Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यी हुन् रेखा थापाका चर्चित ४ फण्डा

\"\"अभिनेत्री रेखा थापा बेला–बेलामा निकै चर्चामा आउने गर्छिन् । फिल्मी क्षेत्रमा रेखाले जस्तो फण्डा कमैले मात्र गर्छन् । उनी चर्चामा आउन फण्डा मच्चाउन खप्पिस रेखा हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर फेरी एकपटक चर्चामा छिन् । चर्चा र विवादबाट सायद रेखा कहिल्यै पनि टाढा रहन सक्दिनन भन्ने फिल्मी क्षेत्रमा बेला मौकामा चर्चा पनि हुने गर्छ । तर उनको यस्तो फण्डा यो पहिलो पटक भने होइन । फिल्म प्रदर्शनको क्रममा चर्चा बटुल्न उनले अनेक प्रोपोकाण्डा मच्चाउँछिन् । फण्डा नं १ हिम्मतवालीमा फिल्ममा अभिनय गरेका सुदर्शन गौतमसंग उनको निकै हिमचिम थियो । छवि ओझासंग अलग भएलगतै सुदर्शन गौतमसंगको उनको अफयरले निकै चर्चा बटुल्न खोजेकी थिइन् हिम्मतवालीमा । हिम्मतवाली चलचित्र प्रदर्शनमा आउँदा रेखा थापाले दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने सुदर्शन र रेखा लगभग लगभग बिहे गर्ने मनसायमा पुगेका थिए । चलचित्र हिम्मतवाली सफल भएपछि सुदर्शन अमेरिका लागे । जब चलचित्र रामप्यारीको छायाँकन सुरु भयो तब रेखा र सुदर्शनको सम्बन्धमा पनि ब्रेक लाग्यो । फण्डा नं २ केहि समय अघि आफ्नो फेसबुक पेजमा नायक जीवन लुईँटेलसँग तस्विर खिचाएको र तस्विरसँगै पोष्ट गरेको स्टाटस पोष्ट गरेकी थिइन् । रेखाले जीवनलाई अंगालो बाँधिएको फोटो पोष्ट गरेकी थिइन् । फोटोको क्याप्सनमा लेखिकी थिइन् ‘एफ्टर लङ टाईम विथ माई जिबु ।’ आखिर जीवन रेखा नै हो त रु सिक्वेलको जमाना छ, रामप्यारीको अब जीवन रेखा १,२,३ । उनले त्यो रामप्यारी फिल्म हिट बनाउन त्यस्तो फन्डा मच्चाएको फिल्मी क्षेत्रमा चर्चा थियो । फण्डा नं ३ दोस्रो संविधानसभा चुनावअघि माओवादीमा प्रवेश गरिन् । माओवादीमा प्रवेश गरेसंगै उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग कुम जोडेर नाच्नसमेत भ्याइन् । तर तिनै रेखा अहिले माओवादीमा नलागेको दावाका साथ खलमखुल्ला भाषण गरिरहेकी छिन् । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईलगायत नेताको उपस्थितमा रेखालाई माओवादीले पार्टी प्रवेश गराएको थियो । रेखाले तत्कालिन एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरेकी थिइन् । अहिले रेखाले माओवादीमा प्रवेश नगरेको बताइरहँदा उनीसंगै ०७० जेठ ४ गते प्रवेश गर्ने उर्मिला अर्यालहरु साक्षि छन् । काठमाण्डौंको भद्रकालीमा तत्कालिन एमाओवादीका अध्यक्ष प्रचण्डसँग ‘कि लाउ माया मै तिर, कि लाउ उहीतिर, निर नलाउ दुईतिर’ भन्ने लोक गितमा रेखा नाँचेकी थिइन् । पहिलो संविधानसभा चुनावबाट देशको ठूलो पार्टी बनेको तत्कालिन एनेकपा माओवादी दोस्रो संविधानसभा चुनावमा तेस्रो शक्ति भएको थियो । यो बिचमा रेखा चलचित्र विकास बोर्डको अध्यक्ष हुने दाउमा थिइन् तर माओवादी रणनीति बदल्यो । त्यहिदेखि रेखा माओवादीसंग चिडिएकी थिइन् । फण्डा नं ४ केहि हप्ता अघि एकिकरण भएको राप्रपामा रेखा भर्खरै मात्र प्रवेश गरेकी छिन् । उनी राप्रपामा प्रवेश गर्नुको कारण एकिकरण घोषणासंगै प्रवेश गरेकी कोमल वली हो । कोमल र रेखाको सम्बन्ध घनिष्ठ छ, त्यसै कारण उनी त्यतातिर लागेको जानकारहरु बताउँछन् । केहि समयअघि उनी नयाँ शक्ति पार्टीमा जाने चर्चा थियो । तर करिष्मा मानान्धरसंग सम्बन्ध दुर भएकाले त्यहाँ गइनन् । कतै न कतै प्रोपोगान्डा मच्चाउन सिपालु रेखाले राप्रपामा भने के गर्छिन् त्यो हेर्न बाँकि छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies