काठमाडौं। माओवादी केन्द्रका केशी प्रदेश सांसद बाबुराम गौतमले शनिबार मध्यरात तिर पार्टीका वरिष्ठ नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई लक्षित गर्दै भावनात्मक तर तीक्ष्ण स्वरमा खुला पत्र लेखेका छन् । पत्रमा उनले शर्माको विगत र योगदानप्रति गहिरो सम्मान व्यक्त गर्दै पनि अहिलेको कदमप्रति असहमति जनाएका छन् ।
गौतमले पत्रको सुरुवातमै लेखेका छन् “आदरणीय दाजु कमरेड, क्रान्तिकारी लाल सलाम! तपाईंलाई सुरुमै एउटा क्रान्तिकारी आदर्श व्यक्तित्वको रूपमा स्वीकार र सम्मान गर्न चाहन्छु। तपाईंको विगत सम्मान गर्न लायक छ, त्यसमा दुईमत हुन सक्दैन।”
तर त्यस सम्मानकै बीच उनले प्रश्न गरेका छन् “तपाईंले किन देख्न छाड्नुभयो कमरेड? बिगतमा मोहन वैद्य, बाबुराम भट्टराई लगायतले पनि पार्टीलाई धारेहात लगाएका थिए। तिनका एजेण्डा आज कहाँ छन्? कार्यकर्ताको भविष्य कहाँ गयो?”
गौतमले जनार्दन शर्मा अहिले नयाँ पार्टी गठनको तयारीमा रहेको चर्चा प्रति प्रत्यक्ष संकेत गर्दै लेखेका छन् “अब तपाईं फेरि एउटा नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ कमरेड? तपाईंलाई लाग्छ यो अभियान सफल हुन्छ? म दावाका साथ भन्न सक्छु, तपाईंलाई हौस्याउनेहरू अन्तिममा तपाईंलाई छाडेर जान्छन्।”
पत्रमा उनले विगतमा पार्टी फुटाउँदा बर्बाद भएका हजारौं इमानदार कार्यकर्ताको कथा उठाएका छन्। उनी लेख्छन् “बिगतमा अरू कमरेडहरूले गरेका गल्तीबाट सिक्नुस्। कम्युनिष्ट पार्टीको ब्रिहत्तर एकतामा जोड दिनुस्। कमसेकम नेपाली क्रान्तिका पिता कमरेड प्रचण्डसँग सहकार्यको अपेक्षा राख्नुस्।”
गौतमले जनार्दनलाई पार्टीभित्रको असहमति पार्टीकै भित्रै समाधान गर्न सुझाव दिएका छन्। उनका शब्दमा “कमरेड प्रचण्डको उदार स्वभावका कारण हामीले कतिपय बेला कठिनाइ भोग्यौं। तर उहाँमा तानाशाही प्रवृत्ति छ भन्ने आरोपमा कुनै सत्यता छैन। तपाईंमा धैर्यता आवश्यक छ कमरेड। आउनुस्, पार्टी र कार्यकर्तामाथि विश्वास गरौं।”
पत्रको अन्त्यमा उनले भावनात्मक अपिल गर्दै लेखेका छन् “यो पार्टी तपाईंको पनि हो, मेरो पनि हो, लाखौं अगुवा कार्यकर्ताहरूको हो, करोडौं जनताको हो, हजारौं शहीदहरूको हो। अब अवस्था पहिला जस्तो छैन, समाजवादी क्रान्तिको महान यात्रामा पुनः एकता आवश्यक छ। पुस्तान्तरण र हस्तान्तरणको उपयुक्त विधि विकास गरौं, महान समाजवादी क्रान्तिको पक्षमा जुटौं।”
गौतमको यो पत्र माओवादी वृत्तमा निकै चर्चा बन्दै गएको छ। जनार्दन शर्माले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर माओवादीभित्र पछिल्ला दिनहरूमा बढ्दो असन्तुष्टि र नेतृत्वप्रति असहमतिहरूबीच सांसद गौतमको यो खुला पत्रले नयाँ बहस सुरु गरेको राजनीतिक विश्लेषकहरूको मत छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...




प्रतिकृया लेख्नुहोस्: