Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

माओवादी केन्द्र–वैद्य माओवादी विवाद, पार्टी कार्यालय कसको ?

\"prachanda-kiran-750\"काठमाडौं, १९ मंसिर । माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय प्रयोगका सम्बन्धमा विवाद बढेको छ । अाजको कान्तिपुरमा खबर छ– नेकपा–माओवादीबाट अलग भएर प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा गएका रामबहादुर थापा पक्षधर कार्यकर्ताले कुपन्डोलस्थित पार्टी कार्यालय आफूहरूले प्रयोग गर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो । कुपन्डोलस्थित पार्टी कार्यालयमा प्रचण्ड पक्षधर कार्यकर्ताले राखेको झन्डा वैद्य पक्षधरका कार्यकर्ताले हटाउने, वैद्य पक्षधर कार्यकर्ताले लगाएको ताला प्रचण्ड पक्षधरले तोड्ने शृंखला चलिरहेको छ । पार्टी कार्यालय परिसरमा रहेको वैकुण्ठ–चेत स्मृति सांस्कृतिक कक्षको प्रयोग गर्ने विषयमा विवाद देखिएको हो । साता दिनअघि मात्र प्रचण्ड पक्षधर कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाए । लगत्तै वैद्य पक्षधरले तोडे । प्रचण्ड पक्षधर कार्यकर्ताले आफ्नो पार्टीको झन्डा निकालेको भन्दै पार्टी कार्यालयमा मगर राष्ट्रिय मुक्ति मोर्चाको बोर्डै ल्याएर राखे । अहिले पार्टी कार्यालयमा नेकपा–माओवादी पार्टीको नेवाः राज्य कार्यालयसहित दुवै पार्टीको बोर्ड छ । वैद्य माओवादीको उपत्यका नेवाः राज्य समितिका सहसंयोजक पवनमान श्रेष्ठले माओवादी केन्द्रका नेताहरूले पार्टी कार्यालय छाडेर हिँडिसकेको बताए । ‘नेताहरूले छाडेर गएको कार्यालय कार्यकर्ताहरूले मात्र दाबी गरी बस्नु उचित हुँदैन,’ श्रेष्ठले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग यो कार्यालय हामीले सञ्चालन गर्ने विषयमा छलफलबाट टुंगो लागिसकेको छ ।’ तर, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भने कार्यालय कसले सञ्चालन गर्ने भन्ने विषयमा विवाद भएको बताइन् । ‘ठयाक्कै के भइरहेको छ, मलाई थाहा छैन, तर यसमा विवाद भने छ,’ उनले भनिन् । वैद्य पक्षधर कार्यकर्ताहरूले पहिलेदेखि नै कार्यालयमा आफूहरू बस्दै आएको दाबी गरेका छन् । नेवाः राज्य समितिका ललितपुर संयोजक श्याम केसीले प्रचण्ड नेतृत्वको पार्टीले आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको बताए । ‘हामीले माओवादी केन्द्रको झन्डा फालेका पनि छैनौं, सरसफाइ गर्ने क्रममा निकालिएको हो,’ उनले भने, ‘तर, हाम्रो इमानदारीको फाइदा उठाउन खोजियो ।’ माओवादी केन्द्रनिकट मगर मुक्ति मोर्चाका कार्यालय संयोजक नारायण सुसुलिङ मगरले भने आफूहरूलाई कार्यालयबाट हटाउने अधिकार वैद्य पक्षधर कार्यकर्तालाई नभएको बताए । ‘वैद्य पक्षधरको पार्टी कार्यालय बुद्धनगरमा पनि छ,’ उनले भने, ‘उनीहरू यहाँ जबरजस्ती बसिरहेका छन् ।’ उनले रामबहादुर थापा पक्ष बहुमतबाट निर्णय गरी छुटेका हुनाले कुपन्डोलस्थित पार्टी कार्यालय आफ्नो पार्टीले सञ्चालन गर्न पाउनुपर्ने दाबी गरे । दुई पार्टीका कार्यकर्ताबीच बेलाबेला झडपको स्थितिसमेत सिर्जना हुने गरेको छ । तर, यस्तो झडप मिलाउने जिम्मा भने पार्टीका नेताहरूले नलिएर घरबेटी राधेश्याम श्रेष्ठले लिनुपरेको छ । ‘यो विवादमा मेरो घर लथालिंग भइसक्यो,’ घरबेटी श्रेष्ठले भने, ‘१० वर्षदेखि नियमित भाडा पनि बुझाउने गरेका छैनन्, बिजुली, पानी र ढल व्यवस्था अस्तव्यस्त छ ।’ माथिको आदेश भन्दै घरको ताला फोड्ने, तोडफोड गर्ने गरिएको पनि उनले बताए । वैद्य माओवादीबाट रामबहादुर थापा छुटेर जानुअघि हाल विवाद गर्ने कार्यकर्ताहरू उक्त भवनमा मिलिजुली बस्दै आएका थिए । गत असारदेखि देखिएको विवाद अहिले उष्कर्षमा पुगेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending