Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

सीमांकन विवादः सशांकका कारण जोडिएन नवलपरासी

\"nepal-outline-map-federal-states\" काठमाडौं, ११ मंसिर । संविधान जारी भएको १४ महिनामा आइतबार संविधानको दोस्रो संशोधन प्रस्ताव पेश गरिँदैछ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलको विरोधका कारण संविधान जारी भएको चार महिनामै पहिलो संशोधन गरिएको थियो । खासगरी सीमांकनका विषयमा मधेसवादी दलहरुले बढी असन्तुष्ट थिए । त्यसपछि नागरिकता, भाषा र राष्ट्रियसभामा प्रतिनिधित्वकाबारेमा मधेसवादी दलहरुले विरोध गर्दै आएका थिए । माथिल्लोसभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग थियो । पहिलो संशोधनले मधेसका माग केही पनि संशोधन गरेन । जसका कारण दोस्रो संशोधन आवश्यक देखियो । मधेसीको माग पूरा नभएसम्म संविधान कार्यान्वयनमै जटिलता हुने देखेपछि मधेसका माग सम्बोधन गर्ने गरी दोस्रो संशोधन प्रस्ताव अघि सारिदैछ । मधेसवादी दलहरुले मधेस आन्दोलनका क्रममा एक मधेस प्रदेशको नारा लगाए । तर मधेसकै थारु बाहुल्य क्षेत्रलाई समेत समेट्ने गरी मधेसमा दुई प्रदेशसम्म मा मधेसी दलहरुले लचकता देखाए । त्यसैलाई सम्बोधन गर्ने गरी अहिले सीमांकन हेरफेरसहितको दोस्रो संशोधन प्रस्ताव अघि सारिएको छ । जसमा झापा, मोरङ, सुनसरी तथा कैलाली, कञ्चनपुरको विवादलाई थाती राख्दै सीमांकनमा सहमति गरिएको छ । सोही सहमतिअनुसार ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएर नवलपरासीदेखि बर्दियासम्म कायम गर्ने गरी ड्राफ्ट तयार गरियो । नवलपरासीको दाउन्ने पूर्व गैंडाकोटसम्म टुक्राइएको जिल्ला पनि ५ नम्बर प्रदेशमा कायम गरिने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भएनन् । ‘त्यो त सशांकको क्षेत्र हो’ भन्दै देउवाले दलहरुको बैठकमा ठाडै अस्वीकार गरे । कांग्रेस महामन्त्री सशांक कोइराला नवलपरासीकाे १ नम्बर क्षेत्रबाट निर्वाचित सांसद हुन् । देउवाले सशांकको दबाबकै कारण नवलपुर क्षेत्रलाई प्रदेश ४ मै राख्नुपर्ने अड्डी मात्र कसेनन्, आफ्ना भातृ संगठन तरुण दल र नेविसंघलाई बन्द हड्ताल गर्न निर्देशन दिए । पार्टीकै निर्देशनमा तीन दिनअघि नवलपुर बन्द नै आयोजना गरे । कोइराला परिवारको दबाब थेग्न नसकेपछि देउवाले नवलपुर क्षेत्रलाई ४ नम्बर प्रदेशमै यथावत राख्नुपर्ने अडान राखे । \"nawalparasi_district\"प्रतावित मस्यौदामा नवलपुरलाई ४ नम्बर प्रदेशमै राख्नुपर्ने मात्र नभइ ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्न नहुने माग उत्तिकै उठेको छ । तर आफ्नो क्षेत्र सुरक्षित राखेपछि अन्य विरोधमा कांग्रेस मौन छ । प्रस्तावित मस्यौदामा केही पहाडी जिल्ला र भागलाई छुट्टयाएर परासी (बर्दघाट पश्चिम) देखि बर्दियासम्मको भागलाई ५ नम्बर प्रदेश बनाउने गरी संशोधन गर्न गर्न लागिएको छ । प्रदेश नम्बर ५ अन्तर्गतका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्व भाग, रोल्पा र प्यूठानलाई प्रदेश नम्बर ४ मा राख्ने संशोधित प्रस्तावमा गरिएको छ ।

aplly description here...

निर्वाचन आयोगको निर्णय राप्रपामाथि कटाक्ष कि उत्प्रेरणा !

काठमाडौं, ५ चैत । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान नै निर्वाचन आयोगले संशोधन गरिदिएको विषय अहिले निकै ठूलो बहसको विषय भएको छ । रा...

माधव नेपालको भेटी र विद्या भण्डारीको शितल निवास

एकाएक गणतन्त्रवादी भएको नेकपा एमाले पछिल्लो समय आफू मात्रै राष्ट्रवादी भनेर कोकोहोलो मच्चाइरहेको छ । कुनै बेला महाकाली बेचेको आरोप पनि एमालेलाई नै...

सहमतिका नाममा यस्तो गर्नेछन् संसदवादी दलहरु

सरकारले संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गराएपछि प्रमुख राजनीतिक दलहरुबीच द्वन्द्व बढेको छ । संशोधन विधेयकबारे प्रमुख प्रतिपक्ष दल नेकप...

बुटवलसँगको ‘पहाडी कनेक्सन’

काठमाडौं, १९ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गरेपछि आन्दोलन चर्किएको भनेकै बुटवलमा ...

प्रजातन्त्रका योद्धाहरु, जसलाई कांग्रेसले नै बिर्सियो

काठमाडौं, १८ मंसिर । प्रजातन्त्रका लागि लड्ने योद्धाहरु अहिले पनि जीवित छन् । जसले सुधारिएको पञ्चायतदेखि प्रजातन्त्र मात्र होइन, गणतन्त्रसमेत भोगे...

सीमांकन विवादः सशांकका कारण जोडिएन नवलपरासी

काठमाडौं, ११ मंसिर । संविधान जारी भएको १४ महिनामा आइतबार संविधानको दोस्रो संशोधन प्रस्ताव पेश गरिँदैछ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलको विरोध...

द्वन्द्वको दश वर्षभन्दा शान्ति प्रक्रियाको दश वर्ष कमजोर

काठमाडौं, ५ मंसिर । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको पनि आज (मंसिर ५)  ठीक दश वर्ष पुगेको छ । आजभन्दा दश वर्षअघि २०६३ मंसिर ५ गते तत्काल...

इजरायलले सिकाएको पाठ

काठमाडौं, ४ मंसिर । बाँके कोहलपुरका २० वर्षीय युवा शिव लम्साल विहान सात बजे नै आफ्नो फार्ममा पुग्छन् । कोहलपुर नगरपालिकाको मैतहवास्थित उक्त फार्मम...

महाभियोगको नेतृत्व गरेर ‘जनार्दन शर्माले जे गरे ठीक गरे’

केही दिनयता नेपाली राजनीति लोकमानमय भएको छ । सर्वोच्च निकायका दुई कार्कीबीचको प्रतिशोधका कारण बल्झिएको राजनीतिले नेपाली राजनीतिकलाई नै तरंगित बनाएको छ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies