Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

खबरडबली संवाददाता

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने नेपालीमा खासै घुम्ने बानीको विकास भइसकेको थिएन ।

जाडोको मौसम व्यवसायीले ‘अफ सिजन’ भन्दै अन्त घुम्न जाने सोच बनाउँथे । कोही गोवा पुग्थे त कोही थाइल्याण्ड, तर अचेल समय बदलिएको छ । उही जाडो मौसम हो, तर अचेल यहाँको अवस्था भने नितान्त फरक छ ।

पर्यटन व्यवसायीलाई पात्रोमा अङ्ग्रेजी नयाँ वर्ष थपिँदा उत्साह पनि थपिन्छ । त्यसमा पोखरा सडक महोत्सवले रौनक थप्छ । यस वर्ष उक्त महोसत्वको २७ औँ संस्करण हुँदैछ । आगामी २०८२ पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर २८–जनवरी १) आयोजना हुने महोत्सवको तयारीमा रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) जुटीसकेको छ । विगतमा झै यस संस्करणको सडक महोत्सवले पनि पोखरालाई ‘गुल्जार’ बनाउँदै छ ।

आयोजकले महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सरोकार भएकाहरूसँगको परामर्शलाई तीव्र बनाएका छन् । २७ वर्षअघि यस्तो महोत्सवको परिकल्पना गर्ने अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भने आफ्नो पहलको निरन्तरताले मख्ख छन् । उनी भन्छन्, “तीन दशकअघिसम्म जब डिसेम्बर लाग्थ्यो, विदेशीहरू क्रिसमस मनाउन घर फर्कन्थे र पोखराको लेकसाइड सुनसान हुन्थ्यो । त्यो समयमा ‘अफ सिजन’ भन्दै सटर तानेर हामी व्यवसायी पनि भारतको गोवा वा थाइल्याण्ड जाने प्रचलन थियो ।”

भट्टराई मनस्पटलमा अझै एउटा घटना ताजै छ । “सन् १९९६ मा तत्कालीन राजा वीरेन्द्रले जाडोको समय लेकसाइडको सुनसानप्रति देखाएको चासो र गोवामा देखेको त्यो ‘फुड एण्ड कल्चर’ को महोत्सवले मेरो धारणा बदल्यो । जसको फलस्वरूप हामीले सन् १९९८ मा बसुन्धरा पार्कबाट वेटर रेस र हस्तकला प्रदर्शनीसहित एउटा प्रयासको थालनी गर्यौंँ । त्यो प्रयास २७औँ संस्करणमा आइपुग्दा पोखराको ‘ब्रान्ड’ बनेको छ” उनी भन्छन् । 

उनी सडक महोत्सवले विदेश जाने पर्यटकलाई पोखरामै रोकेर नयाँ वर्ष मनाउने वातावरण बनाएको र विदेशीसँगै नेपालीमा पनि घुम्ने बानीको विकास गराएको बताउँछन् । परिवर्तित समयसँगै महोत्सवलाई केवल नाचगान र खानपानमा सीमित नराखी जाति, धर्म संस्कृति बीचको सहिष्णुता र सद्भावलाई विकास गर्दै कृषि, हस्तकला, प्रविधि र मौलिक उत्पादनलाई महोत्सवसँग जोडेर बृहत ‘एक्स्पो’ का रूपमा रूपान्तरण गर्नुपर्ने भट्टराईको धारणा छ ।

“महोत्सव भनेपछि मनोरञ्जन भन्ने कुरा ठान्ने गरिन्छ, तर हामीले विगतदेखि नै यसलाई बदल्ने प्रयास गरिरहेका छौँ । स्थानीय उत्पादनदेखि विदेश निर्यात गर्ने सामग्रीलाई महोत्सवबाट प्रवर्द्धन गर्न सकिने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउने हाम्रो विश्वास छ”, उनले भने, “सडक महोत्सव केवल रमाइलो मेला मात्र होइन, यो पोखराका पर्यटन व्यवसायीको सामूहिक एकता, दूरदर्शीता र अथक प्रयासको जीवित इतिहास हो ।”

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पर्यटनमा सङ्कट आउने अवस्थामा यस महोत्सवले ‘सञ्जीवनी’ को काम गरेको बताउँछन् । “सशस्त्र द्वन्द्व, भूकम्प, कोरोना महामारी र पछिल्लो समयको जेनजी आन्दोलन होस् वा आर्थिक मन्दी, हामीले हरेक विषम परिस्थितिमा पनि महोत्सव रोकेनौँ । यसले ‘पोखरा सुरक्षित छ र बाह्रै महिना खुला छ’ भन्ने सन्देश विश्वभर प्रवाह गर्न सफल भयौँ । यसपटक पनि दिगो पर्यटनको परिकल्पनासहित तीन दशमलव पाँच किलोमिटर सडकलाई उत्सवमय बनाउँदै छौँ”, उनले भने ।

महोत्सवका संयोजक तथा रेवानका प्रथम उपाध्यक्ष वसन्त गौतमले पोखरालाई एउटा खुला सङ्ग्रहालयको रूपमा प्रस्तुत गर्ने प्रयासलाई थप प्रभावकारी बनाउन तयारी भइरहेको बताए । उनले भने, “फिस्टेल गेटदेखि जरेवरसम्मको सडकमा सवारी निषेध गरी सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सडकमा देखाइने लोपोन्मुख सांस्कृतिक झाँकी र मौलिक नाचले पर्यटकलाई नेपालका विभिन्न संस्कृति बुझ्ने अवसर मिल्नेछ । महोत्सवलाई अङ्ग्रेजी नयाँ वर्ष गन्तव्यको रूपमा स्थापित गर्न सक्दो प्रयास गरिरहेका छौँ ।”

रेवान महासचिव वीरेन्द्र शेरचन महोत्सव केवल रमाइलोका लागि मात्र नभइ ग्रामीण अर्थतन्त्र उकास्ने माध्यम पनि बनेको बताउँछन् । “गाउँमा उत्पादन हुने कृषिउपज, सुन्तला र हस्तकलाका सामग्रीले महोत्सवमा बजार पाउँछन् । पर्यटन चलायमान भए देशकै अर्थतन्त्र चलायमान हुन्छ ।”

शेरचनका अनुसार महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख झाँकी, वेषभूषा र नृत्य, चर्चित राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी, बोट रेस, वेटर रेस, टग अफ वार र पर्यटक लक्षित खेल र पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग विमर्श र वृत्तचित्र प्रदर्शनी हुनेछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE