Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

चुनाव लड्न चाहन्थे विप्लव

\"Biplab-750\"आजको नयाँ पत्रिका दैनिकमा ‘बाबुराम–विप्लव सम्बन्ध स् युद्धकालमा भन्दा शान्तिकालमा सौहार्द’ नामक रिपोर्टमा खबर छ – संविधानसभाको पहिलो निर्वाचनमा विप्लव चुनाव लड्न चाहन्थे । तर, उनलाई पार्टीले उम्मेदवार बनाएन । पार्टीभित्र उनलाई कैलालीबाट निर्वाचन लडाउने विषयमा छलफल चलेको थियो । तर, त्यसवेला अध्यक्ष प्रचण्डले संविधानसभा विद्रोहका लागि भएको भन्दै एक दर्जनभन्दा बढी नेताहरू चुनावमा नगई बाहिरै बस्ने प्रस्ताव अगाडि सारे । त्यसैका लागि विप्लवको नेतृत्वको एउटा टिम बन्यो– देवेन्द्र पौडेल, धर्मेन्द्र बास्तोलालगायतका नेताहरूको । पार्टीका तत्कालीन अवस्थाका ३५ केन्द्रीय सदस्यमध्ये १४ जना नेतालाई माओवादीले चुनावभन्दा बाहिरै राखेर निर्वाचनमा गएको थियो । त्यही कारण विप्लवले पनि निर्वाचन लड्न पाएनन् । नारायण शर्मा ९कमलप्रसाद०लाई पछि पार्टीले समानुपातिकतर्फको उम्मेदवार बनाएको थियो । विप्लवका सँगैका प्रतिस्पर्धी वर्षमान पुन अनन्त ललितपुरमा आएर निर्वाचन लडेर पनि जिते । तर, विप्लवले भित्री चाहना देखाए पनि उठ्न पाएनन् । माओवादीको पालुङटार विस्तारित बैठकमा प्रचण्डले विप्लवलाई मन्त्री नबनाउनु आफ्नो तर्फबाट गम्भीर भूल भएको टिप्पणी नै गरेका थिए । प्रचण्डले भनेका थिए, ‘मैले एउटा गल्ती गरेँ, अनन्तसँगै विप्लवलाई मन्त्री बनाउनुपथ्र्यो, बनाइएन, त्यहाँ मेरो गल्ती भयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending