Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष, यस्ता छन् आन्दोलनका कमान्डर

\"butwall-750\"बुटवल, १८ मंसिर । प्रदेश नम्बर ५ टुक्र्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । ५ नम्बर प्रदेशका १२ वटै जिल्लाका नेता, कार्यकर्ता तथा सांसदहरूको उल्लेख्य सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलका नेता र जनताको जनसहभागिताले बुटवल सडक भरिभराउ भएको थियो । सडकमा जनसागर उर्लिएपछि प्रहरीलाई सुरक्षा व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको थियो । आजको नयाँ पत्रिकामा खबर छ– बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको नेतृत्व एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीसहित विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए । विरोध ¥याली सुरु हुनुअघि १२ वटै जिल्लाका नेता कार्यकर्ताको भेला गरिएको थियो । भेलालाई एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका रायमाझी र कांग्रेसका भण्डारीलगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा बुटवलका सबैजसो संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए । बुटवलमा जनसागर उत्रिएपछि नेताहरू पनि हौसिएका थिए । उनीहरूले संशोधन प्रस्ताव फिर्ता नगराउँदासम्म आन्दोलन तेज पार्ने उद्घोष गर्दै विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए । सदन र सडकबाट सो प्रस्ताव फिर्ता गराउने उनीहरूले बताए । यस्ता छन् आन्दोलनका कमान्डर प्रदेश नम्बर ५ टुक्रिन नदिन मुख्य तीन दलका केन्द्रीयस्तरका नेताहरू कमान्डरका रूपमा खटिएका छन् । एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारी कमान्डरका रूपमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending