटना हो । त्यसलाई अहिले जसरी मलजल गरिएको पनि हुनसक्छ । राजा बनेपछि ज्ञानेन्द्रले राजतन्त्र स्वीकार गर्ने दलहरुलाई समेत हात लिएर अघि बढेनन्, बरु उनीहरुलाई समेत ठेगान लगाउने दुश्साहस गरे । जसका कारण गणतन्त्रका लागि हरियारवद्ध आन्दोलन गर्दै आएको शक्तिसँग प्रजातन्त्रवादी शक्तिहरुलाई समेत एक ठाउँमा ल्याइदियो । राजनीतिक ‘कू’ गरेर सत्ता हातमा लिएका ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध आन्दोलन चलिरहँदा उनले फालेको पासामा प्रतिगमन आधा सच्चिएको भन्दै तिनै एमाले नेता नेपाल प्रधानमन्त्री पदका लागि आफू योग्य भएको भन्दै ज्ञानेन्द्रसमक्ष निवेदन हाल्न गएका थिए । राजतन्त्रप्रतिको अगाढ आस्था राख्ने एमाले नेताहरुले २०६२/६३ को जनआन्दोलनका क्रममा टाउकोमा गणतन्त्र लेखेर आन्दोलनमा उत्रिएका युवाहरुसमेत एमाले नेताहरुका लागि ‘हाउगुजी’ बन्यो । माधव नेपाल र केपी ओलीजस्ता एमाले नेताहरुले दिएका त्यतिबेलाका अभिब्यक्ति सम्झिँदा आज आफैलाई पनि लज्जाबोध हुन पर्ने हो ।
केही मुठ्ठीभर राजनीतिक दलका नेताहरुको राइँदालोकै कारण जनताको चाहनाअनुसार संविधानसभाले ‘उत्कृष्ट’ संविधान बनाउन सकेन । जसका कारण संविधान नै एक किसिमले असफलसिद्ध भइसकेको छ । यहि सेरोफेरोमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता आंशिक उपलब्धिलाई समेत आयातित भन्दै आफूहरुको चाहनाविपरित अाएको भनेर स्वयं एमाले अध्यक्ष केपी ओलीले ओकलीरहेका छन् ।
नेपाली कांग्रेसका युवाहरुले समेत गणतन्त्रका चर्का गगनभेदी नारा चर्काइरहँदा राजतन्त्रको मोह भंग गर्न नसकेका काँतर एमालेजन आज गणतन्त्र नै आफैले ल्याएको कुरा गर्दै दिउँसै रात पार्ने प्रवचन दिँदै आएका छन् । तर जनताका अगाडि कुनै पनि सामन्तहरु टिक्न सक्दैनन् भन्ने कुरा सत्य साबित भयो । लामो समयदेखि जरा गाडेको राजतन्त्र नै समुल नष्ट भयो । आजको २१ औं शताब्दीमा पनि जनतालाई आफ्नो वशमा पार्न सकिन्छ भन्ठानेका ज्ञानेन्द्र शाह दरबार छाडेर नागार्जुन जान बाध्य भए । गणतन्त्र स्थापना भएपछि एउटा मधेसको छोरो राष्ट्र प्रमुख भए । झण्डै ८ वर्ष राष्ट्रपति पदमा रहँदा डा.रामवरण यादवले जनताले गलहत्याएका ज्ञानेन्द्रलाई शितल निवासमा ल्याउने पहल कहिल्यै गरेनन् । जब नयाँ संविधान जारी भयो, एमालेले जननेता मान्ने स्व.मदन भण्डारीकी पत्नी विद्या भण्डारी राष्ट्रपति भइन् । राजतन्त्रको अन्त्य भइ गणतन्त्र स्थापनाको ८ वर्षका अवधिमा सशस्त्र युद्ध गरेर आएका र निशस्त्र आन्दोलन गरेका संसदवादी दलहरुले नेपालको राजनीतिलाई फोहोरी बनाएको कुरा निर्बिवाद छ । तर पनि गणतन्त्रको विकल्प फेरि पनि राजतन्त्र भन्ने कल्पना आम नागरिकले गरेकै छैनन् । केही मुठ्ठीभर राजनीतिक दलका नेताहरुको राइँदालोकै कारण जनताको चाहनाअनुसार संविधानसभाले ‘उत्कृष्ट’ संविधान बनाउन सकेन । जसका कारण संविधान नै एक किसिमले असफलसिद्ध भइसकेको छ । यहि सेरोफेरोमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता आंशिक उपलब्धिलाई समेत आयातित भन्दै आफूहरुको चाहनाविपरित भनेर स्वयं एमाले अध्यक्ष केपी ओलीले ओकलीरहेका छन् । नागार्जुन डाँडामा बसेर आँखा लगाइरहेका ज्ञानेन्द्रले पछिल्लो समय संघीयता, धर्मनिरपेक्षताविरुद्ध अभिब्यक्ति दिएर विवादित भइरहँदा राष्ट्रपति महोदयले विवाहको बाहनामा शितल निवास छिराउने दुश्साहस गरिन् ।
राष्ट्रपति कार्यालयमै आयोजना गरिएको विवाह उत्सवमा ‘प्रतिगमन’का नायकलाई प्रवेश गराइनु र राष्ट्रपति कार्यालयमै पूर्वपञ्चहरुको जमघट हुनु कुनै संयोग मात्र थिएन ।
पूर्वराजा ज्ञानेन्द्र शाह पनि एक नेपाली नागरिक नै हुन् । उनलाई विवाहमा बोलाइनु सामान्य कुरा हो भन्ने पनि एकथरीका तर्क छन् । तर राष्ट्रपति भवनमा आयोजना गरिएको समारोहमा स्वयं एमालेका कार्यकर्ताहरुलाई गेटबाटै रोकेर पूर्वराजा ज्ञानेन्द्रलाई विशिष्ट अतिथि बनाउनुलाई सामान्य आँखाले हेर्नु गलत हो । राष्ट्रपति भण्डारीले आफ्नी छोरीको विवाह आफ्नो घर वा कुनै पार्टी प्यालेस र कसैको निजी आवासमा गरेकी थिइनन् । राष्ट्रपति कार्यालयमै आयोजना गरिएको विवाह उत्सवमा ‘प्रतिगमन’का नायकलाई प्रवेश गराइनु र राष्ट्रपति कार्यालयमै पूर्वपञ्चहरुको जमघट हुनु कुनै संयोग मात्र थिएन । आज राष्ट्रपतिपुत्रीको ‘दरबारिया’ बैवाहिक समारोहजस्तै भोलि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्ने आफ्ना परिवारको विवाह उत्सवमा बहादुरभवनमा पूर्वराजा महाराजाहरुलाई आमन्त्रित गरे भने अर्को अनौठो हुनेछैन । राष्ट्रपति भण्डारीले यसका लागि सहज बाटो खोलिदिएकी छन् । अनि, आम नागरिकले भन्नेछन्,– संसदीय राजनीतिक दलहरुको चरित्र नै यस्तै हो ।’

aplly description here...

निर्वाचन आयोगको निर्णय राप्रपामाथि कटाक्ष कि उत्प्रेरणा !

काठमाडौं, ५ चैत । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान नै निर्वाचन आयोगले संशोधन गरिदिएको विषय अहिले निकै ठूलो बहसको विषय भएको छ । रा...

माधव नेपालको भेटी र विद्या भण्डारीको शितल निवास

एकाएक गणतन्त्रवादी भएको नेकपा एमाले पछिल्लो समय आफू मात्रै राष्ट्रवादी भनेर कोकोहोलो मच्चाइरहेको छ । कुनै बेला महाकाली बेचेको आरोप पनि एमालेलाई नै...

सहमतिका नाममा यस्तो गर्नेछन् संसदवादी दलहरु

सरकारले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गराएपछि प्रमुख राजनीतिक दलहरुबीच द्वन्द्व बढेको छ । संशोधन विधेयकबारे प्रमुख प्रतिपक्ष दल नेकप...

बुटवलसँगको ‘पहाडी कनेक्सन’

काठमाडौं, १९ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गरेपछि आन्दोलन चर्किएको भनेकै बुटवलमा ...

प्रजातन्त्रका योद्धाहरु, जसलाई कांग्रेसले नै बिर्सियो

काठमाडौं, १८ मंसिर । प्रजातन्त्रका लागि लड्ने योद्धाहरु अहिले पनि जीवित छन् । जसले सुधारिएको पञ्चायतदेखि प्रजातन्त्र मात्र होइन, गणतन्त्रसमेत भोगे...

सीमांकन विवादः सशांकका कारण जोडिएन नवलपरासी

काठमाडौं, ११ मंसिर । संविधान जारी भएको १४ महिनामा आइतबार संविधानको दोस्रो संशोधन प्रस्ताव पेश गरिँदैछ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलको विरोध...

द्वन्द्वको दश वर्षभन्दा शान्ति प्रक्रियाको दश वर्ष कमजोर

काठमाडौं, ५ मंसिर । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको पनि आज (मंसिर ५)  ठीक दश वर्ष पुगेको छ । आजभन्दा दश वर्षअघि २०६३ मंसिर ५ गते तत्काल...

इजरायलले सिकाएको पाठ

काठमाडौं, ४ मंसिर । बाँके कोहलपुरका २० वर्षीय युवा शिव लम्साल विहान सात बजे नै आफ्नो फार्ममा पुग्छन् । कोहलपुर नगरपालिकाको मैतहवास्थित उक्त फार्मम...

महाभियोगको नेतृत्व गरेर ‘जनार्दन शर्माले जे गरे ठीक गरे’

केही दिनयता नेपाली राजनीति लोकमानमय भएको छ । सर्वोच्च निकायका दुई कार्कीबीचको प्रतिशोधका कारण बल्झिएको राजनीतिले नेपाली राजनीतिकलाई नै तरंगित बनाएको छ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies