काठमाडौं। माओवादी केन्द्रका केशी प्रदेश सांसद बाबुराम गौतमले शनिबार मध्यरात तिर पार्टीका वरिष्ठ नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई लक्षित गर्दै भावनात्मक तर तीक्ष्ण स्वरमा खुला पत्र लेखेका छन् । पत्रमा उनले शर्माको विगत र योगदानप्रति गहिरो सम्मान व्यक्त गर्दै पनि अहिलेको कदमप्रति असहमति जनाएका छन् ।
गौतमले पत्रको सुरुवातमै लेखेका छन् “आदरणीय दाजु कमरेड, क्रान्तिकारी लाल सलाम! तपाईंलाई सुरुमै एउटा क्रान्तिकारी आदर्श व्यक्तित्वको रूपमा स्वीकार र सम्मान गर्न चाहन्छु। तपाईंको विगत सम्मान गर्न लायक छ, त्यसमा दुईमत हुन सक्दैन।”
तर त्यस सम्मानकै बीच उनले प्रश्न गरेका छन् “तपाईंले किन देख्न छाड्नुभयो कमरेड? बिगतमा मोहन वैद्य, बाबुराम भट्टराई लगायतले पनि पार्टीलाई धारेहात लगाएका थिए। तिनका एजेण्डा आज कहाँ छन्? कार्यकर्ताको भविष्य कहाँ गयो?”
गौतमले जनार्दन शर्मा अहिले नयाँ पार्टी गठनको तयारीमा रहेको चर्चा प्रति प्रत्यक्ष संकेत गर्दै लेखेका छन् “अब तपाईं फेरि एउटा नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ कमरेड? तपाईंलाई लाग्छ यो अभियान सफल हुन्छ? म दावाका साथ भन्न सक्छु, तपाईंलाई हौस्याउनेहरू अन्तिममा तपाईंलाई छाडेर जान्छन्।”
पत्रमा उनले विगतमा पार्टी फुटाउँदा बर्बाद भएका हजारौं इमानदार कार्यकर्ताको कथा उठाएका छन्। उनी लेख्छन् “बिगतमा अरू कमरेडहरूले गरेका गल्तीबाट सिक्नुस्। कम्युनिष्ट पार्टीको ब्रिहत्तर एकतामा जोड दिनुस्। कमसेकम नेपाली क्रान्तिका पिता कमरेड प्रचण्डसँग सहकार्यको अपेक्षा राख्नुस्।”
गौतमले जनार्दनलाई पार्टीभित्रको असहमति पार्टीकै भित्रै समाधान गर्न सुझाव दिएका छन्। उनका शब्दमा “कमरेड प्रचण्डको उदार स्वभावका कारण हामीले कतिपय बेला कठिनाइ भोग्यौं। तर उहाँमा तानाशाही प्रवृत्ति छ भन्ने आरोपमा कुनै सत्यता छैन। तपाईंमा धैर्यता आवश्यक छ कमरेड। आउनुस्, पार्टी र कार्यकर्तामाथि विश्वास गरौं।”
पत्रको अन्त्यमा उनले भावनात्मक अपिल गर्दै लेखेका छन् “यो पार्टी तपाईंको पनि हो, मेरो पनि हो, लाखौं अगुवा कार्यकर्ताहरूको हो, करोडौं जनताको हो, हजारौं शहीदहरूको हो। अब अवस्था पहिला जस्तो छैन, समाजवादी क्रान्तिको महान यात्रामा पुनः एकता आवश्यक छ। पुस्तान्तरण र हस्तान्तरणको उपयुक्त विधि विकास गरौं, महान समाजवादी क्रान्तिको पक्षमा जुटौं।”
गौतमको यो पत्र माओवादी वृत्तमा निकै चर्चा बन्दै गएको छ। जनार्दन शर्माले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर माओवादीभित्र पछिल्ला दिनहरूमा बढ्दो असन्तुष्टि र नेतृत्वप्रति असहमतिहरूबीच सांसद गौतमको यो खुला पत्रले नयाँ बहस सुरु गरेको राजनीतिक विश्लेषकहरूको मत छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: