भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इन्जिनियरिङ सिकेर आफ्नो घर-परिवारमा उज्यालो र आशा फिर्ता ल्याउन सफल भएका छन् ।
खानीमा दशकौँसम्म काम गर्दा श्वासप्रश्वास बिग्रिने पुरानो रोग सिलिकोसिसबाट उहाँका पति ओछ्यानमै परेपछि, परिवारको भविष्य बचाउन सन्तोषले हातमा नयाँ सीप लिन बाध्य भए । राजस्थानका करिब ३३ हजार खानीमा अत्यधिक मात्रामा पाइने सिलिका धुलोको दीर्घ सम्पर्कले उत्पन्न हुने यो रोग त्यहाँका हजारौँ परिवारको त्रास हो ।
आफ्ना चार सन्तानसहित बस्दै आएकी ३६ वर्षीया सन्तोष बेयरफुट कलेज, तिलोनिया, ब्यावरभन्दा दुई घण्टा टाढा, तीन महिनाको सौर्य इन्जिनियरिङ तालिममा सहभागी भएपछि पहिलो पटक आर्थिक आत्मनिर्भरता बटुल्न सफल हुनु भएको छ । प्यानल जडानदेखि तार जाडन, बत्ती जडानदेखि मर्मतसम्म सिकेपछि उनले गाउँमै विद्युत नपुगेका घर उज्यालो बनाउन योगदान गरिरहेकी छिन् ।
उनका पति सिलिकोसिसका कारण अब मुश्किलले हिँडडुल गर्न सक्नु हुन्छ । चिकित्सकीय खर्च निकै महङ्गो छ र राज्यले दिने न्यून भत्ता मात्र नै नियमित आयको स्रोत बनेको छ । यसैबिच बेयरफुट कलेजले स्थापित गरेको कार्यक्रमले सन्तोष जस्ता महिलालाई रोजगारी, आत्मविश्वास र घर सम्भारको विकल्प प्रदान गरेको छ । संस्थानका प्राविधिक प्रबन्धक कमलेश बिष्टका अनुसार सन् १९७२ मा स्थापना भएदेखि हालसम्म ९६ देशका तीन हजारभन्दा बढी महिलालाई तालिम दिने कलेजको मुख्य लक्ष्य ग्रामीण महिलालाई स्वाबलम्बि बनाए ।
निरक्षर सन्तोषको सपनासमेत साधारण छैन । उनि आफ्ना पाँचदेखि २० वर्ष उमेरका छोराछोरीलाई ‘राम्रो शिक्षा र उज्यालो भविष्य’ दिन चाहान्छिन् । अहिले थोरै भए पनि सौर्य प्यानल जडानबाट आम्दानी गर्न थालेकी उनि भविष्यमा महिनामा करिब ७० अमेरिकी डलर बराबर कमाउने आशा राख्नु हुन्छ । परिवारबाट टाढा बसेर प्रशिक्षण लिनु कठिन भएको स्वीकार गर्दै उनले यो सबै ‘लायकको यात्रा’ भएको बताइन । सन्तोषले गर्वका साथ तीन घरमा आफूले जडान गरेका फोटोभोल्टिक प्यानल देखाइन । जसले बत्ति, फ्यान र चार्जर चलाउन आवश्यक विद्युत उत्पादन गरिरहेका छन् ।
उनका पतिले वर्षौंसम्म बलौटे ढुङ्गा काट्दै पेभर निर्माणका लागि लगिने ढुङ्गा निकाल्ने कठिन काम गरिन । अहिले १६ डलरको मासिक भत्ता बाहेक आयको कुनै स्रोत छैन, औषधि महङ्गो छ र स्वास्थ्य झनै ओरालो । आँसु पुछ्दै सन्तोषले गहना बेचेको, आफन्तसँग पैसा उधारो लिएको र आफ्नो मङ्गलसूत्र समेत राखेको बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...
मंसिर २१ गते, २०८२ - १८:५१
बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...
मंसिर २१ गते, २०८२ - १८:४९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...




प्रतिकृया लेख्नुहोस्: