Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

संशोधन विधेयक पारित गर्न हम्मे

काठमाडौं, १६ मंसिर । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्नेरनगर्ने विषयमा साना दलहरू निर्णायक देखिएका छन् । आजको कान्तिपुरमा खबर छ– असन्तुष्ट मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारले प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषा जस्ता विषयका लागि मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेको छ । विधेयक सदनमा प्रस्तुत गर्ने गरी परिपक्व हुन ५ दिन लाग्ने कानुनी व्यवस्था छ । सरकारले मंगलबार कार्यालय समयपछि विधेयक दर्ता गराएकाले परिपक्व हुन लाग्ने ५ दिनको गणना बुधबारदेखि मात्रै हुन्छ । संसद् नियमावलीको नियम १२० अनुसार सरकारले सदनमा विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव राख्नु एक दिनअगावै कुनै पनि सदस्यले विरोधको सूचना दिन पाउने छन् । प्रमुख प्रतिपक्षी एमालेसहित विधेयकको विपक्षमा रहेका दलका सांसदहरूले गराउने विरोधको सूचनामै सदनमा पहिलो मतदान हुन सक्छ । एमालेले सरकारले संवैधानिक प्रावधानविपरीत मात्र नभई अदालतको अवहेलना गर्ने गरी विधेयक ल्याएको दाबी गर्दै बिहीबारदेखि सदन नै अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रमुख प्रतिपक्षी दलका सांसदले बैठक बहिष्कार मात्र नभई आ–आफ्नो स्थानमा उभिएर सांकेतिक विरोध गरे पनि बैठकको कारबाही अघि नबढ्ने संसदीय अभ्यास छ । सदनमा विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावविरुद्ध विरोधको सूचना परे सदनको साधारण बहुमतले त्यसलाई अस्वीकृत गर्न र अनुमति माग्ने प्रस्ताव पारित गर्न सक्छ । ५ सय ९४ सदस्य बहाल रहेको संसद्मा सत्तारूढ गठबन्धनको सहज बहुमत भए पनि संविधान संशोधन पारित गर्न आवश्यक दुई तिहाइ (३ सय ९६) मत पुर्‍याउन भने निकै माथापच्ची गर्नुपर्ने अवस्था छ । संविधान संशोधन विधेयकको पक्षमा सदनमा तत्काल कायम कुल सदस्य संख्या (५ सय ९४) को दुई तिहाइ (३ सय ९६) मत नपरेको अवस्थामा विपक्षमा जतिसुकै कम मत परे पनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुने संवैधानिक व्यवस्था छ । विभाजनको प्रक्रिया (सांसदहरूले आ–आफ्नो वर्णानुक्रमअनुसारको नामावलीमा दस्तखत गरी मत दिने) अपनाउनुपर्ने भएकाले विधेयक पारित गराउन सत्तापक्षले आफ्नो प्रस्तावको पक्षमा कम्तीमा ३ सय ९६ मत जुटाउनुपर्छ । संसद्मा सत्तारूढ माओवादीको ८२ र कांग्रेसको २ सय ७ सिट छ । संविधान संशोधन विधेयकका पक्षमा उभिएका दुवै सत्तारूढ दलभित्र पनि प्रदेश नं। ५ को विभाजनका विपक्षमा केही सांसद मुखर रूपमा छन् । सदनमा ३७ सिट रहेको सत्तारूढ राप्रपाले संविधान संशोधनका पक्षमा सकारात्मक भए पनि औपचारिक निर्णय गरिसकेको छैन । संविधान संशोधन विधेयक पारित गर्न सदनको चौथो शक्ति राप्रपाका अतिरिक्त मधेस केन्द्रित दलहरू र सदनमा प्रतिनिधित्व गर्ने साना दलमध्ये प्रत्येकको भूमिका निर्णायक हुनेछ । संविधान संशोधन विधेयकको अन्तरवस्तुमा आलोचनात्मक टिप्पणी गरिरहेका समाजवादी फोरम वा अन्य कुनै घटकले मतदान नगरे मात्र नभई प्रदेश नं. ५ को विभाजनप्रति असन्तुष्ट कांग्रेस–माओवादीकै कुनै सांसद अनुपस्थित रहे प्रस्ताव पारित हुन सक्दैन । यद्यपि संसदीय अभ्यासमा दलको हिवपअनुसार मतदान गर्नु प्रत्येक सांसदको बाध्यता हुन्छ । सदनमा संघीय समाजवादी फोरम नेपालको १५, फोरम लोकतान्त्रिकको १४, तराई–मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावना पार्टीको ६, तराई–मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३÷३ सिट छ । सदनमा फोरम (गणतान्त्रिक), नेपाल सद्भावना पार्टीको १÷१ सिट छ भने बाँकी सिट अन्य साना दलको छ । प्रधानमन्त्री निर्वाचनमा माओवादी–कांग्रेस गठबन्धनका पक्षमा मत दिएका मधेस केन्द्रित दलहरूसमेत संविधान संशोधन विधेयकलाई पूर्ण समर्थन नगरेकाले पनि संसदको अंकगणितको योगफल निकाल्न अप्ठ्यारो छ । सरकारले मधेसी दलहरूकै असन्तुष्टि सम्बोधन गर्न संविधानमा दोस्रो संशोधन विधेयक दर्ता गरे पनि सरकार र असन्तुष्ट पक्षबीच कुनै लिखित समझदारी भएको छैन । सदनमा प्रमुख प्रतिपक्षी एमालेको १ सय ८२ (कुल सदस्य संख्याको ३० दशमलव ६३ प्रतिशत) सिट छ । नेकपा–माले (५), नेमकिपा (४), राष्ट्रिय जनमोर्चा (३), नेपा पार्टी (१) औपचारिक रूपमै संविधान संशोधन विधेयकको विपक्षमा उभिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending