Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सरकारी अस्त्र– मधेसीलाई संशोधन, एमालेलाई चुनाव

\"prachanda-750\" काठमाडाैं, १९ मंसिर । संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ मत पुग्नेमा सरकार अहिले पनि आशावादी छ । प्रतिपक्षी एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, माले र नेपाः पार्टी मात्रै विपक्षमा खुलेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– कुल ५९४ मध्ये यी पाँच पार्टीका १९५ सांसद छन् । यीबाहेक अन्य दल पक्षमा रहँदा स्पष्ट दुई तिहाइ अर्थात् ३९९ मत पुग्छ । कमल थापा नेतृत्वको राप्रपा र नेकपा संयुक्त प्रस्तावको पक्षमा खुलिसकेका छन् । मधेसीसँग ५४ सांसद छन् । १७ सांसद भएका साना दल पनि विभिन्न राजनीतिक सरोकारले संशोधनकै पक्षमा उभिने बुझाइ सरकारको छ । ‘राप्रपा र मोर्चा सरकारमा’ मधेसी मोर्चाले प्रस्तावलाई आलोचनात्मक समर्थन गर्ने र सरकारमा समेत सहभागी हुनेमा प्रधानमन्त्री विश्वस्त छन् । मोर्चालाई सहमतिमा ल्याउन प्रधानमन्त्रीसँगै शेरबहादुर देउवा पनि सक्रिय छन् । सरकार गठनका वेला कांग्रेस–माओवादी र मोर्चाबीच भएको सहमतिमा संशोधनपछि सरकारमा सहभागी हुने उल्लेख छ । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । देश चुनावमा जाने विश्वास संशोधन भए पनि नभए पनि चुनावमा जान एमाले उत्साही छ । मधेसी मोर्चा संशोधनको पक्षमा नउभिए पनि चुनावमा जान सहमत भएमा त्यसलाई सरकारले आफ्नो उपलब्धिका रूपमा दाबी गर्ने स्थिति छ । असन्तुष्ट दल पनि चुनावमा जाँदा संविधान कार्यान्वयन अघि बढ्ने र राजनीतिले गति पाउने विश्वास सरकारको छ । यस्ता छन् संसद् अवरोध खोल्ने तीन विकल्प प्याकेज सहमति प्रधानमन्त्री प्रचण्ड संविधान कार्यान्वयन गर्न असन्तुष्ट मधेसी–थारूलगायतसँग सहमति गरेरै निर्वाचनमा जाने योजनामा छन् ।उनीहरूलाई सहमतिमा ल्याउन नै उनले संसद्मा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रधानमन्त्रीले अब संशोधन प्रस्ताव, स्थानीय तहको निर्वाचनसहितका विषयमा कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेसी मोर्चाबीच प्याकेजमा सहमति गरेर जान चाहेका छन् । उनले एमालेलाई प्याकेज सहमतिको प्रस्ताव गरिसकेका छन् । प्रस्ताव परिमार्जन प्रधानमन्त्री प्रचण्ड दलबीच सहमति बन्ने अवस्थामा संविधान संशोधन प्रस्ताव अझै परिमार्जन गर्न तयार छन् । संशोधन प्रस्तावमा संशोधन दर्ता गर्ने क्रममा सहमति खोजेर परिमार्जन गरी अगाडि बढ्न सकिने पक्षमा उनी छन् । तर, विधेयक फिर्ता नलिने मनस्थितिमा प्रधानमन्त्री छन् । निर्वाचन घोषणा संसदमा दर्ता भएको संशोधन प्रस्ताव पास–फेल जे भए पनि प्रक्रियामा लैजाने र निर्वाचनको मिति घोषणा गरेर संविधान कार्यान्वयनतिर लाग्ने विकल्पमा जान सकिनेमा पनि प्रधानमन्त्री छन् । कांग्रेस, एमाले, राप्रपा र मधेसी मोर्चासँग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारी उनको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending