Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कहाँ चुक्यो प्रचण्ड सरकार ?

\"prachanda-750\" प्रधानमन्त्री निर्वाचित भएसँगै सबै भन्दा पहिला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए ‘पहिला हामी नजानेर विग्रियौं, अहिले धेरै सिकेका छौं, अब राम्रो काम गर्छौ ।’प्रधानमन्त्री प्रचण्डको यो भनाईसंगै नेपाली जनतामा केहि खुशीका आशाहरु पलायो । २०७३ साउन २० गतेदेखि प्रधानमन्त्री सम्हालेका प्रचण्डले १ सय दिन पूरा गरेका छन् । १ सय दिन पूरा गरिरहँदा प्रचण्ड नेतृत्वको सरकार कहाँ कहाँ चुक्यो भन्ने विषयमा केही केलाउने प्रयत्न गरेका छौं । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पपीडितलाई प्रधानमन्त्री निर्वाचित भएसँगै प्रचण्डले ४५ दिनभित्र पहिलो किस्ताको रकम वितरण गरिसक्ने घोषणा गरेका थिए । सरकारले सय दिन मनाइरहँदा भूकम्पपीडितलाई दिने भनिएको पहिलो किस्तासमेत पाउन सकेका छैनन् । जस्तापाताको अस्थायी टहराको बास त छँदैछ । प्रभावित १४ जिल्लाका एक चौंथाइ पीडितको हातमा अहिलेसम्म पहिलो किस्ता बापतको ५० हजार परेको छैन । सरकारले जिल्लामा रकम निकासा गरेपनि कर्मचारीको ढिलासुस्तीको कारण पीडितको हातमा रकम नपुगेको एकाथरीको विश्लेषण छ । तर कतिपय जिल्लाका पूर्नर्निमाणको जिम्मा पाएका प्रमुखहरुले प्रचण्ड नेतृत्वको सरकार गिराउनको लागि पनि रकम वितरण गर्न ढिलाई गरेको विश्लेषण गरिरहेका छन् । प्रचण्डले पूनर्निमाणको काम चाँडै सक्न पटक–पटक निर्देशन दिएपनि अहिले सुस्त गतिमा काम भइरहेको छ । यसमा प्रचण्ड नेतृत्वको सरकार चुकेको छ । त्यसो त प्रायः जिल्लामा चिकित्सक नहुँदा विरामी अकालमै मर्न परेको खबरहरु सार्वजनिक हुन थालेपछि प्रचण्डले स्वास्थ्य क्षेत्रमा सुधार गर्न दरबन्दी रहेका सबै अस्पताल र स्वास्थ्य चौकीमा तीन महिनाभित्र डाक्टर पठाइसक्ने घोषणा गरेका थिए । सरकारले तीन महिनाभित्र सबै जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा चिकित्सक पु¥याउने घोषणा गरेको थियो । तर यो सन्दर्भमा पनि सरकार चुकेको छ । सरकारको एक सय दिन पुरा हुँदासमेत सुरु–सुरुको घोषणालाई विर्सदै गएको छ । घोषणा मात्रै गरेर सरकारले कार्यान्वयन गर्न चुकेको हो । त्यस्तै प्रचण्ड सरकारको अर्को लोकप्रिय कार्यक्रम थियो, गरीबसँग सरकार । गरिबीको रेखामुनी रहेका जनताहरुलाई मध्येनजर गर्दै प्रचण्ड सरकारले यो कार्यक्रम ल्याएको थियो । तर यो कार्यक्रम पनि घोषणामा नै सिमित भएको छ । प्रचण्डले प्रधानमन्त्री भएलगत्तै संविधान संशोधन प्रस्ताव दर्ता गरी मधेसी मोर्चाको मागलाई पूरा गर्ने बाचा गरेका गरेका थिए । मधेसी मोर्चालाई सोही आश्वासन दिएर सरकार गठनमा मधेसी मोर्चालाई सहभागी गराएका थिए । तर एक सय दिन वितिसक्दा पनि संशोधन प्रस्ताव अझैं दर्ता हुन् सकेको छैन । प्रचण्डले दुई छिमेकी मित्र राष्ट्र चीन र भारतलाई सन्तुलन मिलाउन सकेका छैनन् । प्रचण्डको चीनसंगको सम्बन्ध अहिले चिसिएको छ । भारतसंगको सम्बन्ध पछिल्लो गोवा भ्रमणदेखि अलि सुध्रिएको छ । प्रधानमन्त्री निर्वाचित भएसंगै प्रचण्ड दुई पटक भारत पुगेका छन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies