Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

बसको झ्यालबाट फोहोर फ्याँकेमा कारबाही

\"fohor-750\"काठमाडौं, १८ मंसिर । सवारीसाधनमा चढेका यात्रुले अब बसका झ्यालबाट जहाँ पायो त्यहीँ फोहोर मिल्काउन नपाउने भएका छन् । अब जथाभावी फोहोर मिल्काउने यात्रुलाई सरकारले कारबाही गर्ने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार अब यात्रुले बसभित्रकै डस्टबिनमा फोहोर फयाँक्नुपर्नेछ । प्रत्येक बसभित्र डस्टबिन अनिवार्य मन्त्रालयका अनुसार पहिलो चरणमा प्रत्येक बसभित्र अनिवार्य रूपमा डस्टबिन राख्न लगाइनेछ । र, सबै यात्रुलाई डस्टबिनमै फोहोर फ्याँक्न अनुरोध गरिनेछ । सबैले देख्नेगरी सूचना टाँसिनेछन् । बसको रेडियो तथा क्यासेटबाट प्रत्येक तीन घन्टाको फरकमा सूचना प्रसारण गरिनेछन् । रात्रिकालीन समयमा चल्ने सवारीसाधनले भने एकपटक मात्रै सूचना प्रसारण गरे पुग्नेछ । बसका सहचालकमार्फत पनि फोहोर नफ्याँक्न अनुरोध गर्न लगाइनेछ । प्रत्येक बस स्टपमा डस्टबिनको व्यवस्था गरिनेछ । यो अभियान महिना दिनसम्म चल्नेछ । यति गर्दा पनि फोहोर फ्याँकेको भेटिएमा यात्रुलाई कारबाही गरिनेछ । ‘पहिलो चरणमा फोहोर नफ्याँक्न भन्दै सचेतना अभियान सञ्चालन गरिनेछ । बसमा सूचना टाँसिनेछन् । रेडियो तथा क्यासेटबाट सूचना प्रसारण गरिनेछ । बस स्टपमा डस्टबिन राख्न लगाइनेछन्,’ अधिकारीले भने, ‘बसभित्र डस्टबिन राखे नराखेको अनुगमन गरिनेछ । प्रचारात्मक अभियान महिना दिनसम्म चल्नेछन् । त्यसपछि कानुनअनुसार कारबाही अघि बढाइनेछ ।’ मन्त्रालयका अनुसार पहिलो चरणमा यो अभियान बस, माइक्रोबस, मिनिबस, टेम्पोमा लागू गरिनेछ । अभियानमा सहयोग नगर्ने बस तथा बसका चालकलाई समेत कारबाही गर्न सकिने मन्त्रालयको भनाइ छ । सरकारको यो अभियान आवश्यक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका उपाध्यक्ष केदारबहादुर स्वाँरले सरकारको अभियान सकारात्मक भएको बताए । ‘सरकारले सुरु गर्न लागेको अभियान राम्रो छ । यसलाई महासंघले सघाउनेछ । प्रत्येक बसमा फोहोरका डस्टबिन राख्न लगाइनेछ,’ उनले भने । सचेनातासम्बन्धी सूचना पनि प्रत्येक बसमा प्रसारण गर्न लगाइनेछ । अभियानमा सहयोग नगर्ने बस र त्यसका चालकलाई कारबाही गर्न सरकारलाई सहयोग गरिनेछ ।’ १ पुसबाट लागू हुने यदि यात्रुले फोहोर बसबाहिर फ्याँकेमा पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारको यो अभियान १ पुसबाट मुलुकभर लागू हुनेछ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यो कार्यलाई अभियानका रूपमा लगिने बताए । ‘बसमा चढेका यात्रुले जहाँ पायो, त्यहीँ फोहोर फ्याँकेको भेटियो । यो कार्यले सडक फोहोर बन्यो । सहरको सभ्यता पनि हरायो । यसलाई नियन्त्रण गर्न यो अभियान सुरु गर्न लागिएको हो,’ उनले भने, ‘यो अभियान अब मुलुकभर लागू हुनेछ । अभियान लागू भएपछि कुनै पनि यात्रुले बसबाट फोहोर मिल्काउन पाउने छैनन् । यदि फोहर मिल्काएको भेटिए कारबाही हुनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending