Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

हातखुट्टा बाँधेर ५५ लाख डकैती

\"daka-750\"काठमाडौं, १९ मंसिर । ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँबराबरको डकैती भएको छ । नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँबराबरको धनमाल लुटेको हो । आजको नयाँ पत्रिकामा खबर छ– बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरू भित्र छिरेका थिए । हातमा रड लिएर छिरेका उनीहरूले परिवारका ६ जना सदस्यलाई नै मार्ने धम्की दिँदै डोरीले हातखुट्टा बाँधेका थिए । आफूहरूलाई मुखमा समेत टेपले बाँधेर लुटपाट गरेको पीडितहरूले बताएका छन् । नकाबधारी समूहले मार्ने धम्की दिई दराजको साँचो देखाउन लगाई नगद र सुनका गहना लिएर भागेका हुन् । साढे दुईतले घरमा पहिलो तलाबाट राई परिवारले ट्रान्सपोर्टसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका थिए । माथिल्लो तलामा उनीहरू बस्दै आएका थिए । एउटा ढोकामा मात्र ताला लगाएकाले डकैती गर्नेहरूलाई सजिलो भएको थियो । राजधानीमा करिब दुई वर्षपछि डकैतीको घटना भएको हो । पेसेवर आपराधिक समूहले नै राईको परिवारका बारेमा सूचना पाएर डकैती गरेको हुनसक्ने प्रहरीको आशंका छ । चन्द्रागिरि नगरपालिकको मिलनटोल र भक्तपुरको सूर्यविनायकमा पनि शुक्रबार चोरी भएको छ । मिलनटोलमा राजमती महर्जनको घरको झ्याल फोडेर दराजमा रहेको नगद एक लाख ८० हजार रुपैयाँ र दुईवटा मोबाइल चोरी भएको हो । सूर्यविनायक नगरपालिका–१३ लाकुली बस्ने सरू खत्रीको घरमा शुक्रबार कोही नभएको अवस्थामा ढोका फुटाई विभिन्न सुनका गहना र मोबाइलसमेत गरी करिब एक लाख २४ हजार रुपैया“बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending