Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

विधेयक फिर्ता लिन सत्तापक्षमै दबाब

\"sambidhan-samsodhan-750\"काठमाडौं, १८ मंसिर । संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न नसकिने संघीय गठबन्धन र त्यसमा आबद्ध मधेसी मोर्चाको प्रतिक्रियाले अप्ठ्यारोमा परेको सरकारले केही दिन ‘पर्ख र हेर’ को नीति लिने भएको छ । स्रोतका अनुसार मोर्चाको गतिविधि र आन्दोलनको परिस्थिति हेरेर केही दिनमा सरकारले विधेयक फिर्ता लिने या नलिने निर्णय गर्नेछ । आजको कान्तिपुरमा खबर छ– ‘जसका लागि यो संशोधन विधेयक दर्ता गरिएको हो, त्यही पक्षले मान्दै मान्दैनौं भनेपछि सत्तापक्षभित्रै विधेयक फिर्ता लिनुपर्ने दबाब बढेको छ,’ सरकारका एक मन्त्रीले भने, ‘केही दिन मोर्चाको मनस्थिति र विपक्षी पार्टीको आन्दोलन हेरेर विधेयकलाई के गर्ने भन्नेबारे निर्णय लिने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ ।’ प्रदेश नम्बर ५ को सीमांकन बदल्ने प्रस्तावविरुद्ध सुरु भएको आन्दोलनमा विपक्षी नेतासँगै सत्तापक्षका नेता तथा कार्यकर्ता नै देखिएपछि सरकार झनै अप्ठ्यारोमा परेको हो । स्रोतका अनुसार मोर्चाले विधेयकको पक्षमा तत्काल सकारात्मक सन्देश नदिए प्रधानमन्त्री संशोधन विधेयकलाई निष्क्रिय बनाएर स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने रणनीतिमा जानेछन् । कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने संशोधन विधेयकको पक्षमा मोर्चाका नेताहरू आउने दाबी गर्छन् । मोर्चाका नेताहरूसँग औपचारिकरअनौपचारिक लामो छलफलपछि विधेयक आएको बताउँदै निधिले यथास्थितिमा नमान्ने भने पनि उनीहरूले विधेयकको पक्षमा मतदान गर्ने दाबी गरे । ‘केही नेताले असन्तुष्टि प्रकट गरे पनि सरकारले अघि बढाएको विधेयकप्रति मधेसका नेता तथा कार्यकर्तामा खुसी छाएको छ,’ उनले भने, ‘सरकार संशोधन विधेयकलाई पारित गराउने प्रयासमै रहन्छ तर केही दिन हामी ‘पर्ख र हेरको’ स्थितिमा छौं ।’ मोर्चाका नेताहरूले आलोचनात्मक समर्थन गर्दै आफूहरूले निर्वाचनमा भाग लिने भनेपछि मात्रै संविधान संशोधन विधेयक दर्ता भएको सरकारको दाबी छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार बोलाएको बैठकमा मोर्चाका नेताहरू त्यसविपरीत गएपछि सत्तापक्षभित्रै विधेयक अघि बढाउनुको औचित्य नरहेको भन्दै फिर्ता लिन दबाब पर्न थालेको हो । तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने संविधान संशोधन प्रस्ताव लैजान आफूहरूले अल्टिमेटम दिए पनि ‘कन्टेन्ट’ को विषयमा छलफल नभएको दाबी गरेका छन् । शुक्रबार एक सार्वजनिक कार्यक्रममा ठाकुरले भनेका छन्, ‘यथास्थितिमा हामी यसलाई स्वीकार गर्न सक्दैनौं । परिमार्जनसहित लैजाने हो भने समर्थन गर्छौं ।’ प्रधानमन्त्री दाहालले बिहीबार बोलाएको बैठकमै संघीय गठबन्धनका तर्फबाट परिमार्जनको प्रस्ताव राखिएको थियो । गठबन्धनले विवादित पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरको सीमांकन पनि यही संशोधनमा मिलाएर अघि बढाउनुपर्ने प्रस्ताव गरेको थियो । अहिल्यै मिलाउन नसक्ने हो भने संघीय आयोगलाई तीन महिना समय दिने र त्यसको रिपोर्ट आएपछि मात्रै चुनावमा जानुपर्ने सर्त उनीहरूको थियो । मोर्चाले यस्तो सर्त राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले हाल भएका सातवटै प्रदेशलाई खारेज गरेर सबैको सीमांकन मिलाउन संघीय आयोगलाई जिम्मा दिउँ भन्नेसम्मको धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending